नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६ महिनाको अवधिमा अभिलेख गर्नु भएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ३३ ओटा घटना प्रतिवेदन इन्सेक पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेले प्रस्तुत…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको छ । जलाइरहेको खबर प्रहरीलाई पुगेपछि प्रहरीले श्यामबहादुर साह कलवारकी छोरी महिमा कुमारीको शरीरको आधा भाग जलेको अवस्थामा नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले पटेर्वा सुगौली गाउँपालिका–१ गदीयानी टोलका ५० वर्षीय जादु राउत गद्धीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार १४ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले बालिकालाई असार १३ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १३ गते नारायणी…
बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया युवतीलाई बलात्कार गरेर बेचबिखन गर्न खोजेको आरोपमा पर्सा प्रहरीले मोरङ जिल्ला कटहरी गाउँपालिका–४ घर भई हाल बीरगंज महानगरपालिका–८ स्थित एक रेष्टुरेण्टमा काम गर्ने २५ वर्षीय सुरज कुमार साह, जुम्लाको हेमा गाउँपालिका–३ जोगीवडा स्थायी घर भई हाल बीरगंज महानगरपालिका–१६ फूलबारी टोलमा बस्ने ३५ वर्षीय हरिश्चन्द्रनाथ योगी र बीरगंज महानगरपालिका–१६…
एमाले कार्यकर्ताको कुटपिटबाट ६ जना घाइते
वीरगञ्ज महानगरपालिका वडा नं. २७ मा एमालेका कार्यकर्ताको कुटपिटबाट ६ जना घाइते भएका छन् । कुटपिटबाट स्थानीय ५८ वर्षीया नेमा रेशा, ३० वर्षीया आइसा भनिने मुन्नी खातुन, ४० वर्षीय मलिक नुनिया, १८ वर्षीय मोहमद नुराइन, ४२ वर्षीय मोहमद मियाँ र १९ वर्षीय जाहिर हवारी घाइते भएका हुन् । घाइतेमध्ये अधिकांशको…
बेचबिखन घटनाका कसुरदार गिरफ्तार
मानव बेचबिखनको कसुरका फरार प्रतिवादी ठोरी गाउँपालिका-४ निर्मलबस्तीका ५७ वर्षीय बिष्णुबहादुर थापालाई प्रहरीले वैशाख ७ गते गिरफ्तार गरेको छ । थापाले ०४६ साल भदौ १८ गते जीउ मास्ने बेच्ने वरदातमा संलग्न रहेका थिए । त्यतिबेलादेखी नै 'फरार' रहेका थापाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला न्यायधिवक्ताको कार्यालयमार्फत पार्स जिल्ला अदालतमा अभियोजन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–४ फरदवाका २२ वर्षीय आदेश पटेललाई चैत २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २७ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले चैत २८ गते नै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएलगत्तै प्रहरीले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी नयाँनयाँ ठाउँ घुमाउने बाहनामा पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले चैत ७ गते बहादुरमाई नगरपालिका–९ विश्रामपुरका ३५ वर्षीय सन्देश महतो कोइरीलाई बीरगंज महानगरपालिकाको वडा नं १३ राधेमाइबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ६ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका बुबाले चैत…
अस्पतालको प्रयोगशालका कर्मचारी कुटपिट घटनाका आरोपित गिरफ्तार
नारायणी अस्पतालको इमर्जेन्सी प्रयोगशालामा कार्यरत प्राविधिक वीरगञ्ज–२६ बस्ने २८ वर्षिय अताउल हक र स्वीपर ४२ वर्षिय महेन्द्र राउतलाई कुटपिट गरेको आरोपमा प्रहरीले बारा जिल्लाको प्रसौनी गाउँपालिका–६ का २६ वर्षीय आदर्श साह र २० वर्षीय आकाश साहलाई चैत ७ गते गिरफ्तार गरेको छ । आरोपितहरू चैत ७ गते राति साढे नौ…
बालविकासका शिक्षकले सात महिनादेखि पाएनन् तलब !
विन्ध्यवासिनी गाउँपालिकामा विद्यालयका बालविकासका शिक्षकले सात महिनादेखि तलब पाएका छैनन् । उनीहरूले चालु आर्थिक वर्षको साउन महिनादेखि नै तलब नपाएको भन्दै तलब निकासाका लागि पहल गरिदिन सार्वजनिक अपिल गरेका छन् । उनीहरूले यसअघि फागुन २३ गते पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई तलब निकासाको व्यवस्था मिलाइदिन माग गर्दै ज्ञापनपत्र बुझाएका…