आफ्नो नाममा जग्गा नभएपछि अनुदान सम्झौता नभएको भूकम्पपीडितहरूको गुनासो
लाभग्राहीको सूचीमा आफ्नो नाम भएपनि अनुदान सम्झौता नभएपछि समस्यामा परेको धादिङको चैनपुर गाविसमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्पपीडितहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सहयात्री समाज र चैनपुर गाविसको संयुक्त आयोजना भदौ १४ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्पपीडितहरूले यस्तो गुनासो गरेका हुन् । आफ्नो…
भूकम्पपीडितको अवस्था विषयमा सार्वजनिक सुनुवाइ सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत भदौ १५ गते जिल्लाको कोशिदेखा गाविसमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । भूकम्पपीडितको अवस्था र पुनर्निर्माण विषयमा भएको सार्वजनिक सुनुवाइमा पीडितहरूले भूकम्प पछिको अवस्थाका विषयमा बताएका थिए । कार्यक्रममा जिल्ला विकास समिति काभ्रेका कार्यक्रम अधिकृत…
बलात्कार गरेको ठहरमा पाँच वर्षकैदको फैसला
अपाङ्गता भएकी २५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौंडा उमनपा-८ का ३७ वर्षीय गणेश दवाडीलाई पाँच वर्षकैदको फैसला गरेको छ । उक्त फैसलामा पीडकवाट पीडितलाई १ लाख रुपियाँ क्षतिपूर्ति भराउन पनि भनिएको छ । न्यायाधीश दयाराम ढकालको भदौ १५ गते बसेको इजलासले उक्त फैसला गरेको अदालतले…
कथित बोक्सीको आरोप लगाएको भन्दै प्रहरीमा उजुरी
चौतारा नपा-४ स्थित कप्तानपाटी की ६० वर्षीया एक महिलाले कथित बोक्सीको आरोप लगाएको भन्दै सोही ठाउँकी ५६ वर्षीया तुलसीमायाँ कपाली र ५९ वर्षीया हरीमायाँ कपालीविरूद्ध भदौ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् । आरोपितहरूले भदौ १३ गते दिउँसो कथित बोक्सीको आरोप लगाएर आक्रमण गर्ने प्रयास गरेको पीडित…
जग्गाधनी पूर्जा नभएका माझीबस्तीका २६ घर परिवार राहतबाट वञ्चित
मेलम्ची नपा-१२ शिखरपुरको सञ्जेलटारस्थित माझीबस्तीका २६ घर परिवारले आफ्नो नाममा जग्गाधनी पूर्जा नहुँदा भूकम्पले भत्काएको घर पुनःनिर्माणको लागि सरकारले दिने भनिएको अनुदान रकमको सम्झौता गर्नबाट वञ्चित भएका छन् । नवलपुर गाविसस्थित राजेन्द्रमान ताल्चाभडेल र कपिल श्रेष्ठलगायतको नाममा रहेको सो सञ्जेलटारको जग्गामा विगत ६५ वर्षअघिदेखि माझीहरूले भोगचलन गर्दै आएका छन् ।…
बलपूर्वक बेपत्ता पारिएका सबै व्यक्तिहरूको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी अनुमोदन गर्न माग
बलपूर्वक बेपत्ता पारिनबाट संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा भदौ १४ गते विभिन्न जिल्लाबाट बलपूर्वक बेपत्ता पारिएका सबै व्यक्तिहरूको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी अनुमोदन गर्न प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । 'जस्तो सुकै अवस्थामा पनि नागरिकलाई जे सुकै नामबाट बलपूर्वक बेपत्ता पार्ने कार्य मानवता विरोधी अपराध हो । यस्ता कार्यलाई निरुत्साहित…
बलात्कार गरेको ठहर गर्दै ६ वर्षकैदको फैसला
हाडनाता भित्रको १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै २७ वर्षीय एक युवकलाई जिल्ला अदालत रामेछापले भदौ १३ गते ६ वर्षको जेल सजायको फैसला सुनाएको छ । न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजालसले सो फैसला सुनाएको हो । पीडकबाट बालिकाको नाममा ५० हजार रुपियाँ भराउने फैसलासमेत अदालतले गरेको छ । फैसला अनुसार…
बेपत्ता नागरिकको अवस्था सार्वजनिक गरः आयोग
राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौता भएको १० वर्षहुनै लाग्दा समेत बेपत्ता व्यक्तिहरूको खोजविन गरी स्थिति सार्वजनिक नगरिनु दुःखद पक्ष भएको भन्दै उनीहरूको खोजविन गरी स्थिति सार्वजनिक गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । बलपूर्वक बेपत्ता पारिनबाट संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा भदौ १३ गते विज्ञप्ति जारी गर्दै आयोगले तत्कालीन…
कर्तव्यबोध सहितको माग दावी गर्नु पर्नेमा सरोकारवालाहरूको जोड (फोटोसहित)
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले भदौ १४ गते ललितपुरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जावफदेही बनाउन इन्सेकले सञ्चालन गरेको परियोजनाको अनुभव आदान प्रदान गोष्ठीका सहभागीहरूले कर्तव्यबोध सहितको माग दावी गर्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले कार्यक्रमबाट प्राप्त ज्ञान र सीपलाई…
घर बनाउन दिने अनुदान थप गर्न भूकम्पपीडितको माग
भूकम्पले घर भत्किएर टहरामा बस्दै आएका भूकम्पपीडिले सरकारले दिने अनुदान रकममा वृद्धि गर्न माग गरेका छन् । इन्सेकले भदौ १३ गते नुवाकोटको रालुकादेवी-१, रालुका माविमा आयोजना गरेको 'भूकम्पपीडितको अवस्था र पुनर्निर्माणको सवाल' विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भएका पीडितहरूले अनुदान रकम थप गर्न, गुठी र विर्ता जग्गाको कारण सम्झौता रोकिएकाहरूलाई…