अपरिचित व्यक्तिको छुरा प्रहारबाट एकको मृत्यु

विदेह नपा–५ मुडिबाका ६७ वर्षीय मानैर ठाकुर बरहीलाई अपरिचित व्यक्तिले छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा घर नजिकै रहेको सामुदायिक विद्यालयको पछाडि खाल्डोमा कात्तिक २९ गते बिहान शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले ठाकुरको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ठाकुरको आँखा सहित कान, कञ्चट र हातमा…

२०७५ मंसिर १, शनिबार २०:२४ गते  
कथित बोक्सीको आरोपमा कुटपिट घटनाको प्रहरीले उजुरी लिएन

कथित बोक्सीको आरोपमा कुटपिट गरिएको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको भन्दै पीडित पक्षले  पत्रकार सम्मेलनमार्फत कात्तिक २५ गते घटना सार्वजानिक गरेको छ । सबैला नपा–१२ की ३७ वर्षीया जुलेखा खातुनलाई कथित बोक्सीको आरोपमा कुटपिट गरिएको भन्दै कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको थियो । तर, आजसम्म उजुरी दर्ता…

२०७५ कार्तिक २५, आईतवार १९:४० गते  
कथित बोक्सीको आरोपमा कुटपिट गरिएको घटनाका आरोपित विरूद्ध उजुरी

सबैला नगरपालिका–१२ की ३७ वर्षीया जुलेखा खातुनलाई कात्तिक १३ गते कथित बोक्सीको आरोपमा सोही ठाउँका ४० वर्षीया खैतून खातुन, २५ वर्षीया अजिमा खातुन र ३० वर्षीय जुमरत राइनले कुटपिट गरेको भन्दै पीडित पक्षले कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । कुटपिटबाट छाती, पेट, पिठ्यूँ, गुप्ताङ्गलगायत शरीरका विभिन्न…

२०७५ कार्तिक १७, शनिबार ०७:३६ गते  
कुटपिट गरी पत्नीको हत्या, आरोपित फरार

लक्ष्मीनिया गाउँपालिका-४ सपहीकी २४ वर्षीय रुवी ठाकुरलाई उनका पति सञ्जय यादवले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । रुवीलाई आरोपितले कात्तिक ९ गते कुटपिट गरेर बेहोस् भएको अवस्थामा छाडेर भागेपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय धनुषा महेन्द्रनगरले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते भएकी पत्नीलाई छाडेर डाक्टर बोलाउन गएका पति…

२०७५ कार्तिक ११, आईतवार १९:१६ गते  
जनप्रतिनिधिले नै विद्यालय भत्काएपछि सडकमै कक्षा सञ्चालन

जनप्रतिनिधिले नै विद्यालय भत्काएपछि श्री राजर्षी जनक उच्च माध्यमिक विद्यालयले कात्तिक ८ गते सडकमै कक्षा सञ्चालन गरेको छ । कक्षा कोठा अपुग भएपछि जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था स्थित श्री राजर्षी जनक उच्च माध्यमिक विद्यालयले सडकमा पठनपाठन सुरू गरेको हो । बैशाख महिनाको पहिलो सातामा वडा अध्यक्ष रामेश्वर महासेठले सडक निर्माणका लागि…

२०७५ कार्तिक १०, शनिबार २०:१० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदेह नगरपालिका–८ का ६५ वर्षीय जागेश्वर ठाकुरलाई असोज ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई पैसाको प्रलोभनमा पारेर आरोपितले असोज २९ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ३० गते जनकपुर अञ्चल अस्पतालमा गरिएको जिल्ला प्रहरी…

२०७५ आश्विन ३१, बुधबार २०:११ गते  
प्रदेश २ मा प्रदेश प्रहरी ऐन पारित

सङ्घीय सरकारले सङ्घीय प्रहरी ऐन नल्याउँदै प्रदेश २ को सरकारले असोज २७ गते प्रदेश प्रहरी ऐन पारित गरेको छ । असोज २७ गतेको प्रदेश सभा बैठकले बहुमतका साथ प्रदेश प्रहरी ऐन पारित गरेको संसद सचिवालयले जनाएको छ । बहुमतले पारित गरेको प्रदेश प्रहरी ऐनप्रति नेकपाका प्रदेश सांसदहरूले असन्तुष्टि जनाएका छन्…

२०७५ आश्विन २९, सोमबार १९:५१ गते  
१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, आरोपित दुई जना गिरफ्तार

औरही गाउँपालिका–२ की १० वर्षीया मनिताकुमारी यादवको सामूहिक बलात्कारपछि हत्या गरिएको अवस्थामा धान खेतमा असोज २७ गते शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र शाहीले बताए । दुर्गा पूजाको मेला हेर्न गएकी बालिका असोज २६ गते साँझदेखि हराएकी थिइन् । बालिकालाई बलात्कार गरी हत्या गरेर फालिएको अवस्थामा लाश फेला…

२०७५ आश्विन २७, शनिबार २१:०८ गते  
बलात्कार घटनाको गलत रिपोर्ट दिएको आरोपमा दुई डाक्टरलाई कारबाही

१२ वर्षीया बालिका बलात्कार भएको घ६नामा पीडित बालिकाको स्वास्थ्य परीक्षणका क्रममा बलात्कार नभएको प्रतिवेदन दिएको आरोपमा दुई जना चिकित्सक कारबाहीमा परेका छन् । भदौ ८ गते बलात्कृत बालिकाको नमूना परीक्षणपछि बलात्कार नभएको प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका चिकित्सक डा. विजयकुमार सिंह र डा. रम्भा गोइत कारबाहीमा परेका हुन् । नेपाल…

२०७५ आश्विन २५, बिहीबार ०९:२६ गते  
जनप्रतिनिधि र निगरानी समूहका लागि आयोजित क्षमता विकास तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा लालगढमा जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहको क्षमता विकास तालिम असोज ८ गतेबाट सुरू भएको छ । दुई दिनसम्म चल्ने यो तालिममा इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत बटेश्वर गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा शिक्षा,…

२०७५ आश्विन ८, सोमबार १६:११ गते