चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. केसी पुनः अनसनमा
चिकित्सा क्षेत्र सुधारको माग गर्दै त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसी असोज १० गतेदेखि पुनः आमरण अनसनमा बसेका छन् । चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा डा. केसीले उठाउँदै आएका माग सम्बोधन प्रक्रियामा केही प्रगति भएपनि संवैधानिक निकायबाट भएका हस्तक्षेप र अनियमितता विषयमा संसद मौन बसेको भन्दै अनसन बस्नु परेको डा.…
जिल्लास्तरीय बालभेला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत २६ ओटा संस्थाहरूको आर्थिक सहयोगमा भएको काभ्रे जिल्लास्तरीय बाल भेला १६ बुँदे घोषणापत्र जारी गर्दै असोज १२ गते सकिएको छ । असोज १० देखि १२ गतेसम्म धुलिखेलमा आयोजित भेलाले रञ्जन पौडेलको अध्यक्षतामा २ वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमितिको चयनसमेत गरेको छ । भेलामा…
बलात्कार गरेको ठहर गर्दै ११ वर्षकैदको फैसला
अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै भैंसे गाविस-२ का ६३ वर्षीय अर्जुन भनिने भक्तबहादुर रानामगरलाई जिल्ला अदालत मकवानपुरले ११ वर्षकैद गर्ने फैसला सुनाएको छ । अदालतले पीडित बालिकालाई पीडकबाट २ लाख रुपियाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । न्यायाधीश कृष्णराम कोइरालाको असोज १२ गते बसेको इजलासले…
दोश्रो सुरक्षित गर्भपतन सेवा दिवसमा दीप प्रज्वलन
दोश्रो सुरक्षित गर्भपतन सेवा दिवसको अवसरमा असोज १२ गते काठमाडौँमा दीप प्रज्वलन गरिएको छ । सेप्टेम्बर २८ का दिन विश्वभर यस दिवस मनाइरहेको यो दिवस नेपालमा पनि विभिन्न सङ्घसंस्था मिलेर "हाम्रो चाहनाः असुरक्षित गर्भपतनबाट महिलाहरूको मुक्तिको कामना" भन्ने मूल नारका साथ दीप प्रज्वलन गरी मनाइएको हो । माइतीघर मण्डलामा आयोजित…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
हेटौँडा उमनपा-१० की अम्बिका विष्टको उजुरीका आधारमा ३८ वर्षीय पति रामकुमार क्षेत्री र हेटौँडा उमनपा-४ की ३५ वर्षीया आशा श्रेष्ठलाई प्रहरीले असोज ११ गते गिरफ्तार गरेको छ । पीडित महिलाले असोज ३ गते जिल्ला प्रहरी कार्यालय हेटौडामा पति रामकुमारले आशासँग बहुविवाह गरेको आरोपमा उजुरी गरेपछि अनुसन्धानका लागि उनीहरूलाई गिरफ्तार गरिएको…
अधिकारी हत्या घटना सम्बन्धमा बहस गर्ने अधिवक्ताहरूसँग लिखित बहस नोट पेश गर्न अदालतको आदेश
चितवन जिल्ला अदालतले कृष्णप्रसाद अधिकारी हत्या घटना सम्बन्धमा बहस गर्ने अधिवक्ताहरूसँग लिखित बहस नोट पेश गर्न आदेश गरेको छ । न्यायाधीश टेकनायारण कुँवरको इजलासले असोज ११ गते यस्तो आदेश गरेको हो । वादीका तर्फाट बहस गर्ने नौ जना अधिवक्ता र प्रतिवादीका तर्फाट बहस गर्ने १३ जना अधिवक्ताहरूसँग कार्तिक ५ गतेभित्र…
अधिकारी हत्या घटनासम्बन्धी बहस आज दोश्रो दिन पनि जारी
गोरखा जिल्ला फुजेल गाविसका कृष्णप्रसाद अधिकारीको हत्या घटना सम्बन्धमा चितवन जिल्ला अदालतमा असोज १० गते दोश्रो दिन पनि बहस भएको छ । जिल्ला अदालतमा असोज ९ गतेबाट सुरु भएको बहस आज दोश्रो दिन पनि जारी रहेको अदालतले जनाएको छ । असोज १० गते प्रतिवादी तर्फा आठ जना अधिवक्ताले बहस गरेका…
भूकम्प पीडितलाई थप १ लाख रुपियाँ दिने निर्देशक समितिको निर्णय
पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको असोज १० गते बसेको बैठकले भूकम्पबाट प्रभावित भएका प्रति परिवारलाई थप १ लाख रुपियाँ दिने निर्णय गरेको छ । प्राधिकरणका सिइओ सुशील ज्ञवालीले अनुदान वितरण कार्यविधि परिवर्तन गरी थप १ लाख रुपियाँ अनुदान दिने निर्णय गरेको सञ्चारकर्मीलाई बताएका छन् । यो निर्णयपछि भूकम्पबाट प्रभावित भएका प्रति…
आयोगद्वारा धादिङ घटनाको स्थलगत अनुगमन सुरु
जिल्ला वन कार्यालयले धादिङस्थित रेडियो धादिङ १०६ मेघाहर्ज र महिला सुरक्षित गृहमा डोजर लगाएर भत्काएको घटनाको उजुरी परेपछि राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अनुगमन सुरु गरेको छ । सुरक्षित आवास गृहमा रहेका हिंसा प्रभावित महिलालाई जिल्ला वन अधिकृत अफैंले दुर्व्यवहार गरेको र रेडियो धादिङको प्रसारण बन्द गर्ने उद्देश्यले असोज ७…
बलात्कार घटनाका आरोपितलाई कारबाही गर्न दलित आयोगको माग
१३ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउन राष्ट्रिय दलित आयोगले माग गरेको छ । आयोगका सदस्य मञ्जित विकको नेतृत्वमा जिल्ला सदरमुकाम मन्थलीमा आएको टोलीले असोज ९ गते आयोजना गरेको पत्रकार तथा अधिकरकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बलात्कार आरोपितलाई कारबाही गराउने कार्यमा सघाउन आग्रह गरेको छ ।…