स्ववियु निर्वाचनको विषयलाई लिएर झडप, तोडफोड तथा आगजनी

स्ववियु निर्वाचनको विषयलाई लिएर विभिन्न क्याम्पसहरूमा विद्यार्थी सङ्गठनहरूबिच फागुन १८ गते झडप हुनुका साथै आगजनी तथा तोडफोडका घटना भएको मध्यमाञ्चल क्षेत्र अन्तर्गका धादिङ र चितवन जिल्ला प्रतिनिधिहरूले बताएका छन् । इन्सेक धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारीका अनुसार अखिल क्रान्तिकारी, नेविसङ्घ र अनेरास्ववियु कार्यकर्ताबिच आज धादिङको बेनिघाट गाविस-१ मलेखुमा झडप हुँदा…

२०७३ फाल्गुन १८, बुधबार २०:३६ गते  
निर्वाचनमा भाग लिन प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा भाग लिन सबै राजनीतिक दल तथा बालिग नागरिकलाई अपिल गरेका छन् । देशबासीका नाममा फागुन १७ गते सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वैशाख ३१ गते तय गरिएको निर्वाचनमा उत्साहका साथ सहभागी हुन सबै राजनीतिक दल र बालिग नागरिकलाई अपिल गरेका हुन् । प्रधानमन्त्री दाहालले सरकार…

२०७३ फाल्गुन १७, मंगलवार २०:५६ गते  
पुनर्संरचना अध्ययनका लागि गठित कार्यदलको म्याद पुनः थप

सरकारले स्थानीय निकाय पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदनलाई अध्ययन गर्नका लागि गठित कार्यदलको म्याद तीन दिनका लागि पुनः थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को फागुन १७ गते बसेको बैठकले स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा माघ २० गते गठित सो कार्यदलको म्याद दोश्रो पल्ट थप गर्ने निर्णय गरेको हो ।…

२०७३ फाल्गुन १७, मंगलवार २०:२८ गते  
सानोठिमी क्याम्पसमा आगजनी

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको संघारमा भक्तपुरस्थित सानोठिमी क्याम्पसमा आगजनी भएको छ । गएराति अज्ञात समूहले क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा आगजनी गरेको हो । अखिल क्रान्तिकारी (माओवादी केन्द्र)का महासचिव एवम् सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति विरेन्द्र बस्नेतले अनेरास्ववियु र विप्लव निकट अखिल क्रान्तिकारीले आफ्नो प्यानल हार्ने डरले क्याम्पस प्रमुखको कार्यकक्षमा…

२०७३ फाल्गुन १७, मंगलवार १७:०८ गते  
विभिन्न दलद्वारा संविधान संशोधन प्रस्ताव दर्ता

सरकारले केही दिन अघि संसदमा पेश गरेको संविधान संशोधन विधेयकमाथि विभिन्न दलका ३६ जना सांसदले १५ वटा संशोधन प्रस्ताव पेश गरेका छन् । संशोधन प्रस्ताव दर्ताका लागि संसद सचिवालयले दिएको फागुन १५ गतेसम्मको समयसिमा भित्र संशोधन प्रस्ताव पेश गर्ने दलहरूमा सत्तापक्ष गठबन्धनसहित अन्य विपक्षी दलहरूसमेत रहेका छन् । सत्ता पक्ष…

२०७३ फाल्गुन १५, आईतवार २१:२३ गते  
बाल क्लब सञ्जालको पहलमा बालविवाह रोकियो

१५ वर्षीया बालिका र बाशेश्वर गाविस-५ हैवारका १९ वर्षीय विजय तामाङबिच हुन लागेको बालविवाह रोकेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । ०७३ फागुन १४ गते प्रहरीले खुर्कोटमा जन्ती र बेहुली लिई विवाहका लागि काभ्रेतर्फ गइरहेको बसलाई रोकेर चेकजाँच गर्दा बालविवाह हुन लागेको थाहा पाएपछि सो विवाह रोकेको प्रहरीले जनाएको…

२०७३ फाल्गुन १४, शनिबार १९:४७ गते  
मधेसी मोर्चाले आह्वान गरेको बन्दले जनजीवन प्रभावित

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले फागुन ११ गते आह्वान गरेको बन्दका कारण तराई मधेसका जिल्लाहरूको जनजीवन प्रभावित भएको छ । इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार बन्दको प्रभाव पूर्व पश्चिम राजमार्गको दक्षिण क्षेत्रमा रह्यो भने राजमार्ग तथा राजमार्ग उत्तर क्षेत्रमा बन्दको समान्य प्रभाव रहेको महोत्तरी,…

२०७३ फाल्गुन ११, बुधबार २२:२६ गते  
तीनै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्चको ध्यानाकर्षण

सर्वोच्च अदातलले नेपालको संविधानको पूर्ण कार्यान्वयनका लागि २०७४ साल माघ ७ गतेसम्ममा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन सम्पन्न गर्न ध्यानाकर्षण गराएको राससले जनाएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सो ध्यानाकर्षण गराएको हो । स्थानीय तहको पुनःसंरचना नहुन्जेलसम्म स्थानीय निकायको निर्वाचन र…

२०७३ फाल्गुन ११, बुधबार २१:३७ गते  
स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजानिक

निर्वाचन आयोगले सरकारले गरेको निर्णय अनुसार २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार २०७४ वैशाख १६ गते उम्मेदवारको मनोनयन दर्ता, वैशाख १७ गते उम्मेदवारीविरुद्धको उजुरीका लागि समय तोकिएको आयोगद्वारा फागुन ११ गते जारी विज्ञप्तिमा उल्लेख छ । उक्त सबै कार्यहरू गाउँपालिका र…

२०७३ फाल्गुन ११, बुधबार २०:५७ गते  
मानव अधिकार समन्वय केन्द्रको साधारण सभा सम्पन्न

मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्र (एचआरटिएमसिसि) को वार्षिक साधारण सभा फागुन ११ गते काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै बाल अधिकार महासन्धीमा आधारित समितिका अध्यक्ष कृष्ण सुवेदीले आआफ्ना संस्थाले गरेका कामलाई समन्वय केन्द्रको गतिविधिका रूपमा एकीकृत गर्न सके केन्द्रको महत्व अझै बढ्ने बताए । उनले केन्द्रकै परिकल्पना…

२०७३ फाल्गुन ११, बुधबार २०:४५ गते