धनुषामा मानव अधिकार निगरानी समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत धनुषामा जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । पुस १५ गते आयोजित एक कार्यक्रमबाट पत्रकार सुरेश यादवको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार निगरानी समूहको गठन गरिएको हो । समूहको…

December 30, 2016  
बलात्कार गरेको ठहर गर्दै बावुलाई १८ वर्षकैदको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै ५५ वर्षीया बाबुलाई जिल्ला अदालत धनुषाले मङ्सिर ८ गते १८ वर्षजेल सजायको फैसला सुनाएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उक्त फैसला सुनाएको अदालतका श्रेस्तेदार नन्दकिशोर यादवले जानकारी दिएका छन् । पीडित बालिकालाई बलात्कार गरेको आरोपमा ०७२ भदौ ८ गते गिरफ्तार परेका आरोपित…

November 24, 2016  
इन्सेक धनुषा प्रतिनिधिको संयोजकत्वमा मानव अधिकार रक्षक सञ्जाल गठन

धनुषा जिल्लामा कार्यरत मानव अधिकारकर्मीहरूको भेलाबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार महराको संयोजकत्वमा २१ सदस्यीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । मङ्सिर ७ गते जनकपुरमा भएको मानव अधिकार रक्षकहरूको भेलबाट इन्सेक प्रतिनिधि महरा संयोजक र थर्ड एलाइन्सका मानव अधिकार अधिकृत किरण कर्णलाई सचिवमा चयन गरिएको…

November 22, 2016  
उच्च शिक्षा सुधारको लागि संसदीय समितिको टोलीद्वारा अनुगमन

उच्च शिक्षा सुधारका लागि संसदीय समितिको टोलीद्वारा कात्तिक २७ गते जनकपुरस्थित राम स्वरुप रामसागर बहुमूखी क्याम्पसको अनुगमन गरेको छ । महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण संसदीय समिति अन्तर्गत उच्च शिक्षा क्षेत्रमा व्याप्त समस्याबारे अध्ययन गर्न गठित उपसमितिले कात्तिक २७ गते अनुगमन गरेको हो । उपसमितिले क्याम्पसको कक्षा कोठा,…

November 13, 2016  
इन्सेक र आयोगका प्रतिनिधिद्वारा यातना पीडितको अवस्थाबारे जानकारी

इन्सेक जिल्ला प्रतिनिधि र राष्ट्रिय मानव अधिकार आयोग धनुषाका प्रतिनिधिद्वारा जनकपुर अञ्चल अस्पतालमा उपचाररत यातना पीडितको अवस्थाको बारेमा असोज १६ गते जानकारी लिएको छ । सर्लाही प्रहरीको यातनाबाट गम्भीर घाइते भएका सर्लाही जिल्ला हरिपुर गाविस-९ का ३० वर्षीय सरोजकुमार चौधरीको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । इन्सेक जिल्ला प्रतिनिधि…

October 3, 2016  
बेचविखनका लागि भारत लैजाँदै गरिएको आशङ्कमा तीन युवतीको उद्दार

बेचविखनका लागि भारत लैजाँदै गरिएको आशङ्कामा १९ वर्षीया, १८ वर्षीया र २१ वर्षीया तीन जना महिलालाई असोज ६ गते धनुषाको ढल्केबरबाट इलाका प्रहरी कार्यालय ढल्केवरले उद्दार गरेको छ । असोज ६ गते काठमाडौँबाट बसमा विराटनगर जाँदै गर्दा बसका सहचालकले ती युवतीहरूलाई बेचविखनका लागि ललाइफकाई लग्न लागेको शङ्का लागेपछि प्रहरीलाई खबर…

September 23, 2016  
विकास बजेट दुरुपयोग सम्बन्धमा समाचार लेखेको भन्दै पत्रकारलाई कुटपिट

वेङ्गाडावर गाविस-२ घर भई मिथिला नपा-७ बस्ने २७ वर्षीय पत्रकार राजकमल भनिने रामकमल सिंहलाई विकास बजेट दुरुपयोग सम्बन्धमा समाचार लेखेको भन्दै गोठकोयलपुर-२ निवासी धनुषा क्षेत्र नम्बर १ का काङ्ग्रेस सभापति २५ वर्षीय नविन गोहिवारको नेतृत्वमा आएको एक समूहले भदौ २९ गते बिहान भानुचोकमा कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।…

September 14, 2016  
बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा पति गिरफ्तार

क्षिरेश्वरनाथ नपा-६ की २७ वर्षीया सुन्दरकलादेवी साहलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति कुशे साह तेलीले साउन ३० गते प्रहरीले गिरफ्तार गरेको छ । घरायसी विवादका कारण सुन्दरकलालाई साउन २८ गते बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा आरोपितलाई प्रहरीले आज गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता…

August 14, 2016  
कथित बोक्सीको आरोपमा एकल महिलामाथि कुटपिट तथा दुर्व्यहार

खरिहानी गाविस-५ की ६५ वर्षीया जानकीदेवी कापरलाई साउन २८ गते कथित बोक्सीको आरोपमा छिमेकीहरूले कुटपिट तथा दुर्व्यवहार गरेको पीडितले आरोप लगाएकी छन् । पीडित जानकीदेवीलाई छिमेकी २५ वर्षीय घुरण कापर, ३० वर्षीया बवितादेवी मुखिया, २३ वर्षीय बासलाल मुखिया, २६ वर्षीय सुकमार कापर, २४ वर्षीय संजित कापर समेतले मिली टाउकोमा ईटा…

August 14, 2016