मकालु खबरका मधेस प्रदेश संयोजकमाथि कुटपिट
सहिदनगर नगरपालिका–८, विसहरपुर का २८ वर्षीय सिबेन्द्र रोहितामाथि ०८० असार २५ गते राति जनकपुरधामको भानु चोकमा कुटपिट भएको छ । रोहिता मकालु खबरका मधेस प्रदेश संयोजक हुन् । धनौजी गाउँपालिकामा भएको अनियमितताविरुद्ध असार २३ गते शनिबार ‘धनौजी गाउँपालिकाः हाकिमको रवैयाका कारण स्थानीय उपभोक्ता मार्कामा’ शीर्षकमा ‘पालिकामा अनियमितताको चाङ्ग, बाउन्सर राखेर…
बिरामीको मृत्यु पछि अस्पतालमा तोडफोड
धनौजी गाउँपालिका–२, धनौजी का ३२ वर्षीय पप्पु राउतको ०८० असार १८ गते राती जनकपुरधामको गोदावरी हस्पिटल प्रालिमा उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा तोडफोड गरेको हो । अस्पतालमा तोडफोड गरेपछि अवस्था तनावग्रस्त बनेको…
बाल अधिकार समूहद्वारा वातावरण संरक्षणको लागि वृक्षारोपण
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले वातावरण संरक्षणको लागि वृक्षा रोपण गरेका छन् । असार १५ गते विद्यालयको प्राङ्गनमा विभिन्न प्रजातिका बिरुवाहरू रोपेको बाल अधिकार समूहका सचिव विवेक यादवले…
मधेश प्रदेशका २५ ओटा स्थानीय तहले समयमा बजेट ल्याउन सकेनन्
कतै तयारी नपुगेको त कतै आन्तरिक किचलो, मतभिन्नता र विवादका कारणले असार १० गतेभित्र १३ ओटा नगरपालिका र १२ ओटा गाउँपालिकाले अझ पनि सभा सम्पन्न गर्न बाँकी रहेको छ । सभा पूर्व गर्नुपर्ने बैठक, छलफल र अन्य आवश्यक प्रक्रिया पुरा गर्न नसक्दा तथा पदाधिकारीबीच अधिकार र कर्तव्यका विषयमा मतैक्य हुन…
बाल अधिकार सचेतना समूहका पदाधिकारीहरुसँग कार्यक्रम तथा अगामी रणनीति बारे छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा धनुषाको मिथिला नगरपालिका स्थित श्री जनता माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहका पदाधिकारीहरूसँग ०८० असार ८ गते मानव अधिकार कार्यक्रम तथा अगामी रणनीति बारे छलफल गरिएको छ । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, मानव अधिकार शिक्षा कार्यक्रम…
मिथिला नगरपालिकामा जनचेतनामूलक सडक नाटक प्रदर्शन
मिथिला नगरपालिका–९ बेगांडावरको बडहरी बजारमा स्थानीय समुदायलाई अधिकार र कर्तव्यप्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन असार ७ गते सडक नाटक प्रदर्शन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालय ढल्केबरमा गठन गरिएको बाल अधिकार सचेतना समूहका सदस्यहरू स्थानीय…
जिल्ला अदालत अगाडि प्रदर्शनकारी र प्रहरीबिच झडप
मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोक बस्ने २२ वर्षीया आरतीकुमारी साहको हत्या घटनाका आरोपितलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच असार ५ गते जिल्ला अदालत अगाडि झडप भएको छ । मृतक आरतीकुमारी साहको ०८० जेठ ७ गते दाइजोको कारण परिवारजनबाट हत्या भएको…
प्रदेश प्रमुखलाई नेपाल मानव अधिकार वर्ष पुस्तक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले मधेस प्रदेश प्रमुख माननीय हरिशन्चन्द्र मिश्रलाई २०८० जेठ २२ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ हस्तान्तरण गर्नु भएको छ । वर्ष पुस्तक हस्तान्तरण गर्दै अध्यक्ष अर्यालले मधेस प्रदेशका सामाजिक र साँस्कृतिक सवालहरूलाई समाधानका लागि प्रदेश सरकारसँग इन्सेकको साझेदारी र…
इन्सेकद्वारा अभिमुखिकरण कार्यक्रम शुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८० जेठ २२ गते जनकपुरधाममा बलपूर्वक बेपत्ता पारिएका पीडित पक्षहरूको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातै प्रदेशका प्रदेश संयोजक र प्रलेख अधिकृतहरूलाई अभिमुखिकार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रममा मन्तव्य राख्दै इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालले सम्पूर्ण बल पूर्वक वेपत्ता पारिएका व्यक्तिहरूका परिवारको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले स्वतन्त्रता नै मानव अधिकारको सुन्दर पक्ष रहेको भन्दै मानव अधिकार प्रति हामी सबै गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले साधन…