जन्मसिद्ध नागरिकतासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पारित

प्रदेश २ को प्रदेशसभा बैठकले ऐन संशोधन नगरेर सङ्घीय सरकारले जन्मसिद्ध नागरिकता वितरण रोकेको आरोप लगाउँदै सार्वजनिक महत्वको प्रस्ताव पारित गरेको छ । जन्मसिद्ध नागरिकतासँग जोडिएको यो प्रस्ताव प्रदेशसभामा पाससँगै सङ्घीय सरकारलाई नागरिकता ऐन संशोधन गर्न दबाब बढ्ने बताइएको छ । प्रदेशसभाको दोस्रो अधिवेशनअन्तर्गत मङ्सिर १७ गते बसेको ४५ औँ…

२०७५ मंसिर १८, मंगलवार ०८:२२ गते  
मौलिक हकको कार्यान्वयनमा प्रादेशिक सरकार तथा संसदको भूमिका विषयक कार्याशाला गोष्ठी सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगले ७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र पेरिश सिद्धान्तको २५ औँ वर्षगाँठको सन्दर्भ पारी मङ्सिर १५ गते जनकपुरमा मौलिक हकको कार्यान्वयनमा प्रादेशिक सरकार तथा संसदको भूमिका र महिला अधिकारको अवस्था तथा गलत समाजिक परम्परागत मुल्यमान्यताका आधारमा हुने विभेदसम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा राष्ट्रिय…

२०७५ मंसिर १६, आईतवार १८:४६ गते  
जहाँ नागरिक समाज बलियो हन्छ, त्यहाँ लोकतन्त्र बलियो हुन्छः कानुन मन्त्री यादव

‘जहाँ नागरिक समाज बलियो हन्छ । त्यहाँ लोकतन्त्र बलियो हुन्छ र मानव अधिकारको बहाल हुन्छ ।’–प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा मङ्सिर १४ गते जनकपुरमा आयोजित जनप्रतिनिधि र नागरिक सङ्घ÷सङ्गठनबिच सम्वाद कार्यक्रममा मन्त्री यादवले…

२०७५ मंसिर १४, शुक्रबार २१:४७ गते  
प्रदेश २ को मानव अधिकार अवस्थाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजनामा मङ्सिर १३ गते जनकपुरधाममा प्रदेश २ को मानव अधिकार अवस्थाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक प्रदेश २ मा सन् २०१८ मा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको विश्लेषण प्रतिवेदन कार्याक्रममा इन्सेक प्रदेश २ का संयोजक राजु…

२०७५ मंसिर १४, शुक्रबार १९:४७ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाको आयोजनामा मङ्सिर १० गते जनकपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि विनोदकुमार रविदासले सन् २०१८ को जनवरीदेखि नोभेम्वरसम्ममा जिल्लामा सङ्कलित ७३ ओटा घटनामा ७४ जना पीडित भएको प्रतिवेदन…

२०७५ मंसिर १२, बुधबार २०:४८ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले क्षिरेश्वर नपा–९ का ४२ वर्षीय किसुन मुखियालाई मङ्सिर ७ गते गिरफ्तार गरी अदालतमा पेश गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अरूण कुशवाहाले बताए । करिव ६ महिनादेखि मुखिया फरार रहेका प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितले गत जेठ १०…

२०७५ मंसिर ७, शुक्रबार २१:२७ गते  
मानव अधिकारको अवस्था, सामाजिक न्याय र शान्ति सुरक्षाको सवालमा छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. २ कार्यालय जनकपुरमा मङ्सिर ५ गते बसेको मानव अधिकारकर्मीहरूको बैठकमा जिल्लाको मानव अधिकारको अवस्था, सामाजिक न्याय र शान्ति सुरक्षाको सवालमा छलफल गरिएको छ । बैठकमा मानव अधिकारकर्मीहरूले स्थानीय तहमा रहेको न्यायिक समितिका संयोजक असुरक्षित रहेको बताएका छन् । समाजिक न्यायको लागि संविधानले प्रत्येक…

२०७५ मंसिर ६, बिहीबार १२:५८ गते  
अपरिचित व्यक्तिको छुरा प्रहारबाट एकको मृत्यु

विदेह नपा–५ मुडिबाका ६७ वर्षीय मानैर ठाकुर बरहीलाई अपरिचित व्यक्तिले छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा घर नजिकै रहेको सामुदायिक विद्यालयको पछाडि खाल्डोमा कात्तिक २९ गते बिहान शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले ठाकुरको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ठाकुरको आँखा सहित कान, कञ्चट र हातमा…

२०७५ मंसिर १, शनिबार २०:२४ गते  
कथित बोक्सीको आरोपमा कुटपिट घटनाको प्रहरीले उजुरी लिएन

कथित बोक्सीको आरोपमा कुटपिट गरिएको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको भन्दै पीडित पक्षले  पत्रकार सम्मेलनमार्फत कात्तिक २५ गते घटना सार्वजानिक गरेको छ । सबैला नपा–१२ की ३७ वर्षीया जुलेखा खातुनलाई कथित बोक्सीको आरोपमा कुटपिट गरिएको भन्दै कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको थियो । तर, आजसम्म उजुरी दर्ता…

२०७५ कार्तिक २५, आईतवार १९:४० गते  
कथित बोक्सीको आरोपमा कुटपिट गरिएको घटनाका आरोपित विरूद्ध उजुरी

सबैला नगरपालिका–१२ की ३७ वर्षीया जुलेखा खातुनलाई कात्तिक १३ गते कथित बोक्सीको आरोपमा सोही ठाउँका ४० वर्षीया खैतून खातुन, २५ वर्षीया अजिमा खातुन र ३० वर्षीय जुमरत राइनले कुटपिट गरेको भन्दै पीडित पक्षले कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । कुटपिटबाट छाती, पेट, पिठ्यूँ, गुप्ताङ्गलगायत शरीरका विभिन्न…

२०७५ कार्तिक १७, शनिबार ०७:३६ गते