नगरसभा नहुँदा शिक्षक, कर्मचारी स्वास्थ्यकर्मीहरू तलब पाउनबाट बञ्चित
नेपालीहरूको महान चाड बडा दशै, शभ दिपावली र छठ पर्वको पावन अवसरमा नेपालस्थित सरकारी तथा गैर सरकारी निकायमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई आफ्नो परिवारसँग खुसीयाली र हर्षउल्लासका साथ चाडवाड मनाउन तलबको साथै दशै भत्ता दिने गरिए तापनि बहुदरमाई नगरपालिका र पकहाँ मैनपुर गाउँपालिकामा नगरसभा नहुँदा दुई पालिका मातहतका शिक्षक, कर्मचारी…
बलात्कार घटनाका आराेपितविरुद्धकाे उजुरी दर्ता
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका वडा नं. ६ गम्हरीयाका २२ वर्षीय बिशाल साह तुराहाविरुद्ध पीडित पक्षले दिएको उजुरी ०८१ असार १८ गते जिल्ला प्रहरी कार्यालयमा उजरी दर्ता गरेको छ । आरोपितले असार ७ गते पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजरी दिनुभएको थियो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०८१ असार १७ गते वीरगंज महानगरपालिका वडा नं. ३१ निवासी २१ वर्षीय निरञ्जन मण्डललाई गिरफ्तार गरेको छ । असार १३ गते पीडित बालिका घरमा एक्लै भएको मौका छोपी आरोपितले बालिकालाई ललाइफकाइ गरी बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध असार १७ जिल्ला प्रहरी कार्यालयमा…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व ०८१ असार १५ गते अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्साको आयोजनामा भएको कार्यक्रममा इन्सेकका पर्सा जिल्ला प्रतिनिधि शम्भुकुमार सुमनले ६ महिनामा पर्सामा जम्मा १४ ओटा मानव अधिकार उलङ्घनका घटनाहरूकाे प्रतिवेदन प्रस्तुत गर्नु भयाे । प्रस्तुत प्रतिवेदनमा विद्यार्थीमाथि शिक्षकद्वारा…
पत्रकार तथा सञ्चारकर्मीमाथि दुर्व्यवहार
कालिकामाई गाउँपालिका-२ गदियानी निवासी ४५ वर्षीय पत्रकार छठु साहमाथि ०८१ असार १ गते नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुर्व्यवहार गरेको छ । पीडित पत्रकार वीरगञ्जबाट प्रकाशित कालिका टाइम्स दैनिक पत्रिका र अनलाइनका प्रबन्ध निर्देशक र रेडियो पोखरियाका अध्यक्ष हुन् । कालिकामाई गाउँपालिका वडा नं. २ गदियानीस्थित कृषि तथा पशु उपशाखा…
हत्या घटनाका फरार आरोपित गिरफ्तार
पाँच महिनाको शिशुको हत्या घटनाका फरार आरोपित वीरगंज महानगरपालिका-१७ अलौ निवासी २२ वर्षीया आरती कुमारी साह तेलीलाई ०८१ जेठ १ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । आरोपित र मृतक (शिशु) आमा छोरा हुन् । घरमा कोही नभएको अवस्थामा आरोपितले ०८० साउन २७ गते शिशुको घाँटी थिची हत्या गरी…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१३ वर्षीया बालिकालाई कालिकामाई गाउँपालिका-३ हरिहरपुर बिर्ताका ५० वर्षीय बनारसी महतो केवटले बलात्कार गरेको भन्दै पीडित पक्षले ०८१ वैशाख २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । पीडितलाई वैशाख २२ गते राति आरोपितले बलात्कार गरेको पीडित पक्षले बताउनु भयो । आफ्नै आँगनस्थित चापाकलमा पानी लिन गएकी पीडितलाई आरोपितले…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१७ वर्षीया बालिका र २२ वर्षीया युवती समेत दुई जना छात्राहरूलाई वीरगंज महानगरपालिका-१९, बिन्दवासिनी घर भएका वीरगंजस्थित नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी ३० वर्षीय अगन्ध चौरसियाले यौन दुर्व्यवहार गरेको भन्दै पीडितहरूले ०८१ वैशाख २३ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी दिनु भएको छ । आकस्मिक कक्षमा कार्यरत आरोपितले लामो समयदेखि ओ.जे.टी.…
हत्या घटनाका आरोपितहरू विरुद्ध उजुरी
बहुदरमाई नपा–३ नगरदाहा की २४ वर्षीया निशा भनिने बसन्ती कुमारी साहको हत्या गरेको आरोपमा पीडित पक्षले पति २५ वर्षीय इनरजित भनिने इन्द्रजित साह गोढ र इन्द्रजितका बाजे ६० वर्षीय मंसि साहविरुद्ध ०८१ वैशाख १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । “तीन महिनाको गर्भवती समेत रहेकी निशालाई वैशाख १…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
बिन्दवासिनी गाउँपालिका-५ प्रसाैनी भाठाकी ८५ वर्षीया हजुरआमा समराजी पाण्डेकाे हत्या आराेपमा इलाका प्रहरी कार्यालय पाेखरियाले ०८० चैत २९ गते ३२ वर्षीय नाति अजय कुमार पाण्डेलाई गिरफ्तार गरेकाे छ । आराेपित पाण्डेले चैत २९ गते साँझ मदिरा सेवन गरी हजुरआमालाई कुटपिट गरी घाइते बनाएका थिए । घाइते हजुरआमाकाे साेही दिन उपचारको क्रममा पोखरिया…