राजपा नेपालका कार्यकर्ताले सञ्चार उद्यमीलाई ज्यान मार्ने धम्की दिएको आरोप

जनकपुर टेलिभिजनका सञ्चालक रहेका औषधी व्यवसायी सङ्घका महासचिव प्रमोद अग्रवाललाई राजपा नेपालका कार्यकर्ता रहेका होटल व्यवसायी धर्मेन्द्र कुमार साहले फागुन २६ गते दुव्र्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको आरोपमा जनकपुर टेलिभिजन र मधेशी पत्रकार समाज प्रदेश २ ले छुट्टा छुट्टै प्रेस विज्ञप्ति जारी गर्दै ज्यान मार्ने धम्की दिने धर्मेन्द्र साहलाई…

२०७६ चैत्र २, आईतवार ०८:१२ गते  
दाइजो नदिएको भन्दै विवाह स्थगित 

धनुषाको नगराइन नपा–२ जटहीका सुकदेव सदा र बेचनी सदाकी २० वर्षीया छोरी पूजा सदा र धनुषाको मिथिला विहारी नगरपालिका बस्ने रोहित सदाका २१ वर्षीय छोरा सुशील सदासँग फागुन २५ गते हुने विवाह सहमति अनुसार दाइजो नदिएको भन्दै स्थगित भएको छ । दुई आना सुन र १२५ सि.सि. को मोटरसाइकल माइती…

२०७६ चैत्र २, आईतवार ०८:०७ गते  
महिलाको अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्ने बाटोमा अग्रसर हुन आग्रह

१ सय १० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयले महिलाको अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्ने बाटोमा अग्रसर होस् भनि शुभकामना व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपालमा यो वर्ष “समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने…

२०७६ फाल्गुन ३०, शुक्रबार १८:३२ गते  
विपन्न परिवारका छात्राहरूलाई मासिक ५ सय रुपियाँ दिने निर्णय

प्रदेश २ सरकारको फागुन २३ गते बसेको मन्त्रिपरिषदको बैठकले ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रम अन्तर्गत प्रदेश २ मा कक्षा एक देखि आठ सम्मका विपन्न दलित एवम् मुस्लिम छात्रालाई मासिक पाँच सय रुपियाँ भत्ता उपलब्ध गराउने, प्रदेश २ को प्रत्येक जिल्लामा १ सय दलित आवास भवन निर्माण गर्ने, प्रदेश २ सरकारको…

२०७६ फाल्गुन २५, आईतवार ००:२४ गते  
लोकतन्त्रको स्थापनामा सहिद, वेपत्ता र द्वन्द्वपीडित परिवारको महत्वपूर्ण योगदानः मुख्यमन्त्रि राउत

प्रदेश नं. २ का मुख्यमन्त्रि लालवावु राउतले लोकतन्त्रको स्थापनामा सहिद, वेपत्ता र द्वन्द्वपीडित परिवारको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले फागुन २२ गते जनकपुरधाममा आयोजना गरेको पीडित तथा सरोकारवालासँग प्रदेशस्तरिय अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्रि राउतले राज्यले पीडितलाई न्याय दिलाउन र क्षतिपूर्ति दिलाउन प्रयासरत रहेको बताउनु…

२०७६ फाल्गुन २२, बिहीबार १८:५८ गते  
महिला स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टरको अभावले सेवाग्राहीहरू मार्कामा

जनकपुरस्थित प्रादेशिक अस्पतालमा महिला स्त्री तथा प्रसुती रोग विशेषज्ञको अभाव भएको कारण महिला विरामी सेवाग्राहीहरू मार्कामा पर्दै आएका छन् । प्रादेशिक अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञमा ११ जना डाक्टर कार्यरत छन् । तर, एक जना महिला डाक्टर स्त्री तथा प्रसुती रोग विशेषज्ञको रुपमा रुवि सिंह मात्रै रहनु भएको छ…

२०७६ फाल्गुन २२, बिहीबार १८:२३ गते  
प्रतिवन्धित नेकपा भातृ सङ्गठन शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपा भातृ सङ्गठन अखिल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष मिथिला विहारी नपा–३ बस्ने ५० वर्षीय गौरीनारायण मण्डललाई प्रहरीले फागुन १८ गते गिरफ्तार गरेको छ । क्षिरेश्वरनाथ नपा–५ स्थित राजेश साहको घरमा मङ्सिर २७ गते राती १२ः३० बजे प्रहरी इन्स्पेक्टर लगायत तीन जनाको हत्या हुने गरि…

२०७६ फाल्गुन २०, मंगलवार १९:१४ गते  
प्रहरीको सक्रियतामा बालविवाह रोकियो

धनुषा प्रहरीको अग्रसरतामा फागुन १४ गते क्षिरेश्वरनाथ नगरपालिका र नगराइन नगरपालिकामा विवाह गर्ने उमेर नपुग्दै अभिभावकहरूले गराउन लागेको बालविवाह रोकिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा प्राप्त सुचनाको आधारमा क्षिरेश्वरनाथ नगरपालिकाका कक्षा नौ मा अध्ययनरत १६ वर्षीया बालिकाको सोही नगरपालिका बस्ने २४ वर्षीय युवकसँग सामाजिक रूपमा हुुन लागेको बालविवाह रोकिएको…

२०७६ फाल्गुन १६, शुक्रबार १७:०४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई ललाइफकाई माघ ५ गते देखि फागुन ८ गतेसम्म पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नपा–७ देवडिहा बस्ने २५ वर्षीय दिलसाज नदाफलाई फागुन १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा फागुन १२ गते आफुलाई बलात्कार गरेको भन्दै आरोपित विरुद्ध उजुरी दिनु भएको थियो…

२०७६ फाल्गुन १५, बिहीबार २०:४३ गते  
सामुहिक बलात्कार घटनाका आरोेपित गिरफ्तार

११ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ३२ वर्षीय किसुन दासलाई फागुन १२ गते गिरफ्तार गरेको छ । बलात्कार घटनामा संलग्न अर्का आरोपित क्षिरेश्वरनाथ नगरपालिका पर्सा टोल बस्ने २२ वर्षीय अनिल ठाकुर फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी…

२०७६ फाल्गुन १४, बुधबार १८:१७ गते