घर बनाउन दिने अनुदान थप गर्न भूकम्पपीडितको माग

भूकम्पले घर भत्किएर टहरामा बस्दै आएका भूकम्पपीडिले सरकारले दिने अनुदान रकममा वृद्धि गर्न माग गरेका छन् । इन्सेकले भदौ १३ गते नुवाकोटको रालुकादेवी-१, रालुका माविमा आयोजना गरेको 'भूकम्पपीडितको अवस्था र पुनर्निर्माणको सवाल' विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भएका पीडितहरूले अनुदान रकम थप गर्न, गुठी र विर्ता जग्गाको कारण सम्झौता रोकिएकाहरूलाई…

२०७३ भाद्र १४, मंगलवार ०९:५२ गते  
द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्न आफन्तजनको माग

सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्याक्तिका परिवारका सदस्य तथा आफन्तजनले उनीहरूको अवस्था तत्काल सार्वजनिक गर्न माग गरेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी), नेपाल रेडक्रस सोसाइटी, र बेपत्ता परिवार समाज नेपालले सशस्त्र द्वन्द्वका बेला बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा भदौ १३ गते ललितपुरमा संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमका सहभागीहरूले यस्तो…

२०७३ भाद्र १४, मंगलवार ०९:१६ गते  
असोजको पहिलो सातासम्म भूकम्पपीडितलाई पहिलो किस्ता उपलब्ध गराइने

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले हेटौंडामा भदौ १३ गते 'भूकम्पपीडितहरूको अवस्था र पुनःनिर्माणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिविस मकवानपुरका योजना अधिकृत किसान न्यौपानेले असोजका पहिलो सातासम्म सबै भूकम्पपीडितरूलाई पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भदौको २२ गतेसम्म लाभग्राहीहरूसँग अनुदान…

२०७३ भाद्र १३, सोमबार १५:४१ गते  
चौतारामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजनामा भदौ १३ गते जिल्ला सदरमुकाम चौतारामा भूकम्प पश्चात पुनःनिर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । राहतको नाममा एनजिओ र आइएनजिओहरूले जनमूखी काम नगरी उनीहरूको स्वार्थ अनुरूप काम गरेको, चौतारा नगरपालिकाभित्र सबै भूकम्प पीडितले पहिलो किस्ताको रकम पाएको भनिए पनि वडा नं.…

२०७३ भाद्र १३, सोमबार १५:४० गते  
चोरी आरोपमा दुई बालकलाई प्रहरीद्वारा कुटपिट गरेको आरोप

डाँडीगुरासे-१ जखनीका १२ वर्षीय बलराम कार्की र १३ वर्षीय अमिष नेपालीलाई चप्पल चोरेको आरोपमा प्रहरीले कुटपिट गरी घाइते बनाएको पीडितहरूले आरोप लगाएका छन् । प्रहरीको कुटाइबाट ती बालक घाइते भएपछि बलरामका बावु नारायणबहादुर कार्कीले न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा ०७३ भदौ ९ गते उजुरी दिएका छन् । प्रहरीको कुटाइबाट दुई…

२०७३ भाद्र १०, शुक्रबार १५:५९ गते  
ललितपुरको हरिसिद्धीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भदौ १० गते ललितपुरको हरिसिद्धीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । मानव अधिकारमैत्री वातावरणका लागि उतरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत भूकम्प पीडितहरूको अवस्था र पुनर्निर्माण अभियानका बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका सहभागीहरुले विनासकारी भूकम्पपछि बाँडिएको राहत मुख्य पीडितसम्म पुग्न नसकेको,…

२०७३ भाद्र १०, शुक्रबार १५:५८ गते  
सिन्धुली अस्पतालका डाक्टरहरू आन्दोलनमा उत्रिएपछि सेवा प्रभावित

जिल्ला अस्पताल सिन्धुलीका डाक्टरहरू आन्दोलनमा उत्रिएपछि जिल्ला अस्पतालको सेवा प्रभावित बनेको छ । दैनिक २ सयको हाराहारीमा बिरामी आउने यो अस्पतालका डाक्टरहरू दुर्गम भत्ता पाउनुपर्ने, ल्याव र एक्सरेबाट आएको रकमको २५ प्रतिशत रकमबाट आउने कमिशन पाउनुपर्ने लगायतका माग राखी आन्दोलनमा उत्रिएका हुन् । जिल्ला अस्पतालमा कार्यरत सात जना मेडिकल अधिकृतहरू…

२०७३ भाद्र १०, शुक्रबार १५:५६ गते  
राज्यले भूकम्प पीडितलाई झुक्याएको नागरिकहरूको आरोप

राज्यले भूकम्प पीडितलाई राहातको नाममा झुक्याउने गरेको रामेछापको भटौलीका सर्वसाधारणले  एक कार्यक्रममा आरोप लगाएका छन् । मन्थली नगरपालिका-१३ भटौलीको ठेडीखोलामा अनौपचारिक क्षेत्र सेव केन्द्र (इन्सेक)ले भदौ ९ गते अयोजना गरेको भूकम्प पछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागिहरूले यस्तो आरोप लगाएका हुन् । कार्यक्रममा बोल्दै मन्थली नपा-१३ का वडा…

२०७३ भाद्र ९, बिहीबार १५:३२ गते  
मानव अधिकार समितिद्वारा सङ्क्रमणकालीन न्यायको ऐन संशोधन गर्न सरकारलाई निर्देशन 

व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । समितिको भदौ ८ गते बसेको बैठकले दुवै आयोगको काम कारबाही प्रभावकारी ढङ्गले अघि बढाउनका लागि सर्वोच्च…

२०७३ भाद्र ९, बिहीबार ०६:२६ गते  
बहिर्गमित लडाकुलाई २ लाख रुपियाँ दिने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अयोग्य लडाकुलाई २ लाख रुपियाँ दिने भनी सरकारले ल्याएको बजेटको १९ नम्बर बुँदाले गरेको व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीश गोपालप्रसाद पराजुलीको भदौ ८ गतेको एकल इजलासले अर्को सुनुवाइ नभएसम्मका लागि तत्काल 'अयोग्य लडाकु'लाई जनही २ लाख रुपियाँ दिने सो व्यवस्था कार्यान्वयन नगर्न आदेश गरेको…

२०७३ भाद्र ९, बिहीबार ०६:२५ गते