राजपालगायतका दलहरूको माग सम्बोधनको विश्वसनीय प्रक्रियाको थालनी गर्न माग
दोस्रो चरणको स्थानीय निर्वाचन हेतु उम्मेदवारी मनोनयन सहज बनाउन संसद्द्वारा ०७४ जेठ २५ गतेको सर्वसम्मत निर्णयको स्वागत गर्दै स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले राजपा लगायतका दलको माग सम्बोधनको विश्वसनीय थालनी गर्न माग गरेको छ । 'कानुनबमोजिम अब दल दर्ता गर्ने र दलगत निर्वाचन चिन्ह प्राप्त गर्ने बाटो खुलेको छ ।…
एक वर्षदेखि घरमै बाँधेर राखेको अवस्थामा वृद्धाको उद्धार
मानसिक सन्तुलन गुमाएपछि एक वर्षदेखि घरमै बाँधेर राखिएकी टोखा नगरपालिका वडा नं ७ की करिब ६५ वर्षीया कान्छी तामाङलाई उद्धार गरिएको राससले जनाएको छ । प्राप्त सूचनाका आधारमा महिला बालबालिका कार्यालयलगायतका सङ्घसंस्था मानव अधिकारकर्मी, सामाजिक अभियन्तासहितको टोलीले जेठ २५ गते उद्धार गरी मानव सेवा आश्रमलाई जिम्मा लगाएको हो । “मानसिक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ २४ गते बकैया गाउँपालिका-७ का ३१ वर्षीय लालबहादुर थिङलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १८ गते बलात्कार गरेको आरोपमा हात्तीसुढे प्रहरी चौकीमा जेठ १९ गते उजुरी परेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य…
स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक पारित
व्यवस्थापिका-संसद्को जेठ २५ गतेको बैठकले “स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४” बहुमतले पारित गरेको राससले जनाएको छ । बैठकमा गृहमन्त्री जनार्दन शर्माले “स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४ माथि दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले स्थानीय…
पानी पनि नखाइ आमरण अनसन बस्ने द्वन्द्वपीडित गङ्गामायाको अडान
छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले न्यायका लागि जेठ २४ गतेदेखि पानीसमेत नखाइ आमरण बस्ने अडान दोहोर्याएकी छन् । उनका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको १३ औँ स्मृति दिवसका सन्दर्भमा जेठ २४ गते वीर अस्पताल अगाडि आयोजित कार्यक्रममा उनले यस्तो अडान दाहोर्याएकी हुन् । यस अघि…
दुई आयोगलाई स्रोतसाधन उपलब्ध गराउन सभापति श्रेष्ठको आग्रह
व्यवस्थापिका-संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले द्वन्द्वकालीन न्याय निरुपण गर्न गठित आयोगलाई आवश्यक कानुन निर्माण गर्न, समयमै साधन स्रोत र जनशक्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरेको राससले जनाएको छ । समितिका सभापति श्रेष्ठद्वारा जेठ २४ गते जारी प्रेस विज्ञप्तिमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका…
स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक प्रस्तुत
व्यवस्थापिका-संसद्को जेठ २३ गते बसेको बैठकमा स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक, २०७४ प्रस्तुत भएको राससले जनाएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सो विधेयक प्रस्तुत गर्दै अहिले सबै राजनीतिक दलले संविधानको कार्यान्वयनलाई प्राथमिता दिन आवश्यक रहेकामा जोड दिए । उनले निर्वाचन प्रक्रियालाई अझ स्वतन्त्र, भयरहित र शान्तिपूर्ण बनाउन…
न्यायधीश निर्वाचनमा व्यस्त हुँदा मुद्दा प्रभावित
प्रमुख निर्वाचन अधिकृतको रूपमा चितवन जिल्ला अदालतका न्यायाधीश खटिएका कारण अदालतको कामकाज प्रभावित भएको छ । न्यायाधीश कविप्रसाद न्यौपाने झण्डै २ महिनादेखि भरतपुर महानगरपालिकाको निर्वाचनमा व्यस्त रहँदा चितवन अदालतमा उनले फैसला गर्नुपर्ने मुद्दाहरू प्रभावित बनेका हुन् । गत जेठ २१ गते गोरखा जिल्ला फुजेलका कृष्णप्रसाद अधिकारी हत्या काण्डको मुद्दा पेशी…
पुनः मतदान गराउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको राससले जनाएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले जेठ २२ गते भरतपुर महानगरपालिकाको वडा नं १९ मा यही जेठ २८ गतेसम्मका लागि निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न…
घटना अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिन अधिकारकर्मीको माग
माडी नगरपालिका-६ रामराज्यपुरका १० वर्षीया दिपिका सुनार र ११ वर्षीया दिपशिला परियारको मृत्यु भएको घटनको अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिन अधिकार्मीहरूले जेठ २१ गते विज्ञप्तिमार्फत माग गरेका छन् । माडी नगरपालिका-६ रामराज्यपुर स्थित मजुवा सिञ्चाइ पोखरीमा जेठ २० गते बिहान १०:०० पिकनिकका लागि घरबाट गएका बालबालिकाहरू मध्ये ती दुई…