समाजिक विकास मन्त्रीद्वारा शिक्षकलाई दुव्र्यवहार गरेको आरोप

जनकपुरधाम उमनपा–९ स्थित सरस्वती नमुना माध्यमिक विद्यालयमा एसइइ परीक्षा अनुगमन गर्न पुगेका समाजिक विकास मन्त्री नवलकिशोर साहले सोही विद्यालयका परीक्षा निरीक्षक शिक्षक ३८ वर्षीय बेचन रामलाई चैत १० गते दलित भन्दै दुव्र्यहार गरेको आरोप छ । परीक्षामा निरीक्षकका रूपमा खटिएका विद्यालयका शिक्षक रामलाई मन्त्री साहले दलित भन्दै दुव्र्यहार गरेको चैत…

२०७५ चैत्र ११, सोमबार १६:१८ गते  
छोरी शिक्षा विमा प्रदेशभर लागु

प्रदेश २ मा  ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम विधिवत रूपमा सुरू भएको मुख्यमन्त्री लालबाबु राउतले फागुन १९ गते पत्रकार सम्मेलन गरि घोषणा गरेका छन् । ०७५ माघ १ गतेबाट नै लागू हुने गरी प्रदेशभर यो योजना कार्यान्वयनमा ल्याइएको हो । यसभन्दा अघि प्रदेश २ को आठ ओटा नगरपालिकाबाट सुरू भएको…

२०७५ फाल्गुन २१, मंगलवार ११:३५ गते  
बलात्कारपछि हत्या गरी शव जलाइएको घटनाको सांसद र अधिकारकर्मीको टोलीद्वारा अनुगमन

११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी जलाइएको घटनाको सत्यतथ्य छानविन गरी अनुसन्धानको दायरा बढाउन र दोषीलाई कारबाही गर्न माग गर्दै सांसद र अधिकारकर्मीको टोलीले घटनाको अनुगमन गरेको छ । प्रदेश २, प्रदेशसभाका दलित सांसद र इन्सेक प्रतिनिधिलगायतका अधिकारकर्मीहरुको संयुक्त टोलीले फागुन ८ गते घटनाको अनुगमन गरेको हो । प्रदेश सभा…

२०७५ फाल्गुन ९, बिहीबार ११:३३ गते  
मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको ऐनाः कानुन मन्त्री यादव

नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको ऐनाको रूपमा रहेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएक छन् । आज नेपाल बार एशोसिएसन जनकपुरको सभा कक्षमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को सार्वजनिकीकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री यादवले नेपाल मानव…

२०७५ फाल्गुन ७, मंगलवार २२:१५ गते  
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारत बिहार राज्य जिल्ला बेतिया जमुनिया ग्राम पञ्चायत–३ घर भई हाल जनकपुर उमनपा–४ बस्ने ५० वर्षीय रामलोचन मण्डलविरूद्ध पीडित पक्षले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । बालिकालाई घर पुर्‍याइदिन्छु भन्दै लगेर यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन ६…

२०७५ फाल्गुन ६, सोमबार २०:११ गते  
क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस परियोजना अन्तर्गत गठित मानव अधिकार निगरानी समूहका सदस्य तथा सरोकारवालाहरूका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी तालिम फागुन २ गते जनकपुरमा सम्पन्न गरिएको छ । स्थानीय समुदायको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउन मानव अधिकार निगरानी समूह तथा…

२०७५ फाल्गुन ४, शनिबार ०५:१६ गते  
हत्या गरी जलाइएको अवस्थामा शव फेला

मिथिला नपा–३ मगरटोलकी ११ वर्षीया दुतिया रसैलीलाई जलाइएको अवस्थामा फागुन २ गते शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन् । सोही ठाउँस्थित मरला धार भन्ने ठाउँमा आधा शरीर जलेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । बालिकालाई मारेर जलाएको वा जलाएर मारेको भन्ने बारे एकिन हुन नसकेको इलाका…

२०७५ फाल्गुन ३, शुक्रबार २०:२१ गते  
नेपाली कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार, घटनाका आरोपितविरूद्ध उजुरी

सबैला नपा–१० खरिहानी निवसी नेपाली कांग्रेसका कार्यकर्ता ४८ वर्षीय उमेश कापरलाई माघ २१ गते साँझ स्थानीय नेकपा कार्यकर्ता ५० वर्षीय शिवकुमार कापर ५५ वर्षीय लाल पजियार लगायत नेकपा कार्यकर्ताले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्दै पीडित पक्षले माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । घाइतेको टाउकोमा…

२०७५ माघ २४, बिहीबार ०७:३९ गते  
बुहारी र नातिनी हत्या घटनाका आरोपित गिरफ्तार

जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने समीर मिश्रकी २५ वर्षीया पत्नी सीमा शर्मा र उनकी दुई वर्षीया छोरी गौरी मिश्रलाई विष खुवाएर हत्या गरेको आरोपमा सीमाका ससुरा श्यामसुन्दर मिश्र र सासू किरण मिश्रलाई माघ ३ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । सीमाका माइतीले उनी र उनकी छोरी गौरीलाई घर पक्षले विष सेवन…

२०७५ माघ ४, शुक्रबार १५:०७ गते  
 खाद्य अधिकारको सवालमा नगरपालिका गम्भीर: मेयर पञ्जियार

खाद्य अधिकारको सवालमा नगरपालिका गम्भीर रहेको क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पञ्जियारले बताएका छन् । मानव अधिकारसँग नागरिकको खाद्य अधिकारको पनि ख्याल राख्नु पर्ने भएकाले खाद्य अधिकारको संरक्षणमा लागि परेको उनले बताए । आम नागरिकको आधारभूत आवश्यकता अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकार रहेको भन्दै यसलाई मानव अधिकारसँगै खाद्य अधिकारको प्रत्याभूति…

२०७५ पुष २९, आईतवार १९:३८ गते