स्वयम् उपस्थित भएर जवाफ दिन निलम्वित कार्कीलाई सर्वोच्चको आदेश
सर्वोच्च अदालतको कात्तिक २३ गतेको इजलासले म्याद तामेलीमा अवरोध गरेको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीसहित चार जनालाई अदालतमा स्वयम् उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतको म्याद बुझन नमानेको र अवरोध गरेको भन्दै कार्कीसहित चारजनाविरुद्ध कारबाही गर्न माग…
न्यायाधीश अनुपस्थित हुँदा अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी सर्यो
चितवन अदालतका न्यायाधीश टेकनारायण कुवँर अनुपस्थित हुँदा कात्तिक २३ गते फैसला हुने भनिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी सरेको छ । यो मुद्दाको पेशी मङ्सिर १२ गतेलाई तोकिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी कृष्ण बरालले बताए । फुजेलका अधिकारीको माओवादी सशस्त्र सङ्घर्ष उत्कर्षमा रहेका बेलामा चितवनको रत्ननगरमा तत्कालीन…
नियन्त्रण लिइएका बहिर्गमित पूर्व लडाकुको अवस्था बारे मानव अधिकारकर्मीद्वारा अनुगमन
बर्हिगमित जनमुक्ति सेना नेपालमा आवद्ध माओवादीका पूर्व लडाकूहरूलाई प्रहरीले कात्तिक २३ गते बिहान एकीकृत नेकपा माओवादी केन्द्रको कार्यालयबाट प्रहरीले गिरफ्तार गरेपछि उनीहरूको अवस्था बारे मानव अधिकारकर्मीहरूले अनुगमन गरेका छन् । अनुगमनको क्रममा गिरफ्तारीमा परेका पूर्व लडाकूहरूको अवस्था सामान्य पाइएपनि पूर्व लडाकुहरूले भने धरपकडको क्रममा आफुहरूमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएका…
बहिर्गमित माओवादीका लडाकूहरू आन्दोलित (फोटोफिचर)
दश वर्षे द्वन्द्वमा हजारौँ बालबालिकाहरूलाई डर, धम्कि, त्रास र प्रलोभन देखाएर जबरजस्ती बन्दुक बोकाएर पछि अयोग्यको बिल्ला भिराएर अपमानित गरेको आरोपसहित माओवादीका बहिर्गमित लडाकूहरू आन्दोलित भएका छन् । बहिर्गमित लडाकूले कात्तिक २२ गते एकीकृत नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धर्ना दिनुका साथै पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । सरकारले तत्कालीन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फापरवारी गाविस-१ का १८ वर्षीय मौसम गोलेलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १९ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय फापरवारीमा कात्तिक २० गते पीडित पक्षले उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १९ गते…
महिलाहरूको आधारभूत मानव अधिकार हनन् भएका छन्ः प्रजिअ
राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा रिलेक नेपाल सिन्धुलीको संयोजनमा सिन्धुलीमाढीमा दुई दिने आधारभूत मानव अधिकारसम्बन्धी तालिम सुरु भएको छ । [caption id="attachment_1755" align="alignleft" width="640"] U[/caption] कात्तिक २२ गतेदेखि सुरु भएको तालिमको उद्घाटन गर्दै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले पुरुषहरूको तुलनामा महिलाहरूको आधारभूत मानव अधिकार हनन् भएको बताए ।…
गाविस सचिव सदरमुकाम बस्दा सेवाग्राहीलाई दोहोरो सास्ती
गाविस सचिवहरू गाउँमा नबस्दा रामेछापको प्रिती गाविसमा रहेको इलाका प्रशान कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्रलगायतको सेवा लिने सेवाग्राहीले दोहोरो सास्ती व्यहोर्नुपरेको छ । इलाका प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने भए पनि त्यसको लागि गाविसको सिफारिस लिन सदरमुकाम पुग्नुपर्ने स्थानीयले गुनासो गरेका छन् । गाविस सचिवहरू गाउँमा नबस्दा सर्वसाधारणलाई सेवा…
एक महिलाको शव फेला, अनुसन्धान सुरु
मध्यपुर थिमी नपा-२ बोडेमा कात्तिक २१ गते एक महिलाको शव फेला परेको छ । किरा परेर कुहिएको अवस्थामा उक्त शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमीका डिएसपी श्यामबाबु ओलीयाले बताए । बोडेबाट मूलपानीतर्फजाने मूल सडकबाट खेततर्फजाने भित्री सडकको छेऊमा अन्दाजी २७ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।…
भूकम्प पीडितले सोधे-'हामी कुन जग्गाको प्रमाण राखेर राहत लिने ?'
सुर्यविनायक नपा-१३ चित्तपोलका रामकुमार नगरकोटीको घर भुकम्पले भत्काएपछि रातो कार्ड पाएर अहिले अनुदान सम्झौताको विवरणमा समेत उनको नाम समावेश छ । तर, जग्गा गुठीको नाममा रहेको र सोको लालपुर्जा नभएपछि उनी अनुदान सम्झौता हुन्छ कि हुदैन भन्ने अन्योलमा छन् । प्राधिकरणले भूकम्पले क्षति पुर्याएको घरको लालपुर्जा भएकासँग मात्र अनुदान सम्झौता…
न्याय परिषद सदस्यमा पदम वैदिकको नाम अनुमोदन
संसदीय सुनुवाइ विशेष समितिको कात्तिक १८ गते बसेको बैठकले न्याय परिषदको सदस्यमा पदम वैदिकको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । मन्त्रिपरिषदको सिफारिस अनुसार वैदिकको सुनुवाइपछि परिषद् सदस्यमा नाम अनुमोदन गरिएको समिति सदस्य भानुभक्त ढकालले जानकारी दिएका छन् । वैदिकको नाम अनुमोदन गरेसँगै न्याय परिषद्ले पुर्णता पाएको छ । यसअघि, नेपाल…