शौचालयको ट्याङ्कीमा बालकको शव फेला
जनकपुर उपमहानगरपालिका–१४ मुजेलियाका आठ वर्षीय केशव राउतको शव वैशाख २ गते आफ्नै घरको शौचालयको ट्याङ्कीमा फेला परेको वडा प्रहरी कार्यालय मुजेलियाका प्रहरी सहायक निरीक्षक टीकप्रसाद बरालले जानकारी दिएको राससले जनाएको छ । प्रहरीले शव भेटेलगत्तै हत्याको अशङ्कामा बालकका बावु देवनारायण र सौतेनी आमा रीनादेवीलाई गिरफ्तार गरेको जनाएको छ । बालकको…
सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न
इन्सेकले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अर्न्तगत आज वेलकम होटल जनकपुरमा सेवाप्रदायक र सेवाग्राहीबिच जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत चैत ३१ गते जनकपुरमा…
बलात्कार घटनाका अरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको अाराेपमा प्रहरीले जनकपुर उमनपा-१७ का ६१ वर्षीय सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डललाई गिरफ्तार गरेको राससले जनाएको छ । पीडित बालिकालाई आरोपितद्वयले विभिन्न प्रलोभनमा पारेर पटकपटक यौनशोषण र बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि अरोपितद्वलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई चैत ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा जनकपुर उमनपा-१७ लोहनाका ६५ वर्षीय सहदेव मण्डललाई प्रहरीले चैत १५ गते गिरफ्तार गरेको छ । पीडित परिवारले चैत १४ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मनोज यादवले जानकारी दिए ।…
इन्सेकद्वारा सञ्चालित जिम्मेवार निकायलाई जवाफदेही बनाउने कायक्रमको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय र क्षेत्रीय कार्यालयद्वारा संयुक्त रूपमा धनुषाको शान्तिपुर र बटेश्वर गाविसमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमको फागुन २४ गते अनुगम गरिएको छ । अनुगमन टोलीले मानव अधिकार निगरानी समूहको सदस्यहरूसँग भेटघाट गरी कार्यक्रमको बारेमा जानकारी लिएको थियो । समुदाय, विद्यालय…
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रम मार्चाद्वारा विथोलियो
१ सय ७ औँ अर्न्तराष्ट्रिय नारी दिवसको अवसरमा अधिकारका क्षेत्रमा क्रियाशिल सङ्घ संस्थाहरूले जनकपुरमा आयोजना गरेको कार्यक्रम संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले विथोलेका छन् । मधेसी मोर्चाका कार्यकर्ताहरूको लाठी जुलुस जनकचोकमा आएपछि सङ्घ संस्थाहरूले आयोजना गरेको कोणसभाको कार्यक्रम बिथोलिएको थियो । मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले मधेसमा रगत बगिरहेको बेला…
मधेसी मोर्चाका कार्यकर्ताद्वारा मानव अधिकार रक्षकमाथि दुर्व्यवहार
नेपाल पत्रकार महासङ्घका पुर्व कोषाध्यक्ष एवम् रेडियो जनकपुरका सञ्चालक समितिका अध्यक्षसमेत रहेका जनकपुर उमनपा-८ का ५२ वर्षीय शितल साह र इन्सेकद्वारा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष सुरेश यादवलाई फागुन ११ गते मधेसी मोर्चाका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन फागुन १० गते जनकपुर आइपुगेका एमालेका…
शहीद पार्क संरक्षण तथा सम्भारका लागि इन्सेकद्वारा १ लाख रुपियाँ हस्तान्तरण
यदुकुहास्थित शहीद पार्क संरक्षण सम्भारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रदान गरेको १ लाख रुपियाँको चेक जिल्ला इन्सेक धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदासले यदुकुहा गाविस सचिव सन्तोषकुमार सुवेदीलाई फागुन ९ गते हस्तान्तरण गरेका छन् । प्रजातान्त्रिक आन्दोलनको क्रममा सहादत प्राप्त यदुकुहाको महिला शहीद स्मारक (पार्क) को सम्भार तथा…
मानव अधिकार निगरानी समूहका अध्यक्षको पहलमा अनसन तोडियो
मानव अधिकार निगरानी समूह धनुषाका अध्यक्ष सुरेश यादवको पहलमा जनकपुरमा विगत १६ दिनदेखि जारी अनसन फागुन ६ गते तोडिएको छ । माघ २० गतेदेखि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मासहित नयाँ शक्ति पार्टीका कलामुद्धीन राइन र मिथिलेश्वर दासले जनकपुरको जनक चोकमा गरेको आमरण अनसन अध्यक्ष यादवको पहलमा तोडिएको…
नक्सा लिन पुगेका सेवाग्राहीलाई कार्यालयमै कुटपिट
जनकपुर उमनपा-१२ का ४५ वर्षीय ललन साहलाई नापी कार्यालयका कार्यालय सहयोगी मोहन यादवले माघ २७ गते कार्यालयमै कुटपिट गरेका छन् । ललनको गोडामा चोट लागेको पीडितका छोरा अमित साहले बताए । घाइते ललनको माघ २७ गते नै जनकपुर अञ्चल अस्पतालमा उपचार भयो । नापी कार्यालय पुगेका ललन साह र उनका…