कथित बोक्सीको आरोपमा कुटपिट तथा दुर्व्यवहार गरेको आरोप
महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएकै दिन पर्साकी एक ज्येष्ठ नागरिक महिलाले कथित बोक्सीको आरोपमा दुर्व्यवहार भोग्नु परेको घटना सार्वजनिक भएको छ । बहुअर्वा भाठा-६ की ६० वर्षीया राधिकादेवी तुराहलाई मङ्सिर ९ गते कथित बोक्सीको आरोपमा सोही ठाउँका ५० वर्षीय रामानन्द मुखिया विन र उनका २५ वर्षीय छोरा…
नौ वर्षीय बालक मृत अवस्थामा फेला
बीरगञ्ज उमनपा-१६ राधेमाईका नौ वर्षीय छोरा राजन पटेलको शव बीरगञ्ज चिनी कारखानाको आवास क्षेत्रमा असोज २० गते फेला परेको छ । पीडित बालकको टाउको, नाक र आँखामा गम्भीर चोट लागेको, शरीरमा नीलडाम र मुखबाट फिज निस्केको हुनाले उनलाई कसैले मारेर फालेको हुनसक्ने पर्सा प्रहरीले जनाएको छ । पीडितको शव फेला…
बुहारीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा ससुराविरुद्ध उजुरी
मुड्ली गाविस-६ की २५ वर्षीया अन्जुदेवीलाई घरेलु हतियार हँसियाले प्रहार गरी घाइते बनाएको आरोपमा ५५ वर्षीय ससुरा प्रभु राउत कुर्मीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा असोज १७ गते उजुरी परेको छ । पीडित महिलालाई असोज १६ गते आरोपितले हँसिया प्रहार गरी घाइते बनाएको आरोपमा पीडित महिलाका पति अम्विका पटेलले असोज १७…
छोरी हत्याको आरोपमा बावु गिरफ्तार
महादेवपट्टी गाविस-३ की १४ वर्षीया प्रभा कुमारीको हत्या गरेको आरोपमा प्रभाका ४५ वर्यीय बावु शिव मुखियालाई भदौ २ गते प्रहरीले गिरफ्तार गरेको छ । स्थानीयबासीले छोरी प्रभाको भदौ १ गते राति उनकै बावुले हत्या गरेको सूचना दिएपछि प्रहरी चौकी महादेवपट्टीको टोलीले आरोपितलाई घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी…
स्वास्थ्य सेवा प्रभावकारी नहुँदा सर्वसाधारण मारमा
जयमङ्गलापुर, सम्भौता र मिजापुर गाविसमा एउटा पनि बर्थिङ सेन्टर नहुँदा प्रसुती सेवा लिने महिलाहरू समस्यामा परेका छन् । यी गाउँका सेवाग्राही महिलाहरू गाउँमा स्वास्थ्य सेवा नभएका कारण सीमावर्ती भारतीय क्षेत्र जान बाध्य भएको बताउँछन् । जयमङ्गलापुर गाविसमा मात्रै एक वर्षमा १ सय ४४ महिलालाई सेवा दिने स्वास्थ्य चौकीको लक्ष्य रहेको…