पीडितलाई सजिलोका लागि उजुरी दिन मोवाइल सेवा

महिला तथा बालबालिका सम्बन्धी घटनाको तत्काल उजुरी तथा सुनुवाइ गर्न जिल्ला प्रहरी कार्यालय चितवनले महिला तथा बालबालिका सेवा केन्द्रमा नयाँ मोवाइल नम्बरको व्यवस्था गरेको छ । महिला तथा बालबालिका माथि हुने हिंसाका घटनाको तत्काल सूचना दिन कठिनाइ रहेको भन्ने जनगुनासो सुनिन आएको हुँदा त्यस्ता घटनाहरूको तत्कालै सूचना दिनको लागि फोन…

२०७३ मंसिर २२, बुधबार १५:१६ गते  
अनसनरत तिवारीको जीवन रक्षा गरः आयोग

स्वास्थ्य क्षेत्रको समग्र सुधार तथा सप्तरी जिल्लाको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको व्यवस्थापन तथा सुधारलगायतका २६ सूत्रीय माग राखी विगत १५ दिनदेखि अनसनरत विकास तिवारीको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीद्वारा मङ्सिर २२ गते हस्ताक्षरित…

२०७३ मंसिर २२, बुधबार ०८:४६ गते  
एक सातादेखिको बन्द फिर्ता, आन्दोलन भने जारी

पाँच नम्बर प्रदेशका केही जिल्ला हेरफेर हुने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको भन्दै एक सातादेखि बुटवलमा जारी बन्द मङ्सिर २१ गते साँझदेखि फिर्ता भएको राससले जनाएको छ । नेकपा एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले आन्दोलनको स्वरुप परिवर्तन भएको भन्दै बन्दका कार्यक्रम फिर्ता लिइएको जानकारी दिएका छन् । उनले…

२०७३ मंसिर २१, मंगलवार १८:०० गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

हाँडीखोला गाविस-९ का २८ वर्षीय कुमार बल र सिन्धुपाल्चोक पान्ताङकी २७ वर्षीया देवमाया श्रेष्ठलाई बहुविवाह गरेको आरोपमा प्रहरीले मङ्सिर २१ गते गिरफ्तार गरेको छ । कुमारकी पत्नी विनामाया वलको उजुरीका आधारमा आरोपितद्वयलाई प्रहरीले हेटौँडास्थित चौकीटोलवाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित महिलाले आरोपितद्वयले मङ्सिर १५ गते अर्को विवाह गरेको…

२०७३ मंसिर २१, मंगलवार १७:०७ गते  
भूकम्पपीडितको अवस्था र पुनर्निर्माण विषयमा र्सार्वजनिक सुनुवाइ (फोटो फिचर)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत मङ्सिर २० गते पाँचखाल नपा-१६ पहरीगाउँमा भूकम्प पीडितको अवस्था र पुनःनिर्माण विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिका कार्यालयबाट वडा सचिव इन्द्रमाया कुँवरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका स्थानीय सभापति किरण श्रेष्ठ, नेकपा…

२०७३ मंसिर २१, मंगलवार १६:०७ गते  
संविधान संशोधनको विरोधमा आज पनि प्रदर्शन

सरकारले संविधान संशोधनमा साविकको प्रदेश नं. ५ लाई कार्यान्वयनमै नआई विभाजन गर्न खोजेको भन्दै पश्चिमका केही जिल्लामा आज पनि बन्द र प्रदर्शन गरिएको छ । इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार जिल्लामा संयुक्त सङ्घर्ष समतिको आयोजनामा विशाल जनप्रदर्शन गरिएको छ । संयुक्त सङ्घर्ष समितिको आयोजनामा गरिएको प्रदर्शन सदरमुकाम सन्धिखर्कको…

२०७३ मंसिर २०, सोमबार १८:०७ गते  
आवास निर्माणको लागि सरकारी प्रक्रिया झञ्झटिलोः भूकम्प पीडित

आवास निर्माणको लागि सरकारी कार्यालयहरूमा तोकिएको प्रक्रिया झञ्झटिलो भएको बेताली गाविसका भूकम्प पीडितहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा गाविसको कार्यालय बेताली, युएसएड्/साझेदारी विकास परियोजना, गोगो फाउण्डेसन र जनभावना युवा क्लबको आयोजनामा मङ्सिर १८ गते बेताली गाविसमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा पीडितहरूले यस्तो गुनासो गरेका…

२०७३ मंसिर २०, सोमबार ०४:१८ गते  
बेचविखन घटनाका आरोपित गिरफ्तार

२१ वर्षदेखि २६ वर्षउमेरका तीन जना महिलालाई प्रलोभनमा पारेर भारत हुँदै तेस्रो देशमा पठाउन लागेको आरोपमा झापा गरामुनी-७ का राजकिशोर बजगार्इंलाई प्रहरीले मङ्सिर १९ गते हेटौडाबाट गिरफ्तार गरेको छ । हेटौडा उमनपा-१० स्थित बसपार्कबाट तीन जना महिलालाई उद्धार गर्नुको साथै आरोपित बजगाईंलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । तीनै जना…

२०७३ मंसिर १९, आईतवार १७:०४ गते  
डा. केसीको २२ दिन लामो अनशन तोडियो

सरकारसँग बाह्रबुँदे सम्झौता भएपछि २२ दिनको आमरण अनशनमा बस्नुभएका चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जका प्रा डा गोविन्द केसीले आज अनशन तोडेका छन् । [caption id="attachment_2321" align="alignleft" width="640"] फोटो: रासस[/caption] दसौँ पटक आमरण अनशनमा बसेका केसीले आफ्ना शुभेच्छुक र सञ्चारकर्मीबिच भूकम्पमा परी आमा गुमाएका सिन्धुपाल्चोकका अढाइवर्षीया मर्साङ तामाङको हातबाट जुस पिएर…

२०७३ मंसिर १९, आईतवार १६:४२ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई मङ्सिर १९ गते बलात्कार प्रयास गरेको आरोपमा टोकरपुर बस्ने २७ वर्षीय अरुण पटेललाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ । पीडित पक्षले आफूमाथि दुर्व्यवहार गरेको भनि सामुदायिक मेलमिलाप केन्द्र टोकरपुरमा मङ्सिर १९ गते नै निवेदन दिएपछि घटना सार्वजनिक भएको थियो । मेलमिलाप केन्द्रले सो निवेदन इलाका प्रहरी…

२०७३ मंसिर १९, आईतवार १६:०८ गते