मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम ०७४ असार ५ गते धादिङबेसीमा सम्पन्न गरियो । मानव अधिकारको प्रत्यक्ष सरोकार राख्ने र अप्रत्यक्ष सरोकार राख्ने घटनाहरूबारे समीक्षा गरिएको कार्यक्रममा इन्सेक प्रतिनिधि सीताराम अधिकारीले जिल्लाको मानव अधिकार घटनाका बारेमा जानकारी दिए । मानव अधिकार उल्लङ्घन…

२०७४ असार ५, सोमबार २२:५६ गते  
छिटफूट झडपबाहेक निर्वाचनको प्रचारप्रसार शान्तिपूर्ण

स्थानीय तहको दोस्रो चरणका लागि असार ४ गते देशका ३५ जिल्लामा उम्मेदवारी दर्ता भएपछि हिजैबाट प्रचार अभियानलाई तीव्रता दिइएको छ । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका अनुसार प्रदेश नम्बर पाँचका बाँके, प्यूठान र बर्दियामा प्रचार अभियान शान्तिपूर्ण तरिकाले सञ्चालन भइरहेको छ । बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार स्थानीय तहको निर्वाचनको…

२०७४ असार ५, सोमबार २२:२७ गते  
मनोनयनपत्र दर्ता शान्तिपूर्णः निर्वाचन आयोग

दोस्रो चरणअन्तर्गत असार १४ गते बुधबार गर्न लागिएको स्थानीय तहको निर्वाचनका लागि आज भएको उम्मेदवारी दर्ता धेरै राजनीतिक दल र उम्मेदवारको सहभागितामा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको राससले जनाएको छ । प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ तहमा आज बिहान ८ बजेदेखि अपराह्न…

२०७४ असार ४, आईतवार २१:४६ गते  
परासी, जनकपुर र बाणगङ्गा घटनाप्रति अधिकारकर्मीद्वारा निन्दा र भत्सर्ना

यही २०७४ असार ३ र ४ गते परासी र जनकपुरमा प्रहरीको अत्यधिक बल प्रयोगबाट राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ता र कपिलवस्तुमा बम बिष्फोटनबाट सर्वसाधारण नागरिकहरू समेत घाइते भएको घटनाप्रति जवाफदेही निगरानी समितिले निन्दा एवम् भत्सर्ना गरेको छ । ‘यस्ता घट्ना बढ्दै गए मानवीय क्षति हुने बढी सम्भावना भएकाले प्रहरी प्रशासनका…

२०७४ असार ४, आईतवार २१:४२ गते  
प्रदेश नम्बर ७ मा उत्साहका साथ उम्मेदवारी दर्ता सम्पन्न

दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत असार ४ गते उम्मेदवारी दर्ताको काम सम्पन्न भएको छ । इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भुपेन्द्र विष्टका अनुसार सात ओटै स्थानीय तहमा उत्साहका साथ उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार कञ्चनपुर जिल्लाका सबै स्थानीय…

२०७४ असार ४, आईतवार २१:२८ गते  
नागरिक तथा राजनीतिक अधिकारको सम्मान गरः मानव अधिकार आयोग

देशका विभिन्न भागहरूमा राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय निर्वाचनको विरोधमा आयोजना गरेको प्रदर्शन तथा जुलुसका क्रममा सुरक्षाकर्मीहरूद्वारा भएको बल प्रयोग र गिरफ्तारीप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । 'स्वेच्छाचारी गिरफ्तारी नगर्न तथा शान्तिपूर्ण प्रदर्शनमा रहेका व्यक्तिहरूलाई दुर्व्यवहार नगर्न राष्ट्रिय मानव अधिकार आयोग सरकारको ध्यानाकर्षण गराउँदछ ।…

२०७४ असार ४, आईतवार २०:५९ गते  
बालकलाई यातना दिएको घटनाका आरोपित गिरफ्तार

मेलम्ची नपा-१२ बाहुनपटीका १२ वर्षीय बालकलाई कुटपिट गरी यातना दिएको आरोपमा सोही ठाउँ घरभई फटकशिला स्वास्थ्य केन्द्रमा कार्यरत अहेव ३५ वर्षीया रमा न्यौपानेलाई प्रहरीले असार ३ गते गिरफ्तार गरेको छ । पीडित पक्षले असार ३ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको थियो । पीडित बालकको ढाड र गोडामा निलडाम…

२०७४ असार ४, आईतवार २०:५६ गते  
द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकको सत्यतथ्य सार्वजनिक गर्नु पर्नेमा जोड

द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकको सत्य तथ्य सार्वजनिक गर्नु पर्ने र पीडित परिवारलाई न्याय दिनु पर्नेमा एक कार्यक्रममा वक्ताहरूले जोड दिएका छन् । राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजले असार ३ गते काठमाडौँमा आयोजना गरेको बेपत्ता योद्धा विपीन भण्डारी र दिलबहादुर राईको स्मरणमा आयोजित बेपत्ता नागरिकको सार्वजनिकीकरणको प्रश्न शान्तिप्रक्रिया र वर्तमान…

२०७४ असार ३, शनिबार २१:१२ गते  
मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधिहरूले नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको बताएका छन् । इन्सेक ताप्लेजुङ जिल्ला प्रतिनिधि देवराज गुरूङका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को पहिलो अर्धवार्षिक अवधिमा सङ्कलन गरिएका घटनाको समीक्षा गरिएको छ । कार्यक्रमा इन्सेक…

२०७४ असार ३, शनिबार २१:१० गते  
भूकम्प पीडितको गुनासो-'कर्मचारी तलब खान मात्र हो र ?'

भक्तपुरका भूकम्प पीडितले अझै अनुदान नपाएको गुनासो गरेका छन् । उनीहरूले भूकम्प पीडितलाई राहत दिन स्थापना गरिएका कार्यालयका कर्मचारीहरू तलब खाएर पीडितलाई राहत दिनुको साटो काममा ढिलाई गर्ने र समस्या सिर्जना गर्नेमा मात्र लागेको गुनासो गरे । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले दुधपाटीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्प…

२०७४ असार २, शुक्रबार २२:०७ गते