बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

नौ वर्षीया बालिकालाई बालात्कार गरेको आरोपमा धनुषाधाम नगरपालिका-२ मंगलपुरका ३६ वर्षीय चन्द्रदिप साहविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालयमा दिएको उजुरी ०८१ जेठ ३ गते प्रहरीले दर्ता गरेको छ । आरोपितले बालिकालाई जेठ १ गते बलात्कार गरेको पीडित पक्षले बताउनु भयो । आरोपितको किराना पसलमा हजमोला पाचक किन्न गएकी बालिकलाई आरोपितले…

May 17, 2024  
जानकी मेडिकल कलेजमा तोडफोड

लक्ष्मीनिया गाउँपालिका-५ बनिनिया की २६ वर्षीया अनिता यादवको क्षिरेश्वरनाथ नगरपालिका-१ स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ । घटनाको विरोद्धमा पीडित परिवारले अस्पतालमा तोडफोड गरेका छन् । मृतकका पति २८ वर्षीय अमर यादवले वैशाख २८ गते शनिबार मध्यराती पत्नीलाई व्यथा लागेपछि जानकी मेडिकल कलेज लगेकाे बताउनु भयाे ।…

May 14, 2024  
आगलागीबाट चार ओटा घर जलेर नष्ट

सबैला नगरपालिका-१२ स्थित रघुनाथपुर र वडा नं १० सिमराहीमा ०८१ वैशाख २१ गते भएकाे आगलागीमा दुई/दुई गरी जम्मा चार ओटा घर जलेर नष्ट भएको छ । आगलागीबाट रघुनाथपुरस्थित बाख्रा फर्म र एक थान मोटरसाइकल जलेर नष्ट भएको छ भने सिमराहीमा दुई ओटा घरका सबै समानहरु जलेर १८ लाख ७५ हजार रुपियाँ बराबरको क्षति…

May 5, 2024  
पत्रकार हत्या घटनाका आरोपितहरूविरुद्ध उजुरी

ईन्यूज ब्यूरोका कार्यकारी सम्पादक धनुषाधाम नगरपालिका-५ का ३० वर्षीय विनयकुमार यादवको हत्या आरोपमा सोही वडाका ५५ वर्षीय सुशील यादव, २६ वर्षीय वीरेन्द्र यादव, २३ वर्षीय धीरेन्द्र यादव र ३२ वर्षीय ललन भनिने लक्ष्मीनारायण यादवविरुद्ध पीडित पक्षले उजुरी दिनु भएको छ । आरोपितहरूले ०८१ वैशाख ११ गते छोराको हत्या गरेको भन्दै…

May 2, 2024  
आगलागी पीडितको व्यवस्थापनका लागि प्रेस विज्ञप्ति मार्फत आग्रह

मटिहानी नगरपालिका–६ स्थित जरलहवा र मुस्लिम टोलमा ०८१ वैशाख १२ गते भएको भीषण आगलागी घटनाको पीडितलाई तत्काल राहत तथा व्यवस्थापनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतको संघसंस्थाहरूले वैशाख १८ गते प्रेस विज्ञप्ती  मार्फत तीन तहको सरकारसँग आग्रह गरेको छ । उक्त घटनाको इन्सेक मधेस प्रदेशको नेतृत्वमा एडभोकेसी फोरम, राष्ट्रिय मानव अधिकार आयोग, ओरेक धनुषा, मुक्ति नेपाल, सिरहा,…

May 1, 2024  
इन्सेकको पहलमा एक युवकको उद्धार

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको पहलमा जनकपुरधाम उपमहानगरपालिका–१७ मनहरपुरका २२ वर्षीय रामविनय महरालाई कृष्ण मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर जनकपुरधामबाट ०८१ वैशाख १८ गते उद्धार गरिएको छ । पीडित महरालाई वैशाख १८ गते इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानको पहलमा मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलाश दास, राष्ट्रिय मानवअधिकार…

April 30, 2024  
मधेस प्रदेश सरकारद्वारा बालविवाहविरुद्धको दिवस मनाइयो

मधेस प्रदेश सरकार, खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा वैशाख १७ गते जनकपुरधाममा बालविवाहविरुद्धको दिवश मनाइएको छ । मधेस प्रदेश सरकारको मन्त्रिपरिषदले वैशाख १७ गतेका दिनलाई बालविवाहविरुद्धको दिवस मनाउन गरेको निणर्य अनुसार आज ‘छोराछोरी बराबरी, बीस पारी विहेबारी’ भन्ने मूल नाराका साथ यो दिवस मनाइएको हो । बालविवाह अन्त्यका लागि…

April 30, 2024  
अर्धन्यायिक निकायहरूको काम, कर्तव्य र अधिकार विषयक कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजनामा अर्धन्यायिक निकायको काम, कर्तव्य र अधिकार विषयक कार्यशाला ०८१ वैशाख १५ गते मिथिला नगरपालिका–१०, लालगढमा सम्पन्न भएको छ । कार्यशालाको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर, बटेश्वर गाउँपालिकाका उपाध्यक्ष, डाक्नेश्वरी, शम्भुनाथ, मिथिला र गणेशमानचारनाथ नगरपालिकाकालगायतका उपमेयरहरूले संयुक्त रुपमा गर्नु भयो । त्यस्तै,…

April 28, 2024  
मानव अधिकार समूहद्वारा विद्यालय भर्ना अभियान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वरा बटेश्वार गाउँपालिकामा गठित मानव अधिकार समूहले “सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षाको सुनिश्चितता”, “गुणस्तरीय सिपमुलक र व्यहारिक शिक्षा हाम्रो प्रतिबद्वता” भन्ने मुल नाराका साथ वैशाख १४ गते विद्यालय भर्ना अभियान कार्यक्रम बटेश्वार गाउँपालिकामा सम्पन्न गरेको छ । बटेश्वार गाउँपालिकाको आयोजना तथा अनौपचारिक क्षेत्र…

April 28, 2024  
मानव अधिकार समूहद्वारा शिक्षा शाखाका अधिकृतलाई ध्यानाकर्षण–पत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा बटेश्वार गाउँपालिकामा गठित पालिका स्तरीय मानव अधिकार समूहले ०८१ वैशाख ९ गते उक्त गाउँपालिका स्थित शिक्षा शाखाका अधिकृत रामलाल महतोलाई ध्यानाकर्षण–पत्र बुझाएको छ । स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि…

April 24, 2024