प्रदेश २ मा दलित सशक्तिकरण ऐन, २०७५ प्रमाणिकरण

प्रदेश–२ मा प्रदेश सभाले सर्वसम्मत रुपमा पास गरेको ‘दलित सशक्तीकरण ऐन, २०७५’ प्रमाणिकरण भएको छ । संविधानको धारा १९७ ले दिएको अधिकार प्रयोग गरी प्रदेश–२ ले बनाएको यो ऐनलाई प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले मङ्सिर २४ गते पारित गर्नुभएको प्रदेश २ का मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले जानकारी दिनुभएको…

२०७६ मंसिर २६, बिहीबार १४:२५ गते  
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते प्रदेश २ अन्तर्गतका जिल्लाहरूमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहर कुमार पोखरेलका अनुसार “दिगो विकासको आधार, सबैका लागि मानव अधिकार“ मूल नाराका साथ ०७६ मङ्सिर २४ गते राजविराजमा अन्तरकृया कार्यक्रम गरी ७१ औँ अन्तर्राष्ट्रिय…

२०७६ मंसिर २५, बुधबार १४:४४ गते  
इन्सेक प्रदेश २ का संयोजक पासवान सम्मानित

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारकर्मी इन्सेक प्रदेश २ संयोजक राजु पासवान मङ्सिर २४ गते जनकपुरधाममा सम्मानित हुनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारकर्मी पासवानलाई प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले सम्मानपत्र प्रदान गर्नु भएको हो । मानव अधिकारको क्षेत्रमा क्रियाशील भइ महिला अधिकार, सामाजिक…

२०७६ मंसिर २५, बुधबार १४:१० गते  
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रभातफेरी

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते जनकपुरमा प्रभातफेरी कार्यक्रम गरिएको छ । जानकी मन्दिरबाट बिहान ७ बजे इन्सेक प्रदेश २ कार्यालय जनकपुर, राष्ट्रिय मानव अधिकार आयोगको प्रादेशिक कार्यालय जनकपुर, मुख्य न्यायधिवक्ताको कार्यालय प्रदेश २, ओरेक नेपाल, महिला मानव अधिकार सञ्जाल, जिल्ला महिला अधिकार सरोकार समूह, एडभोकेसी…

२०७६ मंसिर २५, बुधबार ०५:१८ गते  
मिथिला नपामा १५ सदस्यीय मानव अधिकार समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामको आयोजना तथा मिथिला नगरपालिको समन्वयमा मङ्सिर १९ गते स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाअन्तर्गत सिताराम महतोको अध्यक्षतामा १५ सदस्यीय मानव अधिकार समूह गठन गरिएको छ । समूहको उपाध्यक्षमा सुनिता महतो, सचिवमा नन्दकुमार महतो, सहसचिवमा रामचन्द्र महतो र…

२०७६ मंसिर २०, शुक्रबार ०६:४५ गते  
जनकपुरमा दाइजो प्रथा न्युनिकरणको लागि १ सय ८ जोडीको आदर्श विवाह

तराई क्षेत्रमा दाइजो प्रथाले आफ्नो जरा क्यान्सर झैँ फिजाइरहेको बेलामा जनकपुरधाम उमनपा–१३ स्थित रामजानकी विवाह मण्डप (मणि मण्डप) मा १ सय ८ जोडीको सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद्को अगुवाइमा दाइजो प्रथाविरूद्ध मङ्सिर १६ गते सामूहिक रूपमा आदर्श विवाहको आयोजना गरिएको हो । मङ्सिर ६ गते राति ११…

२०७६ मंसिर १८, बुधबार १४:५१ गते  
विवाहपञ्चमीको अवसरमा इन्सेकद्वारा पुस्तक स्टल

रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरमा मङ्सिर १५ गते इन्सेक प्रदेश २ कार्यालयले पुस्तक स्टल राख्दै मानव अधिकारसम्बन्धी जानकारीमुलक पर्चा, पम्पलेट प्रदर्शनी गरेको छ । इन्सेक प्रदेश २ कार्यालयलगायत विभिन्न मानव अधिकारवादी सङ्घसंस्थाहरूले पुस्तक स्टलमा आफ्नो वर्ष पुस्तक, विभिन्न जनचेतनामुलक पर्चा, पम्पलेटलगायतको सामग्री राख्दै श्रद्धालु भक्तजनहरूलाई मानव अधिकार रक्षाको सवालमा…

२०७६ मंसिर १७, मंगलवार ०७:०३ गते  
हंसपुर नगरपालिकाका शिक्षकहरू तलब नपाएको भन्दै आन्दोलित

धनुषा जिल्लाका शिक्षक संस्थाहरूको संयुक्त समितिले शिक्षकहरूको तलब भत्ता उपलब्ध गराउनको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा मङ्सिर ८ गते ज्ञापनपत्र बुझाएको छ । धनुषा जिल्लामा आउँदो मङ्सिर १९ गतेदेखि अर्धवार्षिक परीक्षा हुने भएको छ । अर्धवार्षिक परीक्षाको मुखमै शिक्षकहरूले सातदिने अल्टिमेटम् दिँदै तलब, भत्तालगायतको सुविधा उपलब्ध नगराए आन्दोलित हुने चेतावनी…

२०७६ मंसिर १७, मंगलवार ०६:५१ गते  
बाल आश्रममा इन्सेक प्रतिनिधिको समन्वयमा आर्थिक सहयोग

जनकपुरस्थित सद्गुरू कविर बाल आश्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाका जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहको पहलमा मङ्सिर १६ गते आर्थिक सहयोग गरिएको छ । आश्रमका सञ्चालक प्रोफेसर सन्त सत्यनारायण आलोकलाई इन्सेक प्रतिनिधिको पहलमा १४ हजार रुपियाँ, फलफूल र मानव अधिकारसम्बन्धी पुस्तकहरू प्रदान गरिएको हो । वैदेशिक रोजगारीको क्रममा कतारमा कार्यरत…

२०७६ मंसिर १७, मंगलवार ०६:४२ गते  
दबाबपछि मात्रै हत्या घटनाका आरोपितविरूद्ध प्रहरीद्वारा उजुरी दर्ता

मिथिलाविहारी नपा–३ का २३ वर्षीय कुसुमकुमारी मण्डललाई कुटपिट गरि घाँटी थिचेर हत्या गरेको भन्दै २५ वर्षीय पति प्रकाश मण्डलविरूद्ध मृतकका बाबु जिवछ मण्डलले दिनुभएको उजुरी दबाबपछि मात्रै प्रहरीले दर्ता गरेको छ । मङ्सिर ६ गते राति ११ बजेतिर घरमा खाना खाएर सुत्न लागेको बेलामा भएको विवादको क्रममा दाइजोमा दिएको मोटरसाइकल…

२०७६ मंसिर १०, मंगलवार १६:५२ गते