बुहारी र नातिनी हत्या घटनाका आरोपित गिरफ्तार

जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने समीर मिश्रकी २५ वर्षीया पत्नी सीमा शर्मा र उनकी दुई वर्षीया छोरी गौरी मिश्रलाई विष खुवाएर हत्या गरेको आरोपमा सीमाका ससुरा श्यामसुन्दर मिश्र र सासू किरण मिश्रलाई माघ ३ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । सीमाका माइतीले उनी र उनकी छोरी गौरीलाई घर पक्षले विष सेवन…

२०७५ माघ ४, शुक्रबार १५:०७ गते  
 खाद्य अधिकारको सवालमा नगरपालिका गम्भीर: मेयर पञ्जियार

खाद्य अधिकारको सवालमा नगरपालिका गम्भीर रहेको क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पञ्जियारले बताएका छन् । मानव अधिकारसँग नागरिकको खाद्य अधिकारको पनि ख्याल राख्नु पर्ने भएकाले खाद्य अधिकारको संरक्षणमा लागि परेको उनले बताए । आम नागरिकको आधारभूत आवश्यकता अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकार रहेको भन्दै यसलाई मानव अधिकारसँगै खाद्य अधिकारको प्रत्याभूति…

२०७५ पुष २९, आईतवार १९:३८ गते  
मन्त्रीकै कार्यकक्षमा सचिवमाथि कुटपिट गरेको पीडित पक्षको आरोप

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिव विद्यानाथ झामाथि कुटपिट गरेको पीडित पक्षको आरोप छ । उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव ५० वर्षीय विद्यानाथ झालाई मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेको पीडितले बताए । सङ्घीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो…

२०७५ पुष २९, आईतवार १९:२७ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रादेशिक सम्पादन भेला सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २, कार्यालय जनकपुरको आयोजनामा पुस २० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रादेशिक वार्षिक सम्पादन भेला सकिएको छ । भेलामा प्रदेश २, का ८ जिल्लामध्ये सात जिल्लाका जिल्ला प्रतिनिधिहरूको सहभागिता रहेको थियो । भेलामा…

२०७५ पुष २१, शनिबार ०५:३१ गते  
बालबालिकाहरूले पनि सोचको दायरा बढाउनु पर्छः मुख्यन्यायाधिवक्ता झा

प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले बालबालिकाहरूले पनि सोचको दायरा बढाउनु पर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजनामा पुस १८ गते जनकपुरधाममा आयोजित बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिममा उनले सो कुरा बताएका हुन् । खासगरी तराई मधेसमा डाक्टर, इञ्जिनियर…

२०७५ पुष २०, शुक्रबार १०:२१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गणेशमान चारनाथ नगरपालिका–५ का २५ वर्षीय रोशन बस्नेतलाई पुस २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीलाई खबर गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर सरोज राईले बताए ।…

२०७५ पुष ३, मंगलवार १८:११ गते  
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइयो

७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको समापनको अवसरमा मङसिर २४ गते प्रदेश २ का जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । इन्सेक जिल्ला प्रतिनिधि विनोद कुमार रविदासका अनुसार ७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग, मुख्य न्यायाधिवक्ताको कार्यालय र…

२०७५ मंसिर २५, मंगलवार १५:४२ गते  
छोरीको हत्या गरेको आरोपमा आमा गिरफ्तार

जनकपुर उपमहानगरपालिका–२४ सोनापडाकी १६ वर्षीया सोनीकुमारी मण्डललाई मङ्सिर १९ गते घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीया आमा राजकुमारी मण्डलाई मङ्सिर २० गते गिरफ्तार गरेको छ । गिरफ्तारपछि घटनाका आरोपित राजकुमारीलाई पत्रकार सम्मेलनमार्फत प्रहरीले सोही दिन सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द थपलियाका अनुसार आठ कक्षामा…

२०७५ मंसिर २१, शुक्रबार २०:३२ गते  
जन्मसिद्ध नागरिकतासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पारित

प्रदेश २ को प्रदेशसभा बैठकले ऐन संशोधन नगरेर सङ्घीय सरकारले जन्मसिद्ध नागरिकता वितरण रोकेको आरोप लगाउँदै सार्वजनिक महत्वको प्रस्ताव पारित गरेको छ । जन्मसिद्ध नागरिकतासँग जोडिएको यो प्रस्ताव प्रदेशसभामा पाससँगै सङ्घीय सरकारलाई नागरिकता ऐन संशोधन गर्न दबाब बढ्ने बताइएको छ । प्रदेशसभाको दोस्रो अधिवेशनअन्तर्गत मङ्सिर १७ गते बसेको ४५ औँ…

२०७५ मंसिर १८, मंगलवार ०८:२२ गते  
मौलिक हकको कार्यान्वयनमा प्रादेशिक सरकार तथा संसदको भूमिका विषयक कार्याशाला गोष्ठी सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगले ७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र पेरिश सिद्धान्तको २५ औँ वर्षगाँठको सन्दर्भ पारी मङ्सिर १५ गते जनकपुरमा मौलिक हकको कार्यान्वयनमा प्रादेशिक सरकार तथा संसदको भूमिका र महिला अधिकारको अवस्था तथा गलत समाजिक परम्परागत मुल्यमान्यताका आधारमा हुने विभेदसम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा राष्ट्रिय…

२०७५ मंसिर १६, आईतवार १८:४६ गते