भूकम्पपीडितको व्यथाः सरकारको पैसा कुर्दाकुर्दै मर्ने भइयो !
महादेवस्थान गाविस-२ सिमथलीका चन्द्रबहादुर चेपाङको घर भत्कियो । उनले भूकम्पले भत्केको घर प्राविधिकलाई देखाए । प्राविधिकले उनको घर भत्केको भनेर लेखेनछन् । गाउँमा अरूले राहत पाउँदा उनले पाएनन् । घर बनाउन नसक्ने भएकाले उनको परिवार अहिले परालले छाएको सामान्य टहरामा रात बिताइरहेको छ । उनले गाविसमा गएर गुनासो टिपाए तर…
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई गत मङ्सिर २१ गते बलात्कार गरेको आरोपमा प्रहरीले अनन्तलिङ्गेश्वर नपा-७ का ४० वर्षीय राजकृष्ण कायष्थलाई माघ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितकी ३५ वर्षीया पत्नी राधा जङ्गम कायस्थको सहयोगमा आरोपितले बलात्कार गरेको माघ २९ गते उजुरी परेपछि आरोपितद्वयलाई गिरफ्तार गरेको महानगरीय प्रहरी वृत्त थिमीका…
बालबालिकाको क्षमता अभिवृद्धि तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा बाल अधिकार चेतना समूहका पदाधिकारीहरूका लागि माघ २७ देखि २९ गतेसम्म धुलिखेलमा सञ्चालित तालिम माघ २९ गते सम्पन्न भएको छ । तालिमको समापनमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले विद्यार्थीहरूका लागि सबैभन्दा ठूलो विषय शिक्षा नै भएकाले असल शिक्षा प्राप्त गरेमा असल…
ऐन निर्माण गरी संसदमा पेश गर्न मानव अधिकार समितिको निर्देशन
सामाजिक न्याय तथा मानव अधिकार समितिको माघ २८ गते बसेको बैठकले द्वन्द्वकालीन न्यायको विषयमा छानबिन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको ऐन निर्माण गरी संसदमा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समयसिमाभित्र आयोगहरूले काम सम्पन्न नगरेपछि माघ २७ गतेको मन्त्रिपरिषद् बैठकले…
सङ्क्रमणकालीन न्यायका लागि गठित दुवै आयोगको अवधि एक वर्ष थप
सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समय अवधि एक वर्ष थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को माघ २७ गते बसेको बैठकले १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा राज्य र तत्कालीन नेकपा माओवादी पक्षबाट भएका मानव अधिकार उल्लङ्घन तथा जघन्य अपराधको घटनाको छानबिन गरी दोषीलाई कारबाही…
बालबालिकाका लागि क्षमता अभिवृद्धि तालिम सुरु
इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा क्षेत्रभित्र कार्यक्रम सञ्चालित विद्यालयका बालअधिकार चेतना समूहका पदाधिकारीहरूका लागि ०७३ माघ २७ देखि २९ गतेसम्म आयोजित क्षमता अभिवृद्धि तालिमको धुलिखेलमा सुरु गरिएको छ । तालिमको शुरुवात गर्दै इन्सेकका मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाए । बालअधिकार चेतना समूहका पदाधिकारीहरूले…
नागरिक समाजको सवलिकरण विषयक दुई दिने अनुशिक्षण कार्यक्रम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा माघ २५ गतेदेखि नेपालको नागरिक समाजको सवलिकरण विषयक दुई दिने अनुशिक्षण कार्यक्रम सुरू भएको छ । तालिमको उद्घाटन गर्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले जिम्मेवारी बहन गरेकाहरू जवाफदेही बन्नुपर्ने बताए । उनले लोकतन्त्र र अराजकता सँगै जान नसक्ने भन्दै अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरू थप…
जातीय विभेद घटनाका आरोपित गिरफ्तार
बेताली गाविस-३ का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिरभित्र प्रवेश गर्दा ५ हजार रुपियाँ जरिबाना गरेको आरोपमा प्रहरीले सोही ठाउँका पुजारी ४० वर्षीय छत्रबहादुर बुढाथोकी र ५० वर्षीय भीमबहादुर बुढाथोकीलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडितले मन्दिर जस्तो पवित्र ठाउँमा आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरी चौकी बेतालीमा माघ…
मन्दिरभित्र प्रवेश गरेको आरोपमा दलितलाई ५ हजार रुपियाँ जरिबाना
रामेछापको बेताली गाविस३ का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिर भित्र पसेको आरोपमा सोही ठाउँका पुजारी छत्रबहादुर बुढाथोकीलगायतले ५ हजार रुपियाँ जरिबाना तिराएका छन् । सेरकाली मन्दिरमा पसेको भन्दै माघ २२ गते मन्दिरका पुजारी बुढाथोकीलगायतका कथित माथिल्लो जातिका मानिसहरूले मन्दिर चोख्याउन भन्दै मन्दिरमा रुद्री लगाएर ५ हजार रुपियाँ जरिबाना तिराएका हुन्…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनका पति परशुराम भण्डारीलाई गिरफ्तार गरेको राससले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय एक होटेलमा सुरक्षा गार्डको रुपमा कार्यरत भण्डारीको कुटपिटबाट घाइते भएकी लक्ष्मीको उपचारका लागि अस्पताल लैजाँदै…