जिम्मेवार निकायलाई जबाफदेही बनाउन नागरिक खबरदारीमा सरोकारवालाको जोड
विकास, सुशासन र समृद्धिका लागि जिम्मेवार निकायलाई जबाफदेही बनाउन नागरिक खबरदारी रहेकोमा सरोकारवालाले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बीरगञ्जमा कात्तिक १५ गते आयोजना गरेको मिडिया साझेदारी बैठकमा सरोकारवालाले यस्तो कुरा बताएका हुन् । मानव अधिकारका विभिन्न पक्षहरू हिजोका दिनमा जति केन्द्रीत भएका थिए आज त्यसका…
बलात्कारपछि हत्या गरेको घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
ठोरी गाउँपालिका-५ सुवर्णपुरकी ५० वर्षीया सानीलक्ष्मी बम्जनको असोज १९ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३२ वर्षीय उमेश हजराविरुद्ध असोज २० गते उजुरी दर्ता गरी अनुसन्धान सुरू गरेको असोज २४ गते पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ । सानीलक्ष्मीलाई असोज १९ गते बलात्कारपछि हत्या गरेको आरोपमा हजरालाई असोज…
कथित बोक्सी आरोपमा दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
बीरगञ्ज महानगरपालिका-८ मा डेरा गरी बस्दै आएकी जिल्ला महिला अधिकार मञ्च पर्साका संयोजक ५५ वर्षीया राजकुमारी उपाध्यायलाई कथित बोक्सी भन्दै कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा बीरगञ्ज महानगरपालिका-८ पानीट्याङ्कीमा बस्दै आएकी २० वर्षीया सरिता श्रेष्ठ, उनकी दिदी २४ वर्षीया सोनु कार्की, सोनुका पति चितवन घर भई काठमाडौँमा कार्यरत सशस्त्र प्रहरी जवान…
राजपा नेतासँग निर्वाचन आयोगद्वारा स्पष्टिकरण माग
जगन्नाथपुर गाउँपालिका घर भएका राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णलाई मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले असोज १ गते स्पष्टिकरण सोधेको छ । उनको घरसमेत रहेको जगन्नाथपुर गाउँपालिका-६ का राजपाका वडाअध्यक्ष पदका उम्मेदवार सहित १ सय जनाभन्दा बढी कार्यकर्तासहित मौन अवधिमा जनतासँग मत माग गर्दै गरेको हुँदा…
आजदेखि ७२ घण्टाका लागि सिमानाका बन्द
तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल-भारत सीमा ७२ घण्टाका लागि बन्द गरिएको राससले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार अति आवश्यक सेवाबाहेक अन्य बाहनलाई आवतजावतमा रोक लगाइएको छ भने नेपालबाट भारततर्फतथा भारतबाट नेपालतर्फ आउने…
अर्थपुर्ण सम्वादका लागि सङ्घीयताः अध्यक्ष प्याकुरेल
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका सहअध्यक्ष तथा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले अर्थपूर्ण नागरिक सम्वादको बिचमा रहेको तगारो हटाउनका लागि आफूहरूले सङ्घीयता खोजेको बताए । उनले अहिलेको संविधानले वडा कार्यालयलाई दिएको अधिकार हिजोको गाउँ विकास समितिलाई भन्दा बढी रहेकोले नागरिकको अर्थपूर्ण सम्वादलाई मजबुद बनाएको बताएका हुन् । स्वच्छ निर्वाचनका लागि नागरिक…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सुवर्णकार गाउँपालिका-१ का ३२ वर्षीय दलबहादुर क्षेत्रीविरुद्ध प्रहरीले साउन २२ गते उजुरी दर्ता गरेको छ । पीडित महिलालाई आरोपितले साउन १९ गते बलात्कार प्रयास गर्न खोज्दा महिलाले प्रतिकार गरेपछि आरोपित क्षेत्री भागेको पीडितले बताइन् । पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय ठोरीमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका-३ शङ्कर सरैया सखुवनीयाका ३५ वर्षीय दायानन्द राउत थारुलाई साउन २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन २१ गते शङ्कर सरैयास्थित प्रहरी चौकीमा उजुरी दिएको थियो । उजुरीको आधारमा अनुसन्धानका…
चिकित्सकमाथि हातपात गरेको घटनाका आरोपित गिरफ्तार
वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा आज प्रहरीले दुईजनालाई गिरफ्तार गरेको राससले जनाएको छ । उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डमा प्रवेशगरी चिकित्सक तथा नर्समाथि हातपात गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका-१७ नगवाका अखतर हवारी र निरञ्जन पटेललाई गिरफ्तार गरेको हो । नगवा निवासी गर्भवती महिला सायरा खातुनको उपचारमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका-१९ इनर्वाका ३० वर्षीय महम्मद तैयब हुसेन, २९ वर्षीय नुरुल होदा र ३० वर्षीय महम्मद तबरेजलाई असार २७ गते दिउँसो गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितत्रयले असार २७ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले असार २७ गते प्रहरीमा उजुरी दिएपछि…