बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कमला नपा–१ मोगराहाका ३८ वर्षीय गुरुदयाल मण्डलविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी जेठ १२ गते दर्ता भएको छ । पीडित महिलालाई आरोपितले जेठ २ गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप रहेको छ । पीडितले इलाका प्रहरी कार्यालय खजुरीमा जेठ ३…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी चौकी तारापट्टीले मिथिला विहारी नपा–९ अन्दुपटटीका २० वर्षीय चन्दनकुमार यादवलाई जेठ ७ गते गिरफ्तार गरेको छ । जेठ ७ गते दिउँसो ४ बजे शौच गर्न गएका बालकलाई यादवले यौन दुर्व्यवहार गरेको पीडित बालकले आरोप लगाएका छन् । घाइते बालकको उपचार प्रादेशिक अस्पताल…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन । क्षिरेश्वरनाथ नगरपालिका–५ को मतगणनामा मत सङ्ख्या हेरफेर भएको भन्दै नेकपा एमाले, नेपाली कांग्रेस लगायतको दलीय प्रतिनिधिहरु बिच विवाद भई मतगणना…
इन्सेकद्वारा स्थानीय तह निर्वाचनको अनुगमन, ठाउँठाउँमा आचारसंहिता उल्लङ्घन
धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहका अनुसार इन्सेक मधेश प्रदेश संयोजक राजु पासवान र राष्ट्रिय महिला आयोगकी सदस्य जया घिमिरेले आज मधेश प्रदेश निर्वाचन अधिकारी श्रीधर पन्थी र जिल्ला निर्वाचन कार्यालयका प्रमुख ब्रजेश प्याकुरेलसँग भेटि स्थानीय तह निर्वाचनको तयारीका बारेमा जानकारी लिएका छन् । स्थानीय तह निर्वाचनका लागि ५ सय ९६…
राप्रपाका उम्मेदवारलाई एमालेका कार्यकताले कुटपिट गरेको आरोप
सवैला नगरपालिका–४ राप्रपाका वडा सदस्य पदका उम्मेदवार ३५ वर्षीय समशुल राइन मियाँलाई नेकपा एमालेका कार्यकर्ताले वैशाख २६ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ । घाइते वडा सदस्यको टाउको र अनुहार लगायत शरिरको विभिन्न भागमा चोट पटक लागेको छ । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा वैशाख २६ गतेदेखि उपचार भइरहेको स्थानीय…
निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचार प्रसारमा भारतीय गाडीको प्रयोग
धनुषामा निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटको सवारी साधनहरू उम्मेदवारहरुले चुनावी प्रचार प्रसारमा प्रयोग गरिरहेको देखिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न पदका उम्मेदवारहरूले प्रचार प्रसारको क्रममा भारतीय नम्बर प्लेटको गाडी तथा डिजे एवम् ठुलो स्वरमा आवाज निकाल्ने मेसिनको प्रयोग गरी ध्वनी प्रदुषण गरिँदै आएको छ । ध्वनी प्रदुषणले गर्दा निर्वाचन…
निर्वाचनको मिति नजिकिएसँगै आचारसंहिता उल्लङ्घनमा वृद्धि
आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल तथा उम्मेदवारहरुबाट निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाहरू बढ्दै गएको पाइएको छ । सप्तरी प्रतिनिधि मनोहर पोखरेलका अनुसार निर्वाचन आचारसंहिता २०७८ को १२ को (ञ) मा प्रचारप्रसारका कार्यक्रम गर्दा विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने व्यवस्था भएपनि उम्मेदवारहरू राति मध्यरातसम्म पनि मत…
एमाले वडा सदस्यका उम्मेदवारमाथि कुटपिट
कमला नगरपालिका-१ मा नेकपा एमालेको तर्फबाट वडा सदस्य पदका उम्मेदवार ४५ वर्षीय हरेराम मण्डलमाथि वैशाख २१ गते राति अपरिचित व्यक्तिहरूको समूहले आक्रमण गरी घाइते बनाएको छ । घरमा सुतिरहेको अवस्थामा आएका अपरिचित व्यक्तिहरूको समूहले आक्रमण गरेको पीडित मण्डलले बताउनु भयो । मण्डलको टाउको, गोडासहितका अङ्गमा रड प्रहार गरेकाले घाउचोट लागेको…
आचारसंहिता विपरित प्रचारप्रसार सामग्री, टाङ्गिएका प्रचार सामग्री हटाउन सुरु
मधेस प्रदेशका जिल्लाहरुमा वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचानका लागि राजनीतिक दलका कार्यकर्ता तथा उम्मेदवारहरुले निर्वाचन आचार संहिता विपरित प्रचार प्रसार सामग्री तथा बालबालिकाको प्रयोग गरेको पाइएको छ । निर्वाचन आचार संहिता विपरित टाङ्गिएको प्रचार प्रसार सामग्रीहरु निर्वाचन आयोगले सुरक्षाकर्मी लगाएर हटाउने कार्य सुरु गरिएको छ । धनुषामा…
उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार
कमला नगरपालिका–१ मङ्गराबाट नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका बुबा ७२ वर्षीय चन्द्र नारायण यादवमाथि अपरिचित समूहले धारिलो हतियार प्रहार गरेको छ । वैशाख २१ गते राति साढे १२ बजे करिव १० जनाको समुहमा आएका नकावधारी समूहले वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवलाई हत्या गर्ने योजनासहित आक्रमण भएको नेकपा माओवादी केन्द्रका…