पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

नेपाल पत्रकार महासङ्घले रेडियो 'मिर्मिरे'का पत्रकार सुदीप बर्देवामाथि समाचार सङ्कलनका क्रममा ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा प्रहरीद्वारा असोज ५ गते भएको हातपात र नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि प्रहरीबाट गरिएको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर…

२०७३ आश्विन ५, बुधबार १५:२२ गते  
राजनीतिक अस्त्र र लाभका लागि विद्यालय प्रयोग नगर्न सरोकारवालाहरूको जोड

काठमाडौँमा आयोजित एक कार्यक्रमका सहभागी सरोकारवालाहरूले कुनै पनि दल वा सङ्गठनले राजनीतिक अस्त्र र लाभका लागि विद्यालय र बालबालिका प्रयोग गर्न नहुने बताएका छन् । विद्यालयमा बमकाण्डविरूद्ध नागरिक समाजका सञ्जालहरूको साझा पहल-२०७३ को आयोजनामा काठमाडौँमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाहरूले उक्त कुरा बताएका हुन् । काठमाडौँ र ललितपुर जिल्लाका आधा दर्जन…

२०७३ आश्विन ५, बुधबार १५:११ गते  
विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय शान्ति दिवस मनाईँदै

'दिगो शान्तिः राष्ट्र निर्माणको आधार' भन्ने मूल नाराका साथ असोज ५ गते ३५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस देशका विभिन्न जिल्लाहरूमा विविध कार्यक्रम गरी मनाईंदैछ । इन्सेक सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार विभिन्न संस्थाहरूको संयुक्त आयोजना तथा शान्ति समिति कैलालीको संयोजनमा बिहान शान्ति पदयात्रा गरिएको छ । र्‍यालीको समापनसँगै आयोजित कोणसभामा विभिन्न…

२०७३ आश्विन ५, बुधबार १०:५२ गते  
दोषीको पहिचान गरी कारबाही गरः इन्सेक

आज बिहान काठमाडौँ र ललितपुरका केही विद्यालयमा गराइएका बम विष्फोटन तथा विस्फोटक पदार्थ राख्ने घटनाहरूप्रति इन्सेकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा असोज ४ गते हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ-'यस्ता घटनाको हामी घोर निन्दा एवम् भत्सर्ना गर्दछौं ।' 'यो घटनाले मानव अधिकारको विश्वव्यापी घोषणा पत्र-१९४८ र बाल…

२०७३ आश्विन ४, मंगलवार ११:०० गते  
काठमाडौँका दुई विद्यालयमा बम विष्फोट

काठमाडौँका दुई विद्यालयमा असोज ४ गते बिहान बम विस्फोट भएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । बौद्धस्थित आकशद्विप बोर्डिङ स्कूल र मनकामना उच्च माविमा सिलिण्डर बम विस्फोट भएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले बताए । विस्फाटबाट कुनै मानवीय क्षति नभएको उनले जानकारी दिए । बम विस्फोटको…

२०७३ आश्विन ४, मंगलवार ०७:४२ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर उमनपा-७ का ३३ वर्षीय प्रकाश घिमिरेलाई असोज २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १ गते यौन दुर्व्यवहार गरेको आरोपमा असोज २ गते प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी वसन्त कुँवरले बताए…

२०७३ आश्विन ३, सोमबार १४:५८ गते  
संविधान दिवसको अवसरमा विविध कार्यक्रम 

कार्यान्वयनमा लाग्न राष्ट्रपतिको आह्वान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभाबाट जारी नयाँ संविधान कार्यान्वयन गरेर लोकतन्त्रको जगेर्ना गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेकी छन् । संविधान दिवसको अवसरमा असोज २ गते शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो आह्वान गरेकी हुन् । इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधि विवेक ढुङ्गानाका अनुसार उनले द्वन्द्व र…

२०७३ आश्विन ३, सोमबार १४:५६ गते  
गङ्गामायाको बयान लिन सुरु

सशस्त्र द्वन्द्वकालमा मारिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै पटक–पटक अनशन बसेकी गङ्गामाया अधिकारीसँग जिल्ला अदालत चितवनले असोज २ गते बयान लिन सुरु गरेको छ । चितवन जिल्ला अदालतबाट काठमाडौँ आएका श्रेस्तेदार गेहेन्द्र पन्त र नासु नारायणप्रसाद सेढाईंले वीर अस्पतालमा गङ्गामायाको बयान लिएका हुन् । बिहान ११ बजेबाट…

२०७३ आश्विन २, आईतवार १३:०४ गते  
कुटपिट गरेको आरोपमा पति गिरफ्तार

चौतारा नपा–६ की ३१ वर्षीया पत्नी सरिता नेपाललाई कुटपिट गरेको आरोपमा ३६ वर्षीय पति सुरज नेपाललाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई भदौ २९ गते काठको डण्डीले कुटपिट गरी घाइते बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा भदौ ३० गते उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको  जिल्ला…

२०७३ आश्विन १, शनिबार १३:३४ गते  
आधारभूत सर्भेक्षणका लागि अभिमूखीकरण सम्पन्न

इन्सेकको कोर कार्यक्रम २०१६–२०१९ मा सञ्चालन गरिने कार्यक्रमको लागि छानिएका सात ओटा जिल्लामा आधारभूत सर्भेक्षण गर्न इन्सेककर्मीलाई अभिमूखीकरण गरिएको छ । सात ओटा प्रदेशका २५ ओटा जिल्लामा सञ्चालन गरिने उक्त कार्यक्रमको आधारभूत सर्भेक्षण भने छानिएका सात ओटा जिल्लाका दुई÷दुई ओटा गाविसमा मात्रै गरिने बताइएको छ । मानव अधिकार अनुगमन, मानव…

२०७३ भाद्र ३१, शुक्रबार १४:०२ गते