प्रदेश २ मा प्रदेश प्रहरी ऐन पारित

सङ्घीय सरकारले सङ्घीय प्रहरी ऐन नल्याउँदै प्रदेश २ को सरकारले असोज २७ गते प्रदेश प्रहरी ऐन पारित गरेको छ । असोज २७ गतेको प्रदेश सभा बैठकले बहुमतका साथ प्रदेश प्रहरी ऐन पारित गरेको संसद सचिवालयले जनाएको छ । बहुमतले पारित गरेको प्रदेश प्रहरी ऐनप्रति नेकपाका प्रदेश सांसदहरूले असन्तुष्टि जनाएका छन्…

२०७५ आश्विन २९, सोमबार १९:५१ गते  
१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, आरोपित दुई जना गिरफ्तार

औरही गाउँपालिका–२ की १० वर्षीया मनिताकुमारी यादवको सामूहिक बलात्कारपछि हत्या गरिएको अवस्थामा धान खेतमा असोज २७ गते शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र शाहीले बताए । दुर्गा पूजाको मेला हेर्न गएकी बालिका असोज २६ गते साँझदेखि हराएकी थिइन् । बालिकालाई बलात्कार गरी हत्या गरेर फालिएको अवस्थामा लाश फेला…

२०७५ आश्विन २७, शनिबार २१:०८ गते  
बलात्कार घटनाको गलत रिपोर्ट दिएको आरोपमा दुई डाक्टरलाई कारबाही

१२ वर्षीया बालिका बलात्कार भएको घ६नामा पीडित बालिकाको स्वास्थ्य परीक्षणका क्रममा बलात्कार नभएको प्रतिवेदन दिएको आरोपमा दुई जना चिकित्सक कारबाहीमा परेका छन् । भदौ ८ गते बलात्कृत बालिकाको नमूना परीक्षणपछि बलात्कार नभएको प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका चिकित्सक डा. विजयकुमार सिंह र डा. रम्भा गोइत कारबाहीमा परेका हुन् । नेपाल…

२०७५ आश्विन २५, बिहीबार ०९:२६ गते  
जनप्रतिनिधि र निगरानी समूहका लागि आयोजित क्षमता विकास तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा लालगढमा जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहको क्षमता विकास तालिम असोज ८ गतेबाट सुरू भएको छ । दुई दिनसम्म चल्ने यो तालिममा इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत बटेश्वर गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा शिक्षा,…

२०७५ आश्विन ८, सोमबार १६:११ गते  
प्रदेश २ का मन्त्री नै संविधानको विरोध गर्दै सडकमा

देशभर संविधान दिवस मनाइरहेको सन्दर्भम प्रदेश २ का मन्त्री संविधानको विरूद्ध सडकमा उत्रेका छन् । प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साह, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहलगायत जनप्रतिनिहरू असोज ३ गते जनकपुरमा विरोध र्‍यालीमा सहभागि भएका छन् । केन्द्र सरकारले राजधानी काठमाडौँमा साथ संविधान दिवस मनाइरहँदा प्रदेश २ को…

२०७५ आश्विन ४, बिहीबार १३:१८ गते  
जन्मदर्ता गर्न वडा अध्यक्षद्वारा अनाकानी गरेको आरोप

सवैला नपा–१२ का ठकाई चमारले चार वर्षीय नाती डेविसकुमार चमारको जन्मदर्ता बनाउन सिफारिस लिन भदौ २९ गते जाँदा वडा अध्यक्ष प्रदिप महतोले आनाकानी गरेको भन्दै पीडितले इन्सेक प्रतिनिधिसँग न्यायका लागि पहल गरिदिन अनुरोध गरेका छन् । बालकका हजुरबुवा ठकाइ चमार वडा कार्यालय पुगी नातिको जन्म दर्ता बनाउन वडा अध्यक्षलाई अनुरोध…

२०७५ भाद्र ३१, आईतवार ०४:१५ गते  
मानव अधिकार अनुगमन तथा अभिलेखिकरण कार्यशाला जनकपुरमा सुरू

प्रदेश २ को राजधानी जनकपुरधाममा मानव अधिकार अनुगमन तथा अभिलेखिकरण कार्यशाला सुरू गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश २ को आयोजनामा जिल्ला प्रतिनिधिहरूका लागि मानव अधिकार अनुगमन तथा अभिलेखिकरणसम्बन्धी कार्यशाला भदौ २० गते गतेबाट सुरू गरिएको हो । तालिमको उद्घाटन गर्दै इन्सेकका कार्यकारी निर्देशक विजय राज गौतमले नेपाल…

२०७५ भाद्र २१, बिहीबार ०९:५५ गते  
विदा कार्यान्वयन गराउन भन्दै आन्तरिक मामिला तथा कानुनमन्त्री नै धर्नामा

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव राष्ट्र बैङ्कको जनकपुरको मुलढोका अगाडि भदौ १७ गते धर्ना बसेका छन् । प्रदेश २ सरकारले दिएको विदाको अवज्ञा गरेको भन्दै मन्त्री यादवले धर्नामा बस्नु परेको बताए । विदाको अवज्ञा गर्ने र बैङ्क बन्द गराउने सङ्घीय समाजवादी फोरमका कार्यकर्तालाई प्रहरीले गिरफ्तार समेत…

२०७५ भाद्र १८, सोमबार १६:१७ गते  
प्रदेश २ सरकारले मानव अधिकार उल्लघङ्घनका घटनामा शून्य सहनशीलता अपनाउँछः आन्तरिक मामिला तथा कानुन मन्त्री यादव

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश सरकारले मानव अधिकार उल्लङ्घनका घटनामा शून्य सहनशीलता अपनाउने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजना र प्रदेश २ मुख्यन्यायाधिवक्ताको कार्यालयको समन्वयमा भदौ १३ गते जनकपुरधाममा आयोजित ‘मानव अधिकारमैत्री कानुन निर्माणमा प्रदेश सरकारको भूमिका’ विषयक…

२०७५ भाद्र १४, बिहीबार ०६:५७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्ला अजमरपट्टकिा ३५ वर्षीय रामरोहित मण्डललाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३० गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण जनकपुर अञ्चल अस्पतालमा…

२०७५ श्रावण ३१, बिहीबार १०:१७ गते