बेचबिखन घटनाका आरोपित कुवेतबाट गिरफ्तार
२४ वर्षीया महिलालाई भिजिट भिसामा युएइबाट कुवेतमा पुर्याएर बेचबिखन गरेको आरोपमा प्रहरीले इन्टरपोलमार्फत धनुषा जिल्ला जनकनन्दिनी गाउँपालिका-४ का ५७ वर्षीय दिलिप राउतलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई श्रम र यौन शोषण गरेको आरोप लागेपछि राउतलाई एनसिबि कुवेतको समन्वयमा कुवेतमा गिरफ्तार गरी सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थमा कात्तिक २० गते…
जलवायु परिवर्तन र द्रुत सहरीकरणले तापक्रमको चुनौतीः राष्ट्रसङ्घ
युएन ह्याबिटेटले जलवायु परिवर्तन र द्रुत सहरीकरणले निम्त्याएका प्रमुख चुनौतीहरूमा केन्द्रित रहेको विश्व शहर प्रतिवेदन सार्वजनिक गरेको छ । विश्व शहरी फोरमको बाह्रौँ सत्रसँगै जारी गरिएको प्रतिवेदनले सन् २०४० सम्ममा २ अर्बभन्दा बढी सहरवासीले कम्तीमा पनि ०.५ डिग्री सेल्सियसको अतिरिक्त तापक्रम खप्नुपर्ने उल्लेख गरेको छ । युएन ह्याबिटेटका कार्यकारी निर्देशक…
स्थानीय तहको रिक्त पदमा मङ्सिर १६ गते उपनिर्वाचन
देशका विभिन्न स्थानीय तहमा रिक्त भएका पदका लागि निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते उपनिर्वाचन गर्ने तयारी गरेको छ । रिक्त रहेका ओखलढुङ्गा र कैलालीमा जिल्ला समन्वय समिति प्रमुख र काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख तथा जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका,…
हत्या घटनाका आरोपित छोरा गिरफ्तार
रोशी गाउँपालिका–३ भन्ज्याङगाउँकी ६९ वर्षीया माइली लामालाई कात्तिक १६ गते टाउकोमा लोहोरो प्रहार गरी हत्या गरेको आरोपमा २८ वर्षीय फुर्साङ लामालाई कात्तिक १८ गते प्रहरीले गिरफ्तार गरेको छ । प्रेमिकाले मागेको रकम जम्मा गर्न कात्तिक १२ गते गाउँ आएका फुर्साङले आमाको हत्यापछि आमाले लगाएको सुन र पैसा छिमेकीको शौचालय पछाडि…
२ सय ५१ मिलियन बालबालिका र युवा अझै विद्यालय बाहिरः युनेस्को
प्रगतिको बावजुद २ सय ५१ मिलियन बालबालिका र युवा विद्यालय बाहिर रहेको युनेस्कोले जनाएको छ । युनेस्कोको ग्लोबल एजुकेशन मोनिटरिङ रिपोर्ट २०२४ अनुसार विद्यालय बाहिरको विश्वव्यापी जनसङ्ख्या झण्डै १० वर्षमा १ प्रतिशतले मात्र घटेको छ । विशेष गरी निम्न र निम्न मध्यम आय भएका देशहरुमा शिक्षामा दीर्घकालीन कम लगानी मुख्य…
बाढीपहिरोका कारण स्वास्थ्य संस्थाहरू नै बिरामी !
असोज १० गतेदेखि १२ गतेसम्म आएको अविरल वर्षका कारण काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरू बिरामी भएका छन् । धुलिखेल नपा–१२ मा रहेको सङ्खुपाटीचौर स्वास्थ्य चौकी पछाडि भवन पहिरो खसेर पुरिएको छ । वडा नम्बर–८ मा रहेको पकुचा स्वास्थ्य केन्द्रको आसपासमा पहिरो गएर कम्पाउण्ड नै लगेको छ । बनेपा नपा–१४ थल्चोकमा रहेको…
बाढीपहिरोका कारण पनौतीमा धेरै क्षति (फोटो फिचर)
पनौती नगरपालिकाले आफ्नो नगरपालिकामा बाढी–पहिरोका कारण जनजीवन विकराल अवस्थामा पुगेको बताउँदै सहयोगको अपिल गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले विज्ञप्ति जारी गर्दै सहयोगको अपिल गर्नु भएको हो । पनौती नगरपालिकामा मानवीय, भौतिकसँगै अन्नबालीमा समेत ठूलो क्षति पुगेको छ । पीडितहरूको उद्वार, राहत तथा पुनर्स्थापनामा सहयोग भइरहेको छ । ‘जताततै…
जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले लमजुङ जिल्ला बेसीशहर नगरपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–१६ ठमेल सातघुम्तीकी मसाज सञ्चालिका ३८ वर्षीया सपना खवासलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । खवासेले सञ्चालन गर्दै आएको हिमालयन आयुर्वेदिक स्पामा मसाज गरिसकेपछि ‘एक्स्ट्रा सर्भिस’ भनी जबरजस्ती यौन कार्यमा लगाएको भनी पीडितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा–१३ का २३ वर्षीय मिलन खड्कालाई कात्तिक १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० चैत १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन २० गते उजुरी दिएको थियो । उजुरी दर्तापछि ‘फरार’ रहेका आरोपित खड्कालाई प्रहरीले…
बाढी–पहिरोबाट कृषि क्षेत्रमा एक अरब बराबरको क्षति
असोज १२ गते आएको बाढी–पहिरोले काभ्रेपलाञ्चोक जिल्लामा कृषि क्षेत्रमा झण्डै एक अर्ब बराबरको क्षति भएको छ । कृषि विकास कार्यालय र पशु सेवा कार्यालय काभ्रेको तथ्याङ्कअनुसार ९० करोड २७ लाख ८१ हजार रुपियाँभन्दा बढीको क्षति भएको हो । खाद्यान्न तथा तरकारी बालीमा मात्रै ५६ करोड ६१ लाख रुपियाँ र पशुपालनतर्फ…