बलात्कार घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छतिवन गाविस–३ का ३९ वर्षीय अमरबहादुर घिसिङलाई भदौ २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय हेटौंडामा भदौ २८ गते उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २९ गते…
अनुदान रकम लिन भूकम्प पीडितलाई सकस (फोटो फिचर)
भूकम्पबाट घर भत्किएर पीडित बनेकाहरूलाई व्यक्तिगत आवास निर्माणको लागि सरकारले दिन थालेको अनुदानको पहिलो किस्ता रकम लिन पीडितलाई सकस परेको छ । सरकारले सदरमुकाम केन्द्रित बैङ्कमार्फत अनुदान दिँदा भूकम्प पीडितहरू सकसमा परेका हुन् । सरकारले अनुदान रकम गाउँमै नदिँदा झञ्झट व्यहोर्नु परेको सदरमुकामका बैङ्कहरूमा अनुदान रकम लिन भदौ ३० गते…
इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सम्मानित
अनौपचारिक क्षेत्र सेवा केन्द्र सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धिताललाई बालअधिकारका क्षेत्रमा सक्रिय रहेको भन्दै जिल्ला बाल क्लब सञ्जाल सिन्धुपाल्चोकले बाल दिवसको सन्दर्भ पारेर भदौ २९ गते जिल्लामा आयोजित एक कार्यक्रमकाबिच सम्मान गरेको छ । सम्मान पत्र दिँदै जिल्ला स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष सफलता भण्डारीले विगतदेखि नै बालअधिकारको संरक्षणमा देखाउनु…
बकपत्रका लागि गङ्गामायाले अनसन तोडिन्
द्वन्द्वकालमा मारिएका आफ्ना छोराका हत्यारालाई सजायको मागसहित वीर अस्पतालको शैयामै आमरण अनसन बसेकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीले अनसन तोडेकी छन् । मृतक छोरा कृष्णप्रसादको हत्याका विषयमा चितवन जिल्ला अदालतले गङ्गामायाको साक्षी बकपत्र गराउने आदेश दिएपछि कानुनव्यवसायी र मानव अधिकारकर्मीको राय सल्लाहामा भदौ २७ गते साँझ उनले अनसन तोडेकी हुन् ।…
आयोगसम्बन्धी विधेयक संसद सचिवालयमा
सरकारले ६ ओटा आयोगसम्बन्धी विधेयक संसद् सचिवालयमा पठाएको छ । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संसद् सचिवालयमा पठाएको हो । नयाँ संविधान कार्यान्वयन गर्ने सिलसिलामा व्यवस्थापिका-संसद्बाट न्यायपरिषद्, न्यायसेवा,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई भदौ १८ गते बलात्कार गरेको आरोपमा भरतपुर उमनपा-४ का ४७ वर्षीय भगवान यादवलाई जिल्ला प्रहरी कार्यालय चितवनले भदौ २७ गते गिरफ्तार गरेको छ । पीडितले भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित यादवलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी बसन्त…
देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी
गङ्गामाया बचाउ अभियानले कृष्णप्रसाद अधिकारी हत्या घटनाका आरोपित छविलाल पौडेललाई तत्काल गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि नबढाए अन्तर्राष्ट्रिय फौजदारी अदालतमा जाने जनाएको छ । कान्छो छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गङ्गामाया अधिकारी पछिल्लोपटक ३२ दिनदेखि वीर अस्पतालमा आमरण अनशनमा छिन् । अधिकारीको अवस्था गम्भीर बन्दै गएको भन्दै…
न्यायसम्बन्धी तीन ओटा विधेयक पारित
व्यवस्थापिका संसदको भदौ २६ गते बसेको बैठकले न्यायसम्बन्धी तीन ओटा विधेयक पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकद्वारा प्रस्तुत न्याय सेवा आयोग विधेयक २०७३, न्याय परिषद् विधेयक २०७३ र न्याय प्रशासन विधेयक २०७३ लाई संसदको बैठकले पारित गरेको हो । विधेयक पारित भएसँगै नेपालको संविधान…
लालपुर्जा नभएका कारण अनुदान सम्झौताबाट वञ्चित
अत्तरपुर गाविस-८ का १ सय ३७ भूकम्पपीडित घर परिवार लालपुर्जा नहुँदा अवास पुनर्निर्माण अनुदान सम्झौताबाट वञ्चित भएका छन् । ०४२ सालमा नापीका लागि सरकारी टोली गाउँ पुग्दा प्रधानपञ्च र कम्युनिष्टहरू बीच झडप भएपछि सो ठाउँको जग्गा नापी नक्सा हुन नसकेको स्थानीयको भनाइ छ । लालपुर्जा नहुनेसँग अनुदान सम्झौता नगर्नु भन्ने…
गङ्गामायाको बकपत्र गराउन अदालतको आदेश
छोराको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँको वीर अस्पतालमा अनसनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीको बकपत्र गराउन भदौ २६ गते चितवन जिल्ला अदालतले आदेश गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले गरेको आदेशमा उल्लेख भए अनुसार चितवन जिल्ला अदालतका एक जना अधिकृतले अव गङ्गामायासँग भेटेर घटनाबारे बकपत्र लिनेछन् । गोरखा जिल्ला फुजेल…