बालविवाह हुँदै गर्दा विवाह मण्डपबाटै बालिकाको उद्धार
१५ वर्षीया बालिकाको नीलकण्ठ नपा-८ बगैँचाका २२ वर्षीय राज नेपालसँग वैशाख ७ गते भइरहेको विवाह मण्डपबाटै पौरखी महिला सहकारी जोगिमाराको पहलमा उद्धार गरिएको छ । गाउँमा बालिकाको विवाह हुँदै गरेको भन्ने सूचना पाएपछि प्रहरी चौकी जोगिमाराको सहयोगमा सहकारीमा आबद्ध महिलाहरूले बालिकाको उद्धार गरी जिल्ला बालकल्याण समितिमा बुझाइएको पौरखी महिला सहकारीकी…
आचारसंहिता विपरीत निर्वाचन लक्षित बजेट रकमान्तरण रोक्न एमालेद्वारा ध्यानाकर्षण
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सिङ्गो मुलुक स्थानीय तहको निर्वाचनको अन्तिम तयारीमा जुटेका बेला निर्वाचन आचारसंहिताविपरीत केही मन्त्रालयबाट निर्वाचनलाई लक्षित गरी नयाँ कार्यक्रमका लागि बजेट रकमान्तरण भइरहेको जनाउँदै त्यसलाई रोक्न आयोगको ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा आयोग पुगेको टोलीले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद…
मधेसी मोर्चाद्वारा लाठी जुलुस प्रदर्शन
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको आन्दोलनका कार्यक्रम अनुसार मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले वैशाख ७ गते विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधि सञ्चालन गरेका समाचार इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँका अनुसार मोर्चाले बारा र धनुषामा लाठी जुलुस प्रदर्शन गरेका छन् । इन्सेक बारा जिल्ला प्रतिनिधि…
विरोध सभामा प्रहरीको हस्तक्षेप
स्थानीय निकायको निर्वाचनको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको विरोध सभामा प्रहरीले हस्तेक्षप गरेको छ । वैशाख ७ गते भरतपुरको चौबिसकोठीमा आयोजित कार्यक्रममा निर्वाचन विरोधी भाषण चलिरहँदा प्रहरीले हस्तेक्षप गर्दा झडपसमेत भएको हो । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोलाले चुनाव बिथोल्ने सम्बोधन गर्दैगर्दा प्रहरीले…
बाल अधिकार अनुगमन जिल्ला समिति गठन
स्थानीय तह निर्वाचनका लागि काठमाडौँ जिल्लामा बाल अधिकार अनुगमन जिल्ला समिति गठन गरिएको छ । जिल्ला बाल कल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको अध्यक्षतामा वैशाख ६ गते बसेको बैठकले सो समिति गठन गरेको हो । जिल्ला बालकल्याण समिति, जिल्ला समन्वय समिति, काठमाडौँ महानगरपालिका, अनौपचारिक क्षेत्र सेवा केन्द्र…
बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने राजनीतिक प्रतिबद्धता
प्रमुख राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने र निर्वाचन घोषणापत्रमा बाल संरक्षणका विषय समावेश गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेको राससले जनाएको छ । स्थानीय तहको निर्वाचनमा बाल अधिकार तथा बालसंरक्षण पैरवी अभियानले वैशाख ६ गते काठमाडौँमा आयोजना गरेको निर्वाचनमा बाल अधिकार तथा बालसंरक्षणका लागि राजनीतिक संवाद विषयक…
निर्वाचन हुनेमा अब दुविधा छैन-प्रमुख आयुक्त यादव
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गर्ने गन्तव्यसम्म आयोग पुगिसकेकाले निर्वाचन हुनेमा अब कुनै दुविधा नरहेको बताएका छन् । राष्ट्रिय सञ्चारमाध्यम (छापा र अनलाइन) का सम्पादकसँगको ललितपुरमा वैशाख ५ गते भएको अन्तरक्रियामा उनले निर्वाचनका लागि आवश्यक मतपत्र, मतदाता नामावली र मतदाता परिचयपत्रको छपाइ लगभग सकिसकेको…
मैना सुनार हत्या घटनामा आरोपितलाई जन्मकैदको फैसला
सशस्त्र द्वन्द्वको समयमा खरेलथोक गाविस-६ कटुञ्जेकी १५ वर्षीया मैना सुनारलाई करेन्ट लगाएर हत्या गरेको कसुरमा वैशाख ३ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतले आरोपित सरकारी अधिकारीलाई जन्मकैदको फैसला सुनाएको छ । मुख्य न्यायधिस मेदिनीप्रसाद पौड्यालको इजलासले आरोपितमध्येका पाँचखालस्थित शान्ति कार्य तालिम केन्द्रमा कार्यरत तत्कालीन महासेनानी बबी खत्री, सहसेनानी सुनिलप्रसाद अधिकारी र सहसेनानी…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सर्लाही जिल्ला घरभई थुम्पाखर गाउँपालिका-६ स्थित एलायन्स बोर्डिङ स्कूलमा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय विजय लामा र भारतको दार्जलिङ घर भई सोही स्कूलमा शिक्षक पेशामा रहेका २६ वर्षीय अर्जुन तामाङलाई प्रहरीले वैशाख २ गते गिरफ्तार गरेको छ । पीडित बालिकाद्वयलाई…
वार्ता र सम्वादमार्फत समस्याको समाधान खोज्न अधिकारकर्मीको सुझाव
अधिकारकर्मीहरूले वैशाख १ गते नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय काठमाडौँमा अमरण अनसन र धर्नामा बेसका पत्रकारहरूलाई भेटेर उनीहरूको मागको बारेमा जानकारी लिँदै वार्ता र सम्वादमार्फत समस्याको समाधान खोज्न सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय पार्सद भावना विद्रोहीले पत्रकारिता क्षेत्रलाई मर्यादित र अनुशासित बनाउन माग गर्दै महासङ्घको केन्द्रीय कार्यालयमा…