सङ्क्रमणकालीन न्याय निगरानी समिति गठन
सङ्क्रमणकालीन न्याय प्रक्रियासँग सम्बन्धित सत्य निरुपण तथा मेलमिला आयोग र बेपत्ता छानविन आयोगमा स्वतन्त्र, निष्पक्ष र मानव अधिकारका क्षेत्रमा कार्यरत द्वन्द्वपीडितको भावनालाई बुझ्ने व्यक्तित्व चयन गर्न र द्वन्द्वपीडितको हकहितको सवालमा ऐक्यबद्धता रही सामूहिक रुपमा काम गर्ने प्रतिबद्धता सहित जनकपुरधाममा २०८१ मङ्सिर ५ गते प्रदेश स्तरीय सङ्क्रमणकालीन न्याय निगरानी समिति गठन…
स्थानीय तहको उपनिर्वाचन ०८१, मधेस प्रदेशमा रिक्त सात ओटा वडाध्यक्ष पदका लागि ९६ जनाको उम्मेदवारी दर्ता
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४२ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र रौतहटको इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढिमाई नगरपालिका–८ मा रिक्त वडाध्यक्ष पदको लागि ०८१ मङ्सिर २ गते विभिन्न पार्टी तथा स्वतनत्र गरी १ सय २…
समाजिक सञ्जाल मार्फत चरित्र हत्या घटनाका आरोपितविरुद्ध उजुरी
१७ वर्षीया बालिकाले बटेश्वर गाउँपालिका-३ का २१ वर्षीय विशाल कुमार महतोविरुद्ध ०८१ मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गत रहेको सूचना सङ्कलन शाखामा उजुरी दर्ता गराउनु भएको छ । आरोपितले समाजिक सञ्जाल टिकटक तथा फेसबुकमा गलत मनसायले "म लगायत मेरो परिवारजनहरूको तस्विर अपलोड गरी अश्लिल गीत तथा अपशब्दहरू प्रयोग गरी…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा क्षिरेश्वरनाथ नगरपालिका-१० का २३ वर्षीय प्रेम कुमार मण्डलविरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ०८१ मङ्सिर ४ गते पीडित पक्षले उजुरी दिनुभएको छ। पीडित पक्षका अनुसार मङ्सिर ३ गते पीडित खेतमा एक्लै धान काटिरहेको मौका छोपी आरोपितले पीडितलाई पछाडिबाट मुखमा कपडाले बाँधी बलात्कार गरेका हुन् ।…
स्थानीय तह उपनिर्वाचन ०८१ का लागि मनोनयनपत्र दर्ता सम्पन्न
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४२ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ र ४, धनुषाको धनुषाधाम नगरपालिका-१, महोत्तरीको रामगोपालपुर नगरपालिका-२ र रौतहटको इशनाथ नगरपालिका-७, राजपुर नगरपालिका-६ र गढिमाई नगरपालिका-८ मा रिक्त वडाध्यक्ष पदको लागि ०८१ मङ्सिर २ गते विभिन्न पार्टीका उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।…
सामाजिक सुरक्षा भत्ता नपाएको विरोधमा आन्दोलन
लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रविरुद्ध ०८१ कात्तिक २७ गतेदेखि सक्रिय युवा सञ्जालको अगुवाइमा युवा तथा स्थानीयहरू विरोध प्रदर्शन तथा आन्दोलन गर्दै आएका छन् । सञ्जालका अध्यक्ष रोशनकुमार यादवका अनुसार लक्ष्मीनिया गाउँपालिकाका जनताहरू छ महिनादेखि प्रशासनिक सेवाबाट वञ्चित भएका छन् । गाउँपालिका मातहतका शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले ६ महिनादेखि तलब भत्ता…
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना
निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन ०८१ का लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय कात्तिक ३० गते स्थापना गरेको छ । इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोषकुमार यादवका अनुसार धनुषाधाम नगरपालिका वडा नं १ का वडाध्यक्ष पदको लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनको कार्य सम्पादन गर्न मुख्य निर्वाचन अधिकृत र…
इन्सेकद्वारा मधेस प्रदेशमा सञ्चालित कार्यक्रमहरूको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मधेस प्रदेशमा सञ्चालित कार्यक्रमहरूका बारेमा मधेस प्रदेशका सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल गर्नु भएको छ । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, प्रलेख अधिकृत मोहन कुमार चौधरी र इन्सेकद्वार प्रदेशमा सञ्चालित कार्यक्रमहरूको बाह्य मुल्यांकनकर्ता सुरज आचार्यको टोलीले प्रदेश र स्थानीय सरकारका प्रतिनिधि तथा मावन अधिकारका…
मानव अधिकारका लागि संघ संस्थाहरूबीच समन्व र सहकार्यको आवश्यक्तामा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा प्रदेश कार्यालय जनकपुरधाममा ०८१ कात्तिक ३० गते बसेको बैठकमा मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरूले संघ संस्थाका प्रतिनिधिहरूबीच समन्व र सहकार्य आवश्यक रहेको बताउनु भएको छ । इन्सेकद्वारा मधेस प्रदेशमा सञ्चालित कार्यक्रमहरूको अनुगमन तथा मुल्यांकनका लागि काठमाडौँबाट आउनु भएका अनुगमन तथा…
आयोगको पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै ध्यानाकर्षण
बेपत्ता परिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत ध्यानाकर्षण पत्र बुझाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवान, एडभोकेसी फोरमका मधेस प्रदेश संयोजक राजकुमार महासेठ, ओरेक मधेस प्रदेश…