न्यायमा महिलाकाे पँहुच विषयमा अन्तरक्रिया कार्यक्रम

अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मिथिला नगरपालिका, नगर स्तरीय महिला अधिकार मञ्च, द एशिया फाउन्डेसन, सामुदायिक-प्रहरी साझेदारी तथा मानव अधिकारकाे क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाहरूको समन्वयमा ०८० फागुन २८ गते मिथिला नगरपालिका-६ ढल्केबर स्थित काेमल हाेटलमा न्यायमा महिलाकाे पँहुच विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मिथिला नगरपालिकाको उप-प्रमुख…

२०८० चैत्र ४, आईतवार ०८:४६ गते  
सरकार र आरती साहका परिवारबीच सहमति

मिथिला विहारी नगरपालिका–३ घर भई जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोक बस्ने २३ वर्षीया आरती साहको हत्या घटनाका आरोपितलाई कारबाहीको माग गर्दै ०८० असार १ गतेदेखि आन्दोलनरत पीडित परिवार र नेपाल सरकार, गृह मन्त्रालयबीच ०८० फागुन २९ गते ५ बुँदे सहमति भएको छ । आन्दोलनरत पीडित पक्ष र नेपाल सरकार, गृह मन्त्रालयबीच; आरती…

२०८० फाल्गुन ३०, बुधबार १४:५५ गते  
११४ औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न

"महिलामा लगानी : सम्य र समुन्नत समाजको थालनी" भन्ने मुल नाराका साथ १ सय १४ औँ आन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मिथिला नगरपालिका -६ स्थित ढल्केबर गाेलचक्कर चाेकमा मनाइएको छ । नगर स्तरीय महिला अधिकार मञ्च, द एशिया फाउन्डेसन, सामुदायीक- प्रहरी साझेदारी, मिथिला नगरपालिका तथ विभिन्न संघसंस्थाहरूको आयोजना…

२०८० फाल्गुन २७, आईतवार ०९:३२ गते  
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रभातफेरी

"महिलामा लगानी : सम्य र समुन्नत समाजको थालनी" भन्ने मुल नाराका साथ १ सय १४ औँ आन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बटेश्वर गाउँपालिकामा ०८० फागुन २५ गते विहान प्रभातफेरीको आयोजना गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार समूह, नव दुर्गा महिला कृषि सहकारी संस्था लि. बटेश्वर र युएनडिपीको…

२०८० फाल्गुन २७, आईतवार ०८:५० गते  
विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

"महिलामा लगानी ; सम्य र समुन्नत समाजको थालनी" भन्ने मुल नाराका साथ १ सय १४ औँ आन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरी जनकपुरधाममा मनाइएको छ । मधेश प्रदेश सरकार, खेलकुद तथा समाजकल्याण मन्त्रालयको आयोजना तथा मानव अधिकारका क्षेत्रमा क्रियाशिल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत संघ संस्थाहरुको समन्वयमा ०८०…

२०८० फाल्गुन २६, शनिबार ०९:४४ गते  
समीक्षा तथा आगामी कार्ययोजना र मुख्य समस्या सम्बन्ध बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) काे आयाेजनामा ०८० फागुन १४ गते बटेश्वर गाउँपालिकाका मानव अधिकार समूहले स्थानीय तहकाे समीक्षा तथा अगामि कार्ययोजना र मुख्य समस्या विषयक बैठक सम्पन्न गरेको छ। बैठक बटेश्वर गाउँपालिकाकाे मानव अधिकार समूहको अध्यक्ष सुरज महताेकाे अध्यक्षतामा सम्पन्न भयाे । बैठकमा शिक्षा, स्वास्थ्य, वातावरण, जातिय विभेद, दाइजाे प्राथा, महिला हिंसा र…

२०८० फाल्गुन १६, बुधबार १४:३१ गते  
अपहरण तथा शरीर बन्धक घटनाका आरोपित गिरफ्तार

एक वर्षीय बालकलाई अपहरण गरेका आराेपित जनकपुरधाम उपमहानगरपालिका-२४ की ४२ वर्षीया विभा देवी मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषाले ०८० फागुन १५ गते गिरफ्तार गरेकाे छ । आफ्नै घरको प्यासेजमा खेलिरहेका बालकलाई फागुन १२ गते साँझ आराेपितले अपहरण गरेकाे भन्दै पीडित परिवारले बालककाे खोज तलास गरिदिन हुन भनी सोही दिन जिल्ला प्रहरी कार्यालय…

२०८० फाल्गुन १६, बुधबार १०:०८ गते  
स्थानीय तहकाे समीक्षा तथा आगमी कार्ययोजना र मुख्य समस्या सम्बन्धमा बैठक सम्पन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा गठित मानव अधिकार समूहले  ०८० फागुन १२ गते मिथिला नगरपालिकामा स्थानीय तहकाे समीक्षा तथा आगामि कार्ययोजना र मुख्य समस्या सम्बन्धमा बैठक सम्पन्न गरेकाे छ । उक्त बैठकमा मानव अधिकार समूहले मिथिला नगरपालिका भित्र शिक्षा, स्वास्थ्य र वातावरणसँग जाेडिएका समस्याहरूकाे न्यूनिकरण तथा समाधान…

२०८० फाल्गुन १४, सोमबार १६:४१ गते  
कुटपिट तथा घरेलु हिंसा घटनाका आरोपित विरुद्ध उजुरी

जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्था की २३ वर्षीया राधा देवी मण्डललाई ०८० फागुन ६ गते ५५ वर्षीय ससुरा राजारा मण्डलले कुटपिट गरी घरेलु हिंसा गरेको भन्दै पीडितले आरोपित विरुद्ध फागुन ६ गते अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएकी छिन् । पीडितलाई जग्गा बाँडफाँडको क्रममा आराेपितले कुटपिट गरेको पीडितले बताउनु भयाे । पीडितको…

२०८० फाल्गुन ७, सोमबार १८:३० गते  
जन चेतनामूलक सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिका-१, चित्रपुर स्थित लक्ष्मी माध्यमिक विद्यालयमा गठित बाल अधिकार समूहका बालबालिकाहरुले ०८० फागुन २ गते सरस्वती पुजाकाे अवसरमा विद्यालय प्राङ्गगनमा सांस्कृतिक तथा बाल प्रतिभा प्रस्तुतिकरण एवम् सडक नाटक प्रदर्शन गरेका छन् । समाजमा व्याप्त जातीय छुवाछुत, दाइजो प्रथा, महिला हिंसा, शिक्षा र स्वास्थ्यकाे क्षेत्रमा देखिएकाे…

२०८० फाल्गुन ४, शुक्रबार १६:५५ गते