क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन । क्षिरेश्वरनाथ नगरपालिका–५ को मतगणनामा मत सङ्ख्या हेरफेर भएको भन्दै नेकपा एमाले, नेपाली कांग्रेस लगायतको दलीय प्रतिनिधिहरु बिच विवाद भई मतगणना…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले अर्नमा गाउँपालिका-१ का ३३ वर्षीय रामपुजन कामतीलाई जेठ ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपित कामती र सोही ठाउँका २० वर्षीय वीरेन्द्र उरावले जेठ ३ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा जेठ ४ गते पीडित पक्षले…
रौतहटमा स्थगित गरिएका २४ मतदान केन्द्रको मतदान सुरु
स्थानिय निर्वाचन ०७९ देशभरी एकैसाथ वैशाख ३० गते भएकोमा रौतहट जिल्लाको ६ ओटा पालिकाका ११ मतदान स्थलको २४ ओटा मतदान केन्द्रमा विभिन्न कारणले स्थगित भएको निर्वाचन जेठ ४ गते जिल्ला भरि एकै साथ सुरु भएको छ । वैशाख ३० गते भएको निर्वाचनमा यमुनामाई गाउँपालिका–१ मा नेकपा माओवादी र जासपा बिच…
खसेको मत भन्दा बढी मत भेटिएको निहुँमा झडप, गाउँपालिकाको भवनमा तोडफोड
लक्ष्मीपुर पत्तारी गाउँपालिकामा मतगनणा गर्ने क्रममा खसेको मत भन्दा बढी मत भेटिएको निहुँमा उमेदवार तथा उमेदवारका समर्थक र प्रहरीबिच जेठ ३ गते झडप भएको छ । गाउँपलिका–४ मा कुल सदर मत भन्दा मतपेटिकामा ८ सय २३ बढी मत भेटिएपछि कांग्रेसबाहेकका उम्मेदवार र समर्थकहरू विरोधमा उत्रिएका थिए । गाउँपालिकाका निर्वाचन अधिकृत…
स्थगित मतदान शान्तिपुर्ण ढङ्गले सम्पन्न
गोलबजार नपा–११ स्थित जनता मावि बल्कबा मतदान स्थलमा वैशाख ३० गते स्थगित भएको मतदान जेठ ३ गते शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । कडा सुरक्षाका बिच निर्वाचन शान्पिुर्ण रुपमा सम्पन्न गरिएको हो । वर्षाका कारण रोकिएको मतदान पुनः निर्वाचन कार्यालयले जेठ ३ गते मिति तोकि सम्पन्न गराएको गोलबजार कार्यालयका सहायक…
रुपनीमा गरिएको पुनः निर्वाचन शान्तिपूर्ण सम्पन्न
रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित वडा कार्यालय भवनमा स्थगित भएको निर्वाचन जेठ २ गते कडा सुरक्षाकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदानस्थलमा १ हजार ५ सय २३ मतदाता रहेकोमा १ हजार २ सय २१ जनाले मतदान गरेको निर्वाचन अधिकृत कुमार मास्केले बताउनु भयो । निर्वाचन अधिकृत मास्केका अनुसार ७ सय ८३…
स्थगित मतदान सम्पन्न, महिला सहभागिता बढी
कुटपिट र विवादपछि स्थगित भएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलको २ ओटा मतदान केन्द्रमा जेठ १ गते कडा सुरक्षाका बीच मतदान सम्पन्न भएको छ । मतदानस्थल क्षेत्रको सुरक्षामा ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरियो । नेपाली सेनाको गाडीले समेत टाढाबाट गस्ती गरिरहेको छ । राजविराजबाट…
कडा सुरक्षाकाबिच स्थगित मतदान जारी
कुटपिट र विवादपछि स्थगित भएको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलको दुई ओटा मतदान केन्द्रमा जेठ १ गते कडा सुरक्षाकाबिच पुनः मतदान जारी छ । अपाङ्गता भएकी महिलाले जसपाको चिन्हमा स्वस्तिक छाप लगाउन भन्दा मतदान अधिकृत यादवले कांग्रेसको चुनाव चिन्हमा छाप लगाएको भन्दै आक्रोशित समूहले उनलाई कुटपिट गर्दै मतपेटिका तोडफोड गरेपछि सर्वदलीय…
रुपनीको स्थगित निर्वाचन जेठ २ गते
मतदानका क्रममा हवाइ फायर भएपछि रोकिएको सप्तरीको रुपनी गाउँपालिका–५ को निर्वाचन जेठ २ गते हुने भएको छ । रुपनी गाउँपालिका–१ स्थित निर्वाचन अधिकृतको कार्यालयमा वैशाख ३१ गते बसेको सर्वदलीय बैठकले स्थगित मतदान जेठ २ गते बिहान ७ बजेदेखि गर्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताउनु भयो । बैठकमा…
स्थगित निर्वाचन जेठ १ गते हुने
मतदान अधिकृतमाथि कुटपिट र मतपेटिका तोडफोडपछि स्थगित भएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ को दुई ओटा मतदान केन्द्रको निर्वाचन जेठ १ गते हुने भएको छ । डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरको उपस्थितीमा मतदानस्थलमै वैशख ३० गते बसेको वैठकले स्थगित जनता मावि हरिराहाको दुई वटा मतदान केन्द्रमा जेठ १ गते विहान ७…