लालपुर्जा नभएका कारण अनुदान सम्झौताबाट वञ्चित
अत्तरपुर गाविस-८ का १ सय ३७ भूकम्पपीडित घर परिवार लालपुर्जा नहुँदा अवास पुनर्निर्माण अनुदान सम्झौताबाट वञ्चित भएका छन् । ०४२ सालमा नापीका लागि सरकारी टोली गाउँ पुग्दा प्रधानपञ्च र कम्युनिष्टहरू बीच झडप भएपछि सो ठाउँको जग्गा नापी नक्सा हुन नसकेको स्थानीयको भनाइ छ । लालपुर्जा नहुनेसँग अनुदान सम्झौता नगर्नु भन्ने…
गङ्गामायाको बकपत्र गराउन अदालतको आदेश
छोराको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँको वीर अस्पतालमा अनसनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीको बकपत्र गराउन भदौ २६ गते चितवन जिल्ला अदालतले आदेश गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले गरेको आदेशमा उल्लेख भए अनुसार चितवन जिल्ला अदालतका एक जना अधिकृतले अव गङ्गामायासँग भेटेर घटनाबारे बकपत्र लिनेछन् । गोरखा जिल्ला फुजेल…
रामेछापमा १ सय भन्दा बढी स्वास्थ्यकर्मीको पद रिक्त, स्वास्थ्य सेवा प्रभावित
रामेछापमा १ सय भन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्ने सरकारी स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख प्रकाशप्रसाद साहका अनुसार अहिले रामेछाप जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूमा १ सय…
'रहस्यमय मृत्यु' भएको घटनाको अध्ययन गर्न संसदको कार्यदल धादिङमा
काभ्रे जिल्ला पाँचखाल नपा-६ होक्सेका १७ वर्षीय अजित मिजार ढकालको 'रहस्यमय मृत्यु' भएको घटनाको सम्बन्धमा छानबिन गर्न संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिद्वारा गठित अध्ययन कार्यदलले भदौ २३ गते धादिङमा नागरिक समाज र जिल्लाका सरोकारवालासँग छलफल गरेको छ । कार्यदलका संयोजक कमला दोङको नेतृत्वमा धादिङ आएका सांसदहरू खड्गबहादुर बस्याल,…
बलात्कार घटनाबाट पीडित महिलालाई पशुपालन समूहबाट निस्काशन
३५ वर्षीया महिलालाई बलात्कार घटनाको उजुरी दिएको आरोपमा स्थानीय स्तरमा रहेको बाख्रा पालन समूह र भैंसी पालन समूहबाट भदौ २३ गते निस्काशन गरिएको पीडितले आरोप लगाएकी छन् । पीडित महिलालाई बसेरी गाविस-८ का ३८ वर्षीय बद्री अधिकारीले भदौ १४ गते बलात्कार गरी कुटपिट गरेको भन्दै पीडितले भदौ १८ गते जिल्ला…
निर्वाचन मिति घोषणा ढिलाइबारे कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले सङ्घीय प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी आवश्यक कानुन निर्माण गरी निर्वाचनको मिति घोषणामा ढिलाइ हुनुको कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले भदौ २३ गते अग्राधिकारसहित निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गर्नुको कारण १५ दिनभित्र लिखित रूपमा पेस गर्न भनिएको छ…
शान्ति प्रक्रिया र संविधानको कार्यान्वयन सरकारको पहिलो प्राथमिकताः प्रम दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ २३ गते संसदलाई सम्बोधन गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने र संविधानको कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । दोस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोपल्ट संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । त्यसका साथै उनले भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिने, सुशासन र सामाजिक न्याय…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ४५ वर्षीय भोजराज दवाडीलाई इलाका प्रहरी कार्यालय मुग्लिनले भदौ २२ गते गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकालाई भदौ २१ गते यौन दुर्व्यवहार गरोको आरोपमा पीडित बालिकाका अभिभावकले भदौ २३ गते दवाडीविरुद्ध उजुरी आएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी बसन्त कुँवरले जानकारी दिए…
बुहारीको हत्या गरेको आरोपमा ससुरा गिरफ्तार
चौतारा नपा-२ गिदानेकी १९ वर्षीया सरिता मगरको हत्या गरेर जङ्गलमा लगेर झुण्ड्याएको आरोपमा ५२ वर्षीय ससुरा तेजबहादुर थापामगरलाई प्रहरीले भदौ २२ गते गिरफ्तार गरेको छ । मृतकका माइती पक्षले ०७३ भदौ ६ गते तेजबहादुरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सरितालाई साउन २१ गते ससुराले कुटपिट गरी हत्या गरेर…
अनसनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था बिग्रँदै
छोराको हत्यारालाई कारबाहीको माग गर्दै साउन २७ गतेदेखि वीर अस्पतालमा उपचारार्थ अवस्थामा नै आमरण अनसनमा बसेकी गोरखा फुजेल-७ की ५९ वर्षीय गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था बिग्रँदै गएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । गङ्गामायाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन भदौ २२ गते वीर अस्पताल पुगेका इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधिसँग कुराकानी…