बलात्कार घटनाका आरोपित गिरफ्तार

शारिरिक अपाङ्गता भएकी १८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नौबिसे गाविस-३ का १९ वर्षीय उमेश रञ्जितकारलाई प्रहरीले पुस १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय खानीखोलामा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला…

२०७३ पुष १५, शुक्रबार २०:१० गते  
वरिष्ठ साहित्यकार दीक्षितको निधनप्रति शोक व्यक्त

मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार एवम् पत्रकार कमलमणि दीक्षितको पुस १४ गते बिहान निधन भएको छ । उनको निधनले नेपाली भाषा र साहित्यको क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै इन्सेक, जवाफदेहिता निगरानी समितिलगायतका सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन् । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा पुस १४ गते…

२०७३ पुष १५, शुक्रबार ०७:५९ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

७३ वर्षीया महिलालाई पुस १३ गते बलात्कार प्रयास गरेको आरोपमा आगिनचोक गाविस-२ का २३ वर्षीय च्यामे नेपालीलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ । उक्त घटनाका कारण घाइते भएकी पीडित महिलाको स्वास्थ्य उपचार सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा हुन नसकेपछि जिल्ला अस्पतालमा लगेर उपचार गरिएको प्रहरीले जनाएको छ । पुस १४…

२०७३ पुष १४, बिहीबार २१:१२ गते  
मानव अधिकार रक्षकहरूको राष्ट्रिय भेला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा ०७३ पुस १३ र १४ गते धुलिखेलमा आयोजित मानव अधिकार रक्षकहरूको राष्ट्रिय भेला मानव अधिकार रक्षकहरूको अधिकार संरक्षण गर्न ऐन बनाइ लागु गर्नुपर्नेलगायत सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । मानव अधिकार रक्षकहरूको सुरक्षाका आवश्यक संयन्त्रसहित विशेष व्यवस्था गर्न र मानव अधिकार…

२०७३ पुष १४, बिहीबार १९:४२ गते  
सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचनासम्बन्धी प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना समन्वय समितिले सङ्घ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकार सूचीको कार्य विस्तृतीकरण गरी सोसम्बन्धी प्रतिवेदन पुस १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको राससले जनाएको छ । मुख्यसचिव डा सोमलाल सुवेदीको संयोजकत्वमा रहेको समितिले नेपालको संविधानको अनुसूची ५, ६, ७, ८ र ९ मा…

२०७३ पुष १३, बुधबार २२:५६ गते  
बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर उमनपा-१३ तोरीखेतका २० वर्षीय सुमन भनिने गाइने विकलाई जिल्ला अदालत चितवनले आठ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले पुस १३ गते उक्त फैसला सुनाएको हो । साथै पीडितलाई महिला तथा बालबालिका कार्यालयबाट २ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने गरी…

२०७३ पुष १३, बुधबार २२:२४ गते  
व्यवहारमा विभेद कायमै-अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले नेपालका कानुनहरूमा विभेद नभए पनि व्यवहारमा अझै विभेद कायम रहेको बताएका छन् । इन्सेकको आयोजनामा ०७३ पुस १३ र १४ गते धुलिखेलमा आयोजित मानव अधिकार रक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्याकुरेलले विभेदहरूलाई हटाउनका लागि लागिपरेका भनेकै मानव अधिकार रक्षकहरू भएकाले…

२०७३ पुष १३, बुधबार १७:२२ गते  
एक कार्यक्रमको आयोजना गरी परियोजना सकिएको जानकारी

इन्सेकको नेतृत्वमा जागरण नेपाल, नेपाल अपाङ्ग समाज, दलित सेवा सङ्घको सहकार्यमा २०१५ जनवरीबाट सञ्चालित नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धनका लागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढिकरण नामक दुई वर्षे परियोजनाको एक कार्यक्रमका बिच समापन भएको जानकारी दिइएको छ । ललितपुरमा पुस १२ गते आयोजित…

२०७३ पुष १२, मंगलवार २२:१६ गते  
पत्रकार हत्याको छानबिन भएन - प्रतिवेदन

माओवादी सशस्त्र द्वन्द्व सुरु भएयता (२०५२ सालपछि) हत्या गरिएका र बेपत्ता पारिएका पत्रकार/सञ्चारकर्मीमध्ये धेरै पत्रकारको हत्याको घटनाबारे अझै अनुसन्धान नभएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । फ्रिड्म फोरमले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार तत्कालीन माओवादी द्वन्द्व सुरु (२०५२ देखि हालसम्म) विभिन्न बहानामा मुलुकभर २३ जना सञ्चारकर्मीको हत्या र तीन जना बेपत्ता…

२०७३ पुष १२, मंगलवार २२:१३ गते  
मोसो दलेर शिक्षकलाई दुर्व्यवहार

कुम्पुर गाविस-८ स्थित बागबच्छला आधारभूत विद्यालयका शिक्षक ३७ वर्षीय गणेश श्रेष्ठलाई नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरूले पुस ११ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् । विद्यालयमा हाजिर भएर परीक्षामा गार्ड बसेको बेला सोही विद्यालयका विद्यार्थीहरूले मोसो दलेर जुत्ताको माला लगाएको अनेरास्ववियु क्रान्तिकारीका जिल्ला…

२०७३ पुष १२, मंगलवार २२:०८ गते