शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरको आयोजनामा क्षीरेश्वरनाथ नगरपालिका-६ स्थित माध्यमिक विद्यालय सखुवा बजारमा भदौ १ गते शिक्षाको अधिकारसम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । क्षीरेश्वरनाथ नगरपालिकामा कियोस परियोजना अन्तर्गत इन्सेकले गठन गरेको मानव अधिकार निगरानी समूह, नगरपालिका जनप्रतिनिधिहरूले छनौट गरेर मावि सखुवामा…

२०७६ भाद्र २, सोमबार १४:३३ गते  
अढाई वर्षीय बालकलाई बलि दिएको आरोपमा झाँक्री गिरफ्तार

मिथिला नगरपालिका–६ बस्ने सम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको अपहरण पश्चात घाँटी रेटेर बलि दिएको आरोपमा प्रहरीले मिथिला नगरपालिका–७ कुसुमबिसौना बस्ने ५५ वर्षीय झाँक्री जङ्गली महतोलाई साउन ३० गते गिरफ्तार गरेको छ । यसअघि गिरफ्तारीमा परेका चेलाले आफू गुरूको कुरामा लागेर बालकलाई बलि दिएको स्वीकार गरिसकेका छन् । प्रहरीका…

२०७६ भाद्र १, आईतवार ०७:०७ गते  
विभिन्न कार्यक्रमसहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

“शिक्षामा रुपान्तरण, उधमशिलता र नव प्रवर्तन” भन्ने मुल नाराका साथ सिरहा, रौतहट र धनुषा लगायतका जिल्लामा विभिन्न कार्यक्रमसहित साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्लाका सरोकारवाला सङ्घ, संस्थाहरूको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको हो । इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा…

२०७६ श्रावण २९, बुधबार ०५:५५ गते  
मानव अधिकार निगरानी समूह, जनप्रतिनिधि तथा सरोकारवालाहरुको लागि क्षमता अभिवृद्धि तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरको आयोजनामा दुई दिने क्षमता अभिवृद्धि तालिम धनुषाको लालगढमा साउन २५ गते सकिएको छ । तालिम साउन २४ गते सुरू गरिएको थियो । क्षीरेश्वरनाथ नगरपालिकामा कियोस परियोजना अन्तर्गत इन्सेकले गठन गरेको मानव अधिकार निगरानी समूह, नगरपालिका जनप्रतिनिधि तथा सरोकारवालाहरू सहभागी तालिममा शिक्षा,…

२०७६ श्रावण २६, आईतवार १०:१९ गते  
देशमा नीतिगत सङ्क्रमणकालिन अवस्था भएको हुँदा मानव अधिकारको अवस्था कमजोरः कानुन मन्त्री यादव

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले देशमा नीतिगत सङ्क्रमणकालिन अवस्था भएको हुँदा मानव अधिकारको अवस्था कमजोर भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयद्वारा साउन २३ गते जनकपुरमा आयोजित नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी प्रदेश स्तरीय संवाद कार्यक्रममा मन्त्री यादवले अहिले मुलुकमा नागरिक…

२०७६ श्रावण २४, शुक्रबार २०:२२ गते  
प्रदेश २ लोकसेवा विधेयक पारित

साउन २१ गते बसेको प्रदेश २ को प्रदेश सभा बैठकबाट लोकसेवा विधेयक पारित भएको छ । प्रदेश २ मा प्रदेश लोकसेवा आयोगको गठन काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको हो । बैठकमा टेबल भएको झण्डै अढाई महिनापछि प्रदेश लोकसेवा विधेयक पारित भएको हो । यो…

२०७६ श्रावण २२, बुधबार १३:४२ गते  
प्रहरीको लाठी चार्जबाट उपमेयर सहित पाँच जना घाइते

धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीच साउन २१ गते भएको विवाद झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण बनेको छ । झडप नियन्त्रण गर्न प्रहरीले गरेको लाठी चार्जबाट उपमेयर सहित पाँच जना घाइते भएका छन् । कार्यालयका सम्बन्धमा भएको विवादका क्रममा प्रहरीको लाठी चार्जबाट उनीहरू घाइते भएका हुन् । साउन २१…

२०७६ श्रावण २२, बुधबार ०८:२३ गते  
बाढीपीडित सुत्केरी महिलालाई राहत सामग्री वितरण

धनुषाधाम नगरपालिका वडा नम्बर १, २ र ७ वडाका दलित बस्तीमा रहेका बाढीपीडित २० जना सुत्केरी महिलालाई राहत वितरण गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय, एडभोकेसी फोरम प्रदेश २ कार्यालय, ओरेक, महिला मानव अधिकार रक्षक सञ्जाल, नेपाल मानव अधिकार सङ्गठन, थर्ड एलाइन्स र उन्नत नेपाल…

२०७६ श्रावण १८, शनिबार ०६:१५ गते  
वर्षातका कारण जनकपुरको बसहीयास्थित मुसहर बस्तीमा समस्या

लगातारको वर्षातका कारण जनकपुर उपमहानगरपालिका-२४ स्थित बसहीयाका ८० घरमा रहेका मुसहर समस्यामा परेका छन् । शहरी विकास मन्त्रालय अन्तर्गत जनता आवास कार्यक्रमले मुसहर समुदायका घर निर्माण गर्ने भनी उनीहरूको घर भत्काउन लगाइएको थियो । जनता आवास कार्यक्रम अनुसार पक्की घर बनाउन सुरू गरिएपनि महन्थले जिल्ला अदालतमा घर निर्माण कार्य रोक्का…

२०७६ श्रावण १, बुधबार १४:४५ गते  
प्रदेश सरकारबाट कुरीति, कुसंस्कार अन्त्यका कार्यक्रमलाई प्राथमिकता

प्रदेश सरकारले समाजमा विद्यमान रहेका बालविवाह, कथित बोक्सी प्रथा, महिला हिंसा, दहेज प्रथा, छुवाछुत तथा जातीय र वर्गीय विभेद जस्ता सामाजिक कुरीति, कुसंस्कार, अन्धविश्वास तथा कुप्रथाहरूविरूद्ध जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रदेश सभामा…

२०७६ असार २, सोमबार १३:५६ गते