परासी, जनकपुर र बाणगङ्गा घटनाप्रति अधिकारकर्मीद्वारा निन्दा र भत्सर्ना
यही २०७४ असार ३ र ४ गते परासी र जनकपुरमा प्रहरीको अत्यधिक बल प्रयोगबाट राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ता र कपिलवस्तुमा बम बिष्फोटनबाट सर्वसाधारण नागरिकहरू समेत घाइते भएको घटनाप्रति जवाफदेही निगरानी समितिले निन्दा एवम् भत्सर्ना गरेको छ । ‘यस्ता घट्ना बढ्दै गए मानवीय क्षति हुने बढी सम्भावना भएकाले प्रहरी प्रशासनका…
प्रदेश नम्बर ७ मा उत्साहका साथ उम्मेदवारी दर्ता सम्पन्न
दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत असार ४ गते उम्मेदवारी दर्ताको काम सम्पन्न भएको छ । इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भुपेन्द्र विष्टका अनुसार सात ओटै स्थानीय तहमा उत्साहका साथ उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार कञ्चनपुर जिल्लाका सबै स्थानीय…
नागरिक तथा राजनीतिक अधिकारको सम्मान गरः मानव अधिकार आयोग
देशका विभिन्न भागहरूमा राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय निर्वाचनको विरोधमा आयोजना गरेको प्रदर्शन तथा जुलुसका क्रममा सुरक्षाकर्मीहरूद्वारा भएको बल प्रयोग र गिरफ्तारीप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । 'स्वेच्छाचारी गिरफ्तारी नगर्न तथा शान्तिपूर्ण प्रदर्शनमा रहेका व्यक्तिहरूलाई दुर्व्यवहार नगर्न राष्ट्रिय मानव अधिकार आयोग सरकारको ध्यानाकर्षण गराउँदछ ।…
बालकलाई यातना दिएको घटनाका आरोपित गिरफ्तार
मेलम्ची नपा-१२ बाहुनपटीका १२ वर्षीय बालकलाई कुटपिट गरी यातना दिएको आरोपमा सोही ठाउँ घरभई फटकशिला स्वास्थ्य केन्द्रमा कार्यरत अहेव ३५ वर्षीया रमा न्यौपानेलाई प्रहरीले असार ३ गते गिरफ्तार गरेको छ । पीडित पक्षले असार ३ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको थियो । पीडित बालकको ढाड र गोडामा निलडाम…
द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकको सत्यतथ्य सार्वजनिक गर्नु पर्नेमा जोड
द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकको सत्य तथ्य सार्वजनिक गर्नु पर्ने र पीडित परिवारलाई न्याय दिनु पर्नेमा एक कार्यक्रममा वक्ताहरूले जोड दिएका छन् । राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजले असार ३ गते काठमाडौँमा आयोजना गरेको बेपत्ता योद्धा विपीन भण्डारी र दिलबहादुर राईको स्मरणमा आयोजित बेपत्ता नागरिकको सार्वजनिकीकरणको प्रश्न शान्तिप्रक्रिया र वर्तमान…
मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधिहरूले नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको बताएका छन् । इन्सेक ताप्लेजुङ जिल्ला प्रतिनिधि देवराज गुरूङका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को पहिलो अर्धवार्षिक अवधिमा सङ्कलन गरिएका घटनाको समीक्षा गरिएको छ । कार्यक्रमा इन्सेक…
भूकम्प पीडितको गुनासो-'कर्मचारी तलब खान मात्र हो र ?'
भक्तपुरका भूकम्प पीडितले अझै अनुदान नपाएको गुनासो गरेका छन् । उनीहरूले भूकम्प पीडितलाई राहत दिन स्थापना गरिएका कार्यालयका कर्मचारीहरू तलब खाएर पीडितलाई राहत दिनुको साटो काममा ढिलाई गर्ने र समस्या सिर्जना गर्नेमा मात्र लागेको गुनासो गरे । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले दुधपाटीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्प…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका-४ अम्रौलीका ७६ वर्षीय बरण महतोलाई असार १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार १ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १…
अझै ७ हजार भन्दा बढी लाभग्राहीसँग अनुदान सम्झौता हुन सकेन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असार १ गते हेटौँडामा आयोजना गरेको भूकम्पपीडितहरूको राहत र पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख पुष्पराज अधिकारीले ७ हजार ८ सय ३७ लाभग्राहीहरूसँग अनुदान सम्झौता नै हुन नसकेको बताएका छन् । 'अनुदान सम्झौता हुन नसकेपछि…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ मा समेटिने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएका समाचारहरू जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि प्रताप विष्टका अनुसार जिल्ला वार एशोसिएसन मकवानपुरका अध्यक्ष अज्मिर केसीले ६ महिनाको प्रतिवेदनले मानव अवधिकारको अवस्था…