बहुविवाह घटनाका आरोपित गिरफ्तार
जुङ्गु गाविस-८ की पार्वती बस्नेतले ३० वर्षीय पति नवराज बस्नेतले २२ वर्षीया निर्मला केसी बस्नेतसँग बहुविवाह गरेको आरोपमा प्रहरीमा दिएको उजुरीका आधारमा प्रहरीले भदौ २० गते आरोपित दुवै जनालाई गिरफ्तार गरेको छ । पीडितले भदौ १९ गते दिएको उजुरीमा नवराजले निर्मलासँग विवाह गरेर भदौ १९ गते घर भित्र्याएको भन्दै न्यायका…
मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा भदौ २० गते बिहान काठमाडौँमा प्रभातफेरीको आयोजना गरिएको छ । "एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार" भन्ने मूल नाराका साथ मानव बेचविखन विरुद्धको दशौँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौँको भृकुटीमण्डपबाट निकालिएको प्रभातफेरी भद्रकाली, न्यूरोड हुँदै कमलादीस्थित प्रज्ञाभवनमा आएर मूलसमारोह कार्यक्रममा सहमाहित…
मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनको बैठकले संविधान संशोधन मस्यौदा समिति गठन
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको सङ्घीय गठबन्धनको बैठकले सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा ११ सदस्यीय संविधान मस्यौदा समिति गठन गरेको छ । काठमाडौँको तीनकुनेस्थित सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा भदौ १९ गते बसेको बैठकले सो समिति गठन गरेको हो । समितिमा तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लाल,…
भूकम्पका कारण ३ हजार ३ सय ८२ जना बालबालिका उच्च जोखिममा
भूकम्पका कारण मकवानपुरका १८ वर्षमुनिका ३ हजार ३ सय ८२ जना बालबालिका जोखिममा रहेको युनिसेफ र बालकल्याण समाज मकवानपुरले गरेको एक अध्ययनले देखाएको छ । संरक्षणको दृष्टिकोणले जिल्लाका १ हजार ६ सय बालक र १ हजार ७ सय ८२ बालिका जोखिममा रहेका छन् । 'जोखिममा रहेका बालबालिका कुनै पनि बेला…
इन्सेक अनलाइनमा समाचार छापिएपछि भूकम्पपीडितलाई राहत दिलाउन सामुदायक मेलमिलाप केन्द्र सक्रिय
इन्सेक अनलाइनमा भदौ १५ गते "जग्गाधनी पूर्जा नभएका २६ घर परिवार राहतबाट वञ्चित" शीर्षकमा समाचार छापिएपछि मेलम्ची नपा-१२ स्थित शिखरपुरका २६ माझी घर परिवारलाई राहत दिलाउन समुदायिक मेलमिलाप केन्द्र सक्रिय भएको छ । इन्सेक अनलाइनमा समाचार छापिएपछि जिल्लामा क्रियाशील रहेको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको बैठक बसेको हो ।…
यातना नियन्त्रण विधेयकमा सुधारका लागि अपिल
लामो समयदेखि संसदमा विचाराधिन यातना तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार (नियन्त्रण) विधेयक ऐनको रुपमा जारी हुने क्रममा रहेको समाचारप्रति जवाफदेहिता निगरानी समिति तथा लोकतान्त्रिक स्वतन्त्रता तथा मानव अधिकार संस्था (डिफ्रि) ले ध्यानाकर्षण भएको जनाएका छन् । दुवै संस्थाले भदौ १७ गते संयुक्त रूपमा विज्ञप्ति जारी गरेर विधेयक सुधारका लागि…
संसदमा प्रस्तावित यातना विधेयक सच्याउन माग
जवाफदेहिता निगरानी समिति र लोकतान्त्रिक स्वतन्त्रता तथा मानव अधिकार संस्थाले भदौ १६ गते काठमाडौँमा आयोजना गरेको 'प्रस्तावित यातना विधेयकमाथि सरोकारवालाहरुको चासो' विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले हाल संसद्मा प्रस्तावित विधेयकका महत्वपूर्ण बुँदाहरू सच्याउन माग गरेका छन् । कार्यक्रममा मन्तव्य राख्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले द्वन्द्वकालमा झै…
भूकम्प पीडितले भने-'सरकार अनुदान रकम कहिले दिन्छौ ?'
भक्तपुरका भूकम्पपीडितहरूले भूकम्प गएको १६ महिना बितिसक्दा पनि सरकारले अझै अनुदान नदिँदा घर बनाउन नपाएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले भदौ १६ गते भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकामा आयोजना गरेको 'भूकम्पपीडितका लागि राहत तथा पुनर्निर्माणको सवाल' विषयक सार्वजनिक कार्यक्रममा सहभागी भूकम्पपीडितहरूले सरकारसँग अनुदान रकम छिटो वितरण गर्न माग…
सार्वजनिक सुनुवाइ कार्यक्रमको प्रभावले भूकम्पपीडितले राहत पाउन थाले
इन्सेकद्वारा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमको प्रभावले चौतारा नपा-२ का भूकम्पपीडितहरूले अवास पुनःनिर्माणको लागि पहिलो किस्ता रकम भदौ १६ गतेबाट पाउन शुरु गरेका छन् । चौतारा नपा-२ मा भदौ १३ गते पुनःनिर्माण प्राधिकरणका जिल्ला संयोजक र जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायतका सरोकारवालाहरू राखेर इन्सेकले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको थियो ।…
सुरक्षित बास देउ, अनुदान चाहिदैनः भूकम्पपीडितहरू
भूकम्प पीडितहरूले भूकम्पको कारण घर भत्किएकाले सधैं डर, त्रास र कष्टमा जीवनयापन गर्नुपरेको भन्दै घर बनाउने अनुदानको साटो सुरक्षित बासको प्रवन्ध गर्न सरकारसँग माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहकार्यमा मानव अधिकार सञ्जाल काठमाडौँले भदौ १५ गते काठमाडौँको काभ्रेस्थलीमा आयोजना गरेको सार्वजानिक सुनुवाइ कार्यक्रममा भूकम्प पीडितहरूले यस्तो…