द्वन्द्वपीडितले न्याय पाउनु पर्छ: प्रदेश प्रमुख परियार
प्रदेश नं. २ का प्रदेश प्रमुख तिलक परियारले द्वन्द्वपीडितले न्याय पाउनु पर्ने धारणा व्यक्त गर्नु भएको छ । द्वन्द्वपीडित साझा चौतारीले फागुन १३ गते जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा प्रदेश प्रमुख परियारले सो धारणा व्यक्त गर्नु भएको हो द्वन्द्वपीडितहरूले वर्षौंदेखि समस्याहरू झेल्दै आउनु भएको प्रदेश प्रमुख परियारले उल्लेख गर्नु हुँदै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जनकपुरधाम उमनपा–६ बस्ने २६ वर्षीय अजय कुमार मुखियालाई फागुन १२ गते उनको घरबाट गिरफ्तार गरेको छ । फागुन ७ गते साँझ बालिका विवाह कार्यक्रम हेरी घर फर्कि रहेको समयमा आरोपित मुखियाले पीडित बालिकालाई बलात्कार गरेको पीडित परिवारको आरोप छ । पीडित बालिकाले ईलाका…
इन्सेक प्रतिनिधिको पहलमा बाल आश्रममा आर्थिक सहयोग
जनकपुरधाम उमनपा–८ ज्ञानकुपस्थित कविर बाल आश्रममा फागुन ६ गते दोहा कतारबाट युवाहरुले पठाएको नगद १६ हजार रुपियाँ र फलफूल इन्सेक धनुषा जिल्ला प्रतिनिधी दिपेन्द्रप्रसाद सिंहको पहलमा सहयोग गरिएको छ । हाल १३ जना बालबालिकाहरू रहेको यस आश्रममा यसअघि पनि इन्सेक जिल्ला प्रतिनिधी सिंहको पहलमा १५ हजार रुपियाँ नगद सहयोग गरिएको…
प्रदेश नं. २ मा ७ सय ३० जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित
सन् २०१९ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट प्रदेश नं. २ मा ७ सय ३० जना पीडित हुनु भएको इन्सेक प्रदेश २ ले तथ्याङ्क सार्वजनिक गरेको छ । जसमा राज्यपक्षबाट सात महिला र ५८ पुरुष गरि ६५ जना र अन्य पक्षबाट ५ सय २७ महिला र १ सय…
जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई होटलमा राखेर जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले क्षिरेश्वरनाथ नपा–५ बस्ने ३५ वर्षीय सुशिल कुमार मण्डललाई फागुन ५ गते साँझ गिरफ्तार गरेको छ । लक्ष्मीनियाँ गाउँपालिका–४ सपही अवस्थित अमरज्योति लज एण्ड गेष्ट हाउसमा महिलालाई राखेर अवैध यौन कार्यमा लगाउँदै आएका होटल सञ्चालक सुशिल मण्डललाई लुकिछिपी बस्दै आएको…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
३० वर्षीया बुहारी सुधिरा देवी यादवलाई कुटपिट गर्दै शरिरमा मट्टितेल खन्याई आगो बालेर हत्या गर्न खोज्ने ४८ वर्षीया सासु रामपरी देवी यादवलाई प्रहरीले फागुन ५ गते जनकपुरबाट लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरेको छ । प्रहरीले आरोपित माथि कर्तव्य ज्यान उद्योग मुद्दा दर्ता गरेको छ । माघ ९ गते दिउँसो २…
अपहरण तथा बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई अपहरण गरि बलात्कार गरेको घटनाका फरार आरोपित मिथिलाविहारी नपा–२ बस्ने २७ वर्षीय अकलेश कुमार यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले फागुन ४ गते गिरफ्तार गरेको छ । मिथिला विहारी नपा–२ मिथिलेश्वर चौकबाट १३ वर्षीया बालिकालाई अपहरण गरेर काठमाडौं, सिन्धुली र दोलखामा राखी बलात्कार गरेको पीडित बालिकाले बताउनु भएको…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले महोत्तरी जिल्ला औरही नपा–७ बस्ने २५ वर्षीय नरेश महतो र भारत बिहार राज्यको मधुवनी जिल्ला कलुवाही बस्ने ४९ वर्षीय राघवेन्द्र प्रसाद सिंहलाई फागुन ५ गते बिहान गिरफ्तार गरेको छ । महिलालाई जनकपुरधाम उमनपा–४ स्थित विश्वकर्मा चोकमा फागुन ४ गते…
रकम चोरेको आरोपमा दुई बालकलाई कुटपिट गरेको आरोप
सबैला नपा–९ का १३ वर्षीय सुरज महतो र १० वर्षीय बिल्टु मुखियालाई किराना पसलबाट १ सय रुपियाँ चोरेको आरोपमा सोही वडाका वडा अध्यक्ष सुशिलकुमार रायले ८ घण्टा थुनेर कुटपिट गरेको पीडित परिवारले आरोप लगाउनु भएको छ । वडा अध्यक्षको कुटपिटबाट सुरज र बिल्टुको नाक, छाती र ढाडमा गम्भिर चोट लागेको…
विद्यालयको कम्प्युटर र विज्ञान प्रयोगशालामा आगजानी, २७ लाखको क्षति
धनुषाको मिथिला नपा–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयको कम्प्युटर र विज्ञान प्रयोगशालामा अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेका छन् । अज्ञात समुहले माघ २१ गते बिहान १ः२५ बजे पेट्रोल छर्केर कम्प्युटर प्रयोगशालामा आगजनी गरेको विद्यालयका कम्प्युटर विषयका शिक्षक विजय कुमार महतोले जानकारी दिनुभएको छ । उहाँका अनुसार कम्प्युटर प्रयोगशालामा भएको…