छोरीको हत्या गरेको आरोपमा आमाबावु गिरफ्तार
१६ वर्षीया नेहा वर्णवाललाई हत्या गरेको अरोपमा प्रहरीले चैत १४ गते वीरगञ्ज महानगरपालिका-१५ भिषूवाका ४९ वर्षीय बावु सत्यनारायण वर्णवाल र ३० वर्षीया सौतेनी आमा गीताकुमारी वर्णवाललाई गिरफ्तार गरेको छ । आरोपित दुवैलाई चैत १५ गते जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । प्रहरीका अनुसार फागुन १३…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बहुदरामाई नपा-५ गम्हरीयाका २३ वर्षीय मणीभूषण पाण्डेलाई चैत १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १४ गते बलात्कार गरेको र सो समयमा बालिका चिच्याएपछि स्थानीयले घर घेरा हालेर बसेकाले आरोपितलाई प्रहरीले गिरफ्तार गर्न सकेको स्थानीयले बताएका छन् । पीडित बालिकाको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्सागढी नगरपालिका-३ झबराहाका ५५ वर्षीय सीताराम पौडेललाई चैत ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला…
बुहारी हत्या घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सखुवा प्रसौनी गाउँपालिका-५ बलुवाकी २४ वर्षीया ज्ञान्तीदेवी यादवलाई कुटपिट गरी चैत २ गते हत्या गरेको आरोपमा ५० वर्षीय ससुरा रामबालक प्रसाद यादवविरुद्ध चैत ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । मृतक ज्ञान्तीदेवीका बुवा बहुदरामाई नपा-१ बिश्रामपुरका ४८ वर्षीय पारस राउत अहिरले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका…
अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते
अज्ञात समूहले फागुन १५ गते राति प्रहार गरेको गोली लागेर बीरगञ्जमा बिन्दवासिनी गाउँपालिकाको झौवागुठीका ३५ वर्षीय उमेश चौरसिया घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अगाडि रहेको पुरानो यातायात संस्थानको रातो बङ्गलाको पछाडिपट्टि चौरसियालाई 'प्यासन प्रो' बाइकमा आएका अज्ञात समूहले गोली प्रहार गरेको हो । चौरसियाको पेटमा गोली लागेको प्रहरीले…
न्यायमाग्न प्रहरी कार्यालय जाँदा कुटाई खानु परेको सेवाग्राहीको गुनासो
जिल्ला प्रहरी कार्यालय पर्सामा न्याय माग्न पुगेका जगरनाथपुर गाउँपालिका-६, प्रसौनी शिरा निवासी ४० वर्षीय रघुविर राउत कुर्मीलाई जिल्ला प्रहरी कार्यालय पर्साको केरकार शाखामा कार्यरत सई विनोद साहले कुटपीट गरी थुनेको पीडितले आरोप लगाएका छन् । 'फागुन ९ गते प्रहरीले आफूलाई जिल्लामा बोलाएको थियो ।'-कुर्मीले भने'आउँदा मोटरसाइल खराब भएपछि केही ढिला…
बन्दको अवज्ञा गरेको आरोपमा तीन वटा सवारी साधनमा तोडफोड
प्रदेश नम्बर २ को राजधानी माग गर्दै माघ २१ गते आह्वान गरिएको बीरगंज बन्दको क्रममा बन्दको अवज्ञा गरेको आरोपमा बन्दकर्ताले तीन वटा सवारी साधनमा तोडफोड गरेका छन् । माघ २१ गते प्रदेश सभाको पहिलो बैठक अस्थायी राजधानी जनकपुरमा बस्दै गर्दा उक्त बैठकले प्रदेशको राजधानी बीरगञ्ज कायम गरोस् भन्दै बीरगञ्ज बन्दको…
प्रहरीको लाठी प्रहारबाट बालिकाको एउटा आँखा फूट्यो
प्रहरीले चलाएको लाठीले बीरगञ्ज महानगरपालिका-१६ नगवास्थित भुटनदेवी माई मन्दिरका पुजारी भूषण पासवान दासकी १५ वर्षीया छोरी मुनी पासवान दासको देब्रे आँखामा गम्भीर चोट लागेको पीडित परिवारले जनाएको छ । माघ ७ गते बिहान इलाका प्रहरी कार्यालय नगवाका प्रहरी जवान दिपेन्द्र झाले चलाएको लाठी लागी गाईगोठ नजिकै काम गरिरहेकी मुनीको…
राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन, सरोकारवाला निकाय मौन
दोश्रो चरणको मतदान हुन १३ दिन बाँकी रहँदा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहेका छन् । राजनीतिक दलहरूले निर्वाचन उल्लङ्घन गर्दैनौँ भनी बनाएको आचारसंहिता उल्लङ्घन गर्दासमेत सरोकारवाला निकाय मौन छ । निर्वाचन आयोगद्वारा जारी अचारसंहितामा ७५ ग्रामसम्मको कागजमा ३ सय वर्ग इञ्चसम्मको आकारको एउटै रङ् र मुद्रकको नाम सहितको पर्चा…
स्वास्थ्य चौकी भवन समुदायलाई हस्तान्तरण, स्थानीयमा खुशी
पटेर्वा सुगौली गाउँपालिका-२ मा रहेको स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित मानव अधिकार निगरानी समूह र वडा कार्यालयको संयुक्त आयोजनमा मङ्सिर ६ गते आयोजित एक समारोहकाबिच भवन हस्तान्तरण गरिएको हो । ०७६/०६८ मा ९० लाख रुपियाँको लागतमा निर्माण सुरू भएको भवन समुदायलाई हस्तान्तरण…