दोस्रो चरणको नतिजा अन्तिममा, भरतपुर १९ बारे अन्यौल कायमै
असार १४ गते सम्पन्न दोस्रो चरणको चुनावको नतिजा आउन अब आधादर्जन जति मात्र स्थानीय तह बाँकी छन् । तर, वैशाख ३१ गते भएको पहिलो चरणकै चुनावको हालसम्म नतिजा आउन सकेको छैन । चर्चामा रहेको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ बारे सर्वोच्च अदालतमा मुद्दा विचाराधिन नै छ । यस मुद्दाको विषयमा…
द्वन्द्व पीडितलाई राहत वितरण
शान्ति तथा पुनःनिर्माण मन्त्रालयले रसुवाका द्वन्द्व पीडितहरूलाई असार २३ गते एक कार्यक्रममा राहत रकम वितरण गरिएको छ । सशस्त्र द्वन्द्वका क्रममा राज्य तथा विद्रोही पक्षबाट हत्या गरिएका र बेपत्ता पारिएका व्यक्तिका परिवारलाई स्थानीय शान्ति समितिले राहत रकम वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, इन्सेक जिल्ला प्रतिनिधिलगायतले राहत…
जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँगको बैठक सम्पन्न
मानव अधिकारप्रति स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत असार २१ गते चौतारामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरिएको छ । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय, स्वास्थ्य कार्यालय, कृषि कार्यालय र पशु सेवा कार्यालय लगायत जिल्ला स्थित शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसँगका क्षेत्रमा कार्यरत सरोकारवालाहरूको उपस्थिति रहेको…
गत वर्ष ६ हजार १ सय जना बेचबिखनबाट पीडितः आयोग
राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०७२/०७३ मा ६ हजार १ सय महिला तथा बालिका बेचबिखनमा परेको प्रतिवेदन असार २० गते सार्वजनिक गरेको राससले जनाएको छ । आयोगले आज सार्वजनिक गरेको 'मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन' मा आव २०७२/०७३ मा ६ हजार १ सय महिला तथा बालिका बेचबिखनमा परेको उल्लेख छ ।…
नेपाल कम्युनिष्ट पार्टीद्वारा ८४ बिघा जग्गा कब्जा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनले पूर्वी चितवन स्थित खैरहनी नगरपालिका-१२ मा रहेको मार्कनटायलको ८४ बिघा जग्गा कब्जा गरेको छ । पार्टीका जिल्ला इञ्चार्ज लालबहादुर बिसीले १९ गते सोमबार बिज्ञप्ति जारी गरी विगत ५९ सालदेखि पार्टीको कब्जामा रहेको जग्गा अहिले विभिन्न भूमाफियाले चलखेल गरी किनबेचको तयारी भएको पाइएकाले…
भूकम्पपीडितको घर निर्माणमा लागि पर्ने गाउँपालिका अध्यक्षको प्रतिबद्धता
सिद्धलेक गाउँपालिकाका भूकम्पपीडितको लागि छिटो घर निर्माण गर्न लागि पर्ने प्रतिबद्धता सो गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति धादिङ, सिद्धलेक गाउँपालिका र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सिद्धलेक गाउँपालिका-४ बुङचुङमा असार १६ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्…
बलात्कार गरेको कसुरमा ११ वर्षकैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनले रुपन्देही जिल्ला सिक्टल-९ का ३८ वर्षीय मिलन परियारलाई ११ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश सुवासबाबु पुरीको इजलासले असार १५ गते उक्त फैसला गरिएको हो । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा वैशाख १५ गते उजुरी दिइएको थियो…
दोस्रो चरणको स्थानीय तहको निर्वाचन अनुगमन सम्पन्न
स्थानीय तहको दोस्रो चरणको निर्वाचनको दिन, असार १४ गते बुधबार, राष्ट्रिय मानव अधिकार आयोगले मतदान प्रक्रियाको अनुगमन गरेको जनाएको छ । स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणको सुनिश्चितताका लागि आयोगका सदस्यसहितको तीन ओटा उच्चस्तरीय अनुगमन टोली एवम् सचिवलगायत कर्मचारीहरू सम्मिलित ३५ ओटा जिल्लामा ३६ ओटा अनुगमन टोली खटिएको…
दोस्रो चरणको स्थानीय निर्वाचनको प्रारम्भिक प्रतिवेदन निर्वाचन आयोगलाई हस्तान्तरण
स्वच्छ निर्वाचनका लागि नागरिक अभिायनको तर्फबाट इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले निर्वाचन आयोगका सचिव महेश न्यौपानेलाई दोस्रो चरणको स्थानीय निर्वाचनको प्रारम्भिक प्रतिवेदन हस्तान्तरण गरेका छन् । प्रतिवेदन बुझ्दै सचिव न्यौपानेले प्रतिवेदनमा उठाइएका विषयहरू अध्ययन गरी आगामी दिनमा लागु गर्ने प्रतिबद्धता जनाए । आयोगका प्रवक्ता सुर्ययप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनको प्रतिवेदन…
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दोलखा, चितवन र सिन्धुली जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार असार १४ गते चरिकोटमा आयोजित कार्यक्रममा मानव अधिकार घटनाका दोषीलाई कारावाहीको दायरामा ल्याउन र पीडितले छिटो न्याय दिने कार्यमा…