नेपाल कम्युनिष्ट पार्टीद्वारा व्यक्तिको जग्गा कब्जा

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार २७ गते दिउँसो भरतपुर महानगरपालिका-१३ कैलाशनगरमा रहेको १० बिगाहा जग्गा कब्जा गरेको छ । बिजय शाहको नाममा रहेको सो जग्गामा विवाद रहेको र उक्त जग्गा आफ्नो पार्टीको कब्जामा आएको भन्दै झण्डा गाडेर पार्टीले पर्चा समेत छाडेको प्रहरीले जनाएको छ । जग्गा कब्जा गरेर…

२०७४ असार २७, मंगलवार २०:५२ गते  
नेपाल कम्युनिष्ट पार्टीद्वारा आह्वान गरिएको बन्दका क्रममा सवारीसाधनमा तोडफोड

बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कतै बम विष्फोट गराएका छन् त कतै सवारी साधनमा तोडफोड गरेका छन् । इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार असार २७ गते बिहान चितवन खैरहनीमा सो पार्टीका कार्यकर्ताले यात्रुबाहक बसमा तोडफोड गरेको छन् । तोडफोडबाट बसमा क्षति पुगेको…

२०७४ असार २७, मंगलवार २०:५० गते  
भरतपुर काण्डको सुनुवाइ साउन २ गतेलाई सारियो

भरतपुर महानगरपालिको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदातमा परेको मुद्दामा साउन २६ गते पनि सुनुवाइ नगरी साउन २ गतेलाई अर्को सुनुवाइ मिति तोकिएको छ । न्यायाधीशहरू ओमप्रकाश मिश्र र पुरुषेत्तम भण्डारीको संयुक्त इजलासमा मुद्दाको पेशी तोकिएको भएपनि हेर्न नभ्याउने भएपछि पेशी सारिएको अदालतले जनाएको…

२०७४ असार २६, सोमबार २२:०९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय बाबुलाई असार २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडितका छिमेकीले असार २३ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २३ गते…

२०७४ असार २६, सोमबार १६:२८ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा समशेर भनिने ७० वर्षीय प्रेमनाथ उप्रेतीविरूद्ध असार २२ गते प्रहरीमा उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपितले असार २२ गते बलात्कार गरेको आरोपमा सोही दिन प्रहरीमा उजुरी परेको हो । आरोपित फरार रहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण…

२०७४ असार २४, शनिबार २०:१४ गते  
दोस्रो चरणको नतिजा अन्तिममा, भरतपुर १९ बारे अन्यौल कायमै

असार १४ गते सम्पन्न दोस्रो चरणको चुनावको नतिजा आउन अब आधादर्जन जति मात्र स्थानीय तह बाँकी छन् । तर, वैशाख ३१ गते भएको पहिलो चरणकै चुनावको हालसम्म नतिजा आउन सकेको छैन । चर्चामा रहेको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ बारे सर्वोच्च अदालतमा मुद्दा विचाराधिन नै छ । यस मुद्दाको विषयमा…

२०७४ असार २४, शनिबार ०५:१३ गते  
द्वन्द्व पीडितलाई राहत वितरण

शान्ति तथा पुनःनिर्माण मन्त्रालयले रसुवाका द्वन्द्व पीडितहरूलाई असार २३ गते एक कार्यक्रममा राहत रकम वितरण गरिएको छ । सशस्त्र द्वन्द्वका क्रममा राज्य तथा विद्रोही पक्षबाट हत्या गरिएका र बेपत्ता पारिएका व्यक्तिका परिवारलाई स्थानीय शान्ति समितिले राहत रकम वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, इन्सेक जिल्ला प्रतिनिधिलगायतले राहत…

२०७४ असार २३, शुक्रबार २१:४९ गते  
जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँगको बैठक सम्पन्न

मानव अधिकारप्रति स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत असार २१ गते चौतारामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरिएको छ । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय, स्वास्थ्य कार्यालय, कृषि कार्यालय र पशु सेवा कार्यालय लगायत जिल्ला स्थित शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसँगका क्षेत्रमा कार्यरत सरोकारवालाहरूको उपस्थिति रहेको…

२०७४ असार २१, बुधबार २१:३४ गते  
गत वर्ष ६ हजार १ सय जना बेचबिखनबाट पीडितः आयोग

राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०७२/०७३ मा ६ हजार १ सय महिला तथा बालिका बेचबिखनमा परेको प्रतिवेदन असार २० गते सार्वजनिक गरेको राससले जनाएको छ । आयोगले आज सार्वजनिक गरेको 'मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन' मा आव २०७२/०७३ मा ६ हजार १ सय महिला तथा बालिका बेचबिखनमा परेको उल्लेख छ ।…

२०७४ असार २१, बुधबार १४:२० गते  
नेपाल कम्युनिष्ट पार्टीद्वारा ८४ बिघा जग्गा कब्जा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनले पूर्वी चितवन स्थित खैरहनी नगरपालिका-१२ मा रहेको मार्कनटायलको ८४ बिघा जग्गा कब्जा गरेको छ । पार्टीका जिल्ला इञ्चार्ज लालबहादुर बिसीले १९ गते सोमबार बिज्ञप्ति जारी गरी विगत ५९ सालदेखि पार्टीको कब्जामा रहेको जग्गा अहिले विभिन्न भूमाफियाले चलखेल गरी किनबेचको तयारी भएको पाइएकाले…

२०७४ असार १९, सोमबार २२:१३ गते