घर टहरामा डोजर लगाएर हटाउन लागेको घटनाको मानवअधिकारकर्मीद्वारा अनुगमन

जनकपुरको विश्वकर्माचोकस्थित कालीमाता मन्दिरको वरिपरि रहेको ८ कठ्ठा ३ धुर जग्गामा बनाइएको घर टहरामा डोजर लगाएर हटाउने लागेको घटनाको मानवअधिकारकर्मीहरुले माघ १८ गते अनुगमन गरेका छन् । गुठिको जग्गामा २० वर्षदेखि घर बनाएर बसोवास गर्दै आएका स्थानिय २० घरमा जनकपुरधाम उमनपा–१३ कुँवारामपुर बस्ने जग्गा व्यवसायी रामदुलार साहले सो जग्गामा आफ्नो…

२०७६ माघ १९, आईतवार १८:१६ गते  
प्रदेश २ सरकारद्वारा छोरी बिमाको रकममा बृद्धि

प्रदेश नं. २ सरकारले मुख्यमन्त्रि बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा बिमाको रकम १ लाखबाट बढाएर ३ लाख रुपियाँ गर्ने निर्णय गरेको छ । प्रदेश २ का आठ ओटै जिल्लामा ०७५ माघ १ गतेपछि जन्मेर बिमित भएका १५ हजार छोरीहरूले २० वर्षपछि ३ लाख रुपियाँ पाउने प्रदेश २…

२०७६ माघ १८, शनिबार १५:०६ गते  
पेट्रोल छर्केर औषधि पसलमा आगजनी

प्रादेशिक अस्पताल जनकपुरको अगाडी रहेको कल्पना औषधी पसलमा अज्ञात समूहले माघ १७ गते विहान पेट्रोल छर्केर आगजनी गरेको छ । प्रादेशिक अस्पताल अगाडी रातभर पसल सञ्चालन हुँदै आएको छ । पंकज साहले सञ्चालन गर्दै आएको उक्त औषधी पसलमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट औषधी पसलमा रहेका करिब ९०…

२०७६ माघ १८, शनिबार १४:५० गते  
हत्या घटनाका आरोपित गिरफ्तार

मिथिल नपा–५ श्रीपुर निवासी पर्यावरण अभियन्ता २४ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गणेशमानचारनाथ नपा–२ का १९ वर्षीय सत्यनारायाण महतोलाई माघ १० गते गिरफ्तार गरेको छ । घटनालगतै फरार भएका सत्यनारायणलाई वहाँको आफ्नै घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनु…

२०७६ माघ १२, आईतवार २३:३३ गते  
प्रदेश २ मा राष्ट्रिय सभाको मतदान सुरु

प्रदेश २ मा रिक्त चार सदस्य सिटका लागि राष्ट्रिय सभा निर्वाचनको मतदान जनकपुरधाम स्थित महेन्द्रनारायाण निधि साँस्कृतिक केन्द्रमा सुरु भएको मतदान अधिकृत डा. शम्भु साहले जानकारी दिनु भएको छ । निर्धारित समय १० बजेदेखि कडा सुरक्षाका बिच शान्तिपूर्ण रुपमा मतदान सुरु भएको हो । मतदान स्थलको चारैतिर सुरक्षा व्यवस्था कडा…

२०७६ माघ ९, बिहीबार १६:०५ गते  
जबर्जस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित विरुद्ध उजुरी

२७ वर्षीया महिलाले आफूलाई प्रलोभनमा पारेर जबर्जस्ती यौन कार्यमा लगाएको भन्दै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा माघ ७ गते उजुरी दिनु भएको छ । लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीमा आफ्नै घरमा अमर ज्योति लज एण्ड गेष्ट हाउस सञ्चालन गर्दै आएका सुशिल मण्डलविरुद्ध पीडित महिलाले मानव वेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुद्दा…

२०७६ माघ ९, बिहीबार ०१:४१ गते  
यौन र्दुव्यवहार गरेको पीडितको आरोप

१५ वर्षीया बालिकालाई सहिदनगर नपा–२ चोराकोयलपुर बस्ने २३ वर्षीय अकलम नदाफले बलात्कार प्रयास गरेको पीडित पक्षले आरोप लगाउनु भएको छ । माघ ४ गते दिउँसो १:३० बजे पीडित बालिका शौच गर्न घरभन्दा डेढ किलोमिटर चौरमा गएको बेला आरोपित नदाफले प्रेम प्रस्ताव राखेको र प्रेम प्रस्ताव अस्वीकार गरेपछि यौन र्दुव्यवहार गरेको…

२०७६ माघ ७, मंगलवार १८:३३ गते  
बिना पुर्जी गिरफ्तार गरि यातना दिएको पीडितको आरोप

क्षिरेश्वरनाथ नपा–५ बस्ने ३९ वर्षीय मंगल राम चमारले आफूलाई पुस २६ गते साँझ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका असइको नेतृत्वमा रहेको पाँच जना प्रहरीको टोलीले गिरफ्तार गरि प्रहरी कार्यालयमा लगी यातना दिएको पीडितको आरोप छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगेर आफूलाई पैतालामा पाइपले कुटपिट गर्दै राती यातना दिएर पुस २७…

२०७६ माघ ४, शनिबार १६:२५ गते  
वातावरण संरक्षक महतोको घटनाप्रति इन्सेकको ध्यानाकर्षण

मिथिला नपा–५ बस्ने दिलिप भनिने २५ वर्षीय ओमप्रकाश महतोलाई फलामको रडले कुटपिट गर्दै सुनियोजित तरिकाले टिपरले किचेर हत्या गरेको घटनाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को ध्यानाकर्षण भएको जनाएको छ । पुस २९ गते इन्सेक प्रदेश २ का संयोजक राजु पासवानद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालको संविधानको मौलिक हकमा नागरिकको…

२०७६ पुष २९, मंगलवार २१:२८ गते  
जबर्जस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया युवतीलाई जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा क्षिरेश्वरनाथ नपा–६ की २६ वर्षीया रिता चौधरीलाई प्रहरीले पुस २६ गते गिरफ्तार गरेको छ । क्षिरेश्वरनाथ नपा–५ स्थित पेपरमिल रोडमा सुविधा गेष्ट हाउस सञ्चालन गर्दै आएकी चौधरीलाई प्रहरीले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोप लगाएको छ । आरोपितलाई मानव बेचबिखन तथा ओसारपसार…

२०७६ पुष २९, मंगलवार २०:५४ गते