दाइजोका कारण कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी
सहिदनगर नगरपालिका–२ माइती घर भएकी २२ वर्षीया रेखा यादवलाई दाइजो नल्याएको भन्दै जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका २५ वर्षीय पति दिपक यादवले भदौ २६ गते कुटपिट गरेको आरोपमा पीडितले सोही दिन अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएकी छिन् । कुटपिटबाट घाइते भएकी पीडितको उपचार भदौ २७ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भएको पीडितकी ५२…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी
जनकपुरधाम उपमहानगरपालिका–९ की ३६ वर्षीया इन्दिरा कुमारी गाहाले आफूलाई कुटपिट गरेको भन्दै ३८ वर्षीया जेठानी खुश्बु शाह र २५ वर्षीया जेठानी अन्जु शाह विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० भदौ २६ गते उजुरी दिएकी छिन् । आरोपितले भदौ २४ गते कुटपिट गरेको पीडितको आरोप रहेको छ । सोही दिनदेखि पीडितको स्वास्थ्य…
एन्टी रेविज भ्याक्सिनको अभावमा सेवाग्राहीहरु समस्यामा
प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक कक्षको आरभी (एन्टी रेविज भ्याक्सिन) शाखामा ०८० भदौ ११ गते देखि एन्टी रेविज भ्याक्सिनको तेश्रो डोज नहुँदा सेवाग्राहीहरू त्यसै फर्किनु पर्ने बाध्यता रहेको छ । जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टी का ५६ वर्षीय विश्वनाथलाई भदौ १४ गते खेत जाँदै गर्दा झाडीमा लुकेर बसिरहेको कुकुरले बायाँ खुट्टामा टोकेको थियो । भ्याक्सिनको…
कुटपिट तथा ज्यान मर्ने धम्की घटनाका आरोपित विरुद्ध उजुरी
जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था की ७५ वर्षीया शान्ति देवि चमैनले आफूलाई कुटपिट तथा ज्यान मार्ने धम्की दिएको भन्दै ४५ वर्षीय भतिजा भोला महरा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ २२ गते उजुरी दिएकी छिन् । आरोपितले पीडितलाई भदौ ५ गते अंशबण्डाकाे विषयमा विवाद हुँदा पीडितलाई कुटपिट गरी ज्यान मार्ने धम्की समेत दिएको…
विश्व आत्महत्या रोकथाम दिवस कार्यक्रम सम्पन्न
“आशा जागाउः जीवन बचाऔं” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा भदौ २४ गते प्रभातफेरी तथा र्याली कार्यक्रम समपन्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका को आयोजना र स्वास्थ्य निर्देशनालय मधेस प्रदेश र शिक्षा तथा समाज कल्याण मन्त्रालय मधेस प्रदेशको समन्वय र मानवअधिकार रक्षक…
बोक्सी घटनाका आरोपित गिरफ्तार
पिपरा गाउँपालिका—३ की ३२ वर्षीया काजल कुमारी देवी दासलाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा प्रहरीले उनको ३५ वर्षीय पति विनोद कुमार दास र सौता ३३ वर्षीया शिला देवी दासलाई गिरफ्तार गरेको छ । आरोपित शिला देवी दासलाई ०८० साउन १९ गते साँझ घरबाट गिरफ्तार गरेको छ र अर्का आरोपित विनोद…
पानी पिएर ढिलो आएको भन्दै शिक्षकबाट बालक कुटिएको पीडित पक्षको आरोप
मिथिला नगरपालिका—९ स्थित न्यू होराइजन इड्गलिस बोर्डिङ्ग स्कुलमा कक्षा एकमा अध्ययनरत ६ वर्षीय सुजल कुशवाहालाई साउन १५ गते सोही स्कुलका शिक्षक मोहन महतोले कुटपिट गरेको छ । छोरा सुजललाई बिहान ९ बजे टिफिनको समयमा धारामा पानी पिउन गएको र लाइनमा बसेर पानी पिउनु पर्ने हुँदा कक्षा कोठामा आउन ढिलो भएको…
मकालु खबरका मधेस प्रदेश संयोजकमाथि कुटपिट
सहिदनगर नगरपालिका–८, विसहरपुर का २८ वर्षीय सिबेन्द्र रोहितामाथि ०८० असार २५ गते राति जनकपुरधामको भानु चोकमा कुटपिट भएको छ । रोहिता मकालु खबरका मधेस प्रदेश संयोजक हुन् । धनौजी गाउँपालिकामा भएको अनियमितताविरुद्ध असार २३ गते शनिबार ‘धनौजी गाउँपालिकाः हाकिमको रवैयाका कारण स्थानीय उपभोक्ता मार्कामा’ शीर्षकमा ‘पालिकामा अनियमितताको चाङ्ग, बाउन्सर राखेर…
बिरामीको मृत्यु पछि अस्पतालमा तोडफोड
धनौजी गाउँपालिका–२, धनौजी का ३२ वर्षीय पप्पु राउतको ०८० असार १८ गते राती जनकपुरधामको गोदावरी हस्पिटल प्रालिमा उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा तोडफोड गरेको हो । अस्पतालमा तोडफोड गरेपछि अवस्था तनावग्रस्त बनेको…
बाल अधिकार समूहद्वारा वातावरण संरक्षणको लागि वृक्षारोपण
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले वातावरण संरक्षणको लागि वृक्षा रोपण गरेका छन् । असार १५ गते विद्यालयको प्राङ्गनमा विभिन्न प्रजातिका बिरुवाहरू रोपेको बाल अधिकार समूहका सचिव विवेक यादवले…