एमाले र काङ्ग्रेस कार्यकर्ताबीच झडप जना पाँच घाइते
नेकपा एमाले र नेपाली काङ्ग्रेस कार्यकर्ताबिच जेठ ६ गते राती ज्वालामुखी गाउँपालिका-३ कोलेमा झडप हुँदा दुबैपक्षका गरी पाँच जना घाइते भएका छन् । [caption id="attachment_5144" align="aligncenter" width="384"] नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ता बिच झडप हुँदा घाइते भएका ज्वालामूखी गाउँपालिका अध्यक्ष विनोद तिमल्सिना ।[/caption] झडपमा नेपाली काङ्ग्रेसका कार्यकर्ता ज्वालामुखी गाउँपालिकाका…
मानव अधिकार उल्लङ्घनको घटनामा छुट नदिन आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले जघन्य मानव अधिकार उल्लङ्घनको घटनाका सम्बन्धित कोही कसैलाई पनि छुट नदिन आग्रह गरेको छ । आयोगले जेठ ५ गते प्रेस विज्ञप्तिमार्फत २०७२ साल भदौमा कैलालीमा आठ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएका सम्बन्धमा उचित छानबिन गर्न र आपराधिक घटनामा संलग्नलाई कुनै पनि उन्मुक्ति नदिन आग्रह गरेको…
मुद्दा फिर्ता र पुनरावेदन अवरोधप्रति गम्भीर ध्यानार्कषण
मन्त्री परिषदको जेठ ४ मा बसेको बैठकले निर्वाचन आचारसंहिता र सर्वोच्च अदालतले स्थापित गरेको नजिर विपरीत थरुहट र मधेस आन्दोलनमा जघन्य अपराधमा संलग्न ब्यक्तिलाई राजनीतिको आडमा 'आमउन्मुक्ति' दिने उदेश्यले उनीहरुको बिरुद्ध लागेको मुद्धा फिर्ता लिने कारबाही अगाडी बढाउन गरेको निर्णयप्रति जबाफदेहिता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 'दण्डहीनतालाई…
मुद्दा फिर्ताको निर्णय दण्डहीनताको निकृष्ट उदाहरणः इन्सेक
मन्त्रिपरिषद्को जेठ ४ गतेको बैठकले थरुहट/मधेस आन्दोलन क्रममा 'जघन्य अपराध' मा संलग्न भएको आरोप लागेकासहित करिब पाँच सय जनाविरुद्धको मुद्दा फिर्ता लिने भनी गरेको निर्णयको इन्सेकले प्रेस विज्ञप्तिमार्फत भत्सर्ना गरेको छ । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा जेठ ५ गते जारी विज्ञप्तिमा सर्वोच्च अदालतले २०७२ पुस ३० गते गरेको आदेशमा मुद्दा…
अब ब्यानर, पोस्टर हटाउनुस्: आयोग
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको प्रसारप्रसारका लागि राजनीतिक दल र उम्मेदवारले विभिन्न स्थानमा टाँसेका पर्चा, पोस्टर, भित्तेलेखन, तुल, ब्यानर तथा डिजिटल डिस्प्लेलाई तुरुन्त हटाउन राजनीतिक दल र उम्मेदवारसँग आग्रह गरेको राससले जनाएको छ । निर्वाचन आयोगले जेठ ४ गते प्रेस विज्ञप्ति जारी गरी राजनीतिक दल तथा उम्मेदवारले गाउँ शहरको वातावरणलाई स्वच्छ र हराभरा बनाउने…
गोलीबाट हत्या घटनाको अनुसन्धान भएन
नमोबुद्ध नपा-४ मेथिनकोटका २६ वर्षीय राम भनिने नमराज पाठकलाई गत वैशाख ३० गते राति घर अगाडिको बाटोमा छिमेकीहरूसँग कुराकानी गरीरहेको अवस्थामा गोली प्रहार गरी हत्या गरिएको घटनाको अझै अनुसनधान प्रक्रिया थालिएको छैन । तलतिरबाट सशस्त्र प्रहरीको टोली आइपुग्नु र गोली लाग्नु एकैपटक भएका कारण उक्त गोली सशस्त्र प्रहरीले नै हानेको…
दोस्रो चुनाव अघि संविधान सशोधन नगर्न नागरिक समाजको अनुरोध
नागरिक समाजका अगुवाले आसन्न दोश्रो चरणको निर्वाचनका सम्बन्धमा पाँच बुँदे अनुरोध पत्र जारी गरेका छन् । जेठ ३ गते जारी गरिएको पत्रमा पहिलो चरणको निर्वाचनमा मतदाताहरूको व्यापक सहभागिताका साथ सम्पन्न भई संविधानको कार्यान्वयनको पहिलो खुड्किलो पार गर्न लागेको भन्दै खुसी व्यक्त गरिएको छ । ‘दुई चरणको निर्वाचनको मिति घोषणा भई…
विवादित चाँगुनारायणमा पुनः मतदान हुने
स्थानीय तह निर्वाचन-२०७४ अन्तर्गत भक्तपुरको तीन नगरपालिकामा मतगणना जारी रहेको छ भने विवादित चाँगुनारायण नगरपालिकामा पुनः मतदान हुने भएको छ । चाँगुनारायण नगरपालिका-६ नं वडा कार्यालय मतदान केन्द्रमा निर्वाचन आयोगले पुनः मतदान गर्ने भएको हो । मतदानका क्रममा नेपाल मजदूर किसान पार्टीको चुनाव चिन्ह 'मादल' नभएको मतपत्र वितरण गरी २२…
दोलखा घटनाका घाइतेहरूको उपचार शिक्षण अस्पतलमा हुँदै
दोलखाको गौरिशङ्कर गाउँपालिका-२ जुँगुमा वैशाख २६ गते नेकपा माओवादी केन्द्रका कार्यकर्ताको कुटपिटबाट घाइते भएका निलकण्ठेश्वर उच्चमाविका शिक्षक दिलबहादुर बुढाथोकीको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पीडित बुढाथोकीको टाउको र शरीरका विभिन्न भागमा चोट छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । त्यस्तै दोलखा जिल्ला मेलुङ…
पत्रकारमाथि हातपात
सिन्धुलीको दुधौलीबाट सञ्चालनमा आएको अनलाइन दुधौली खबरका पत्रकार २१ वर्षीय रविन्द्र भट्टराईलाई मतगणना स्थलमा भएको विवादको भिडियो खिचेको भन्दै जेठ १ गते दिउँसो वाइसिएल कार्यकर्ताले कुटपिट गरेका छन् । कुटपीटका कारण रविन्द्र भट्टराईको घाँटीमा चोट लागेको छ । दुधौली-९ घर भएका भट्टराईलाई वाइसिएलका कार्यकर्ता विन्दा अधिकारीको नेतृत्वमा रहेको समूहले हातपात…