प्रा डा केसीद्वारा ११औँ पटक आमरण अनशन सुरु

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीले साउन ९ गते एघारौँ पटक आमरण अनशन थालेको राससले जनाएको छ । प्रा डा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डिन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै अनशन थालेका हुन् । शिक्षण अस्पताल महाराजगञ्जको गणेशमानसिंह…

२०७४ श्रावण १०, मंगलवार ०९:५२ गते  
भरतपुरको पेशी साउन १२ गतेलाई सारियो

भरतपुर महानगरपालिका-१९ मा पुनः मतदान वा मतगणना भन्ने विवादकाबिच परेको मुद्दाको पेशी साउन १२ गतेका लागि सारिएको छ । साउन ९ गते न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मुद्दाको सुनुवाइ गरे पनि हेर्दाहेर्दैमा रहेपछि अर्को पेशी साउन १२ गतेका लागि तोकिएको हो । मतगणनाकै क्रममा माओवादी केन्द्रका कार्यकर्ताले…

२०७४ श्रावण ९, सोमबार २०:४६ गते  
भरतपुर-१९ को मुद्दा आज पनि टुङ्गिएन, हेर्दाहेर्दैमा

भरतपुर महानगरपालिका-१९ मा नम्बर वडामा पुनः मतदान वा मतगणना भन्ने विवादका बिच परेको मुद्दामा साउन ८ गते सुनुवाइ भए पनि कुनै निर्णय आउन सकेन । यस मुद्दा हाल सर्वोच्चमा हेर्दाहेर्दैमा रहेको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मुद्दाको सुनुवाइ गरे पनि हेर्दाहेर्दैमा रहेपछि साउन ९ गते…

२०७४ श्रावण ८, आईतवार २१:४४ गते  
एमाले वरिष्ठ नेता नेपाल चढेको गाडीमा तोडफोड

नेकपमा एमालेका वरिष्ठ नेता माधव नेपाल चढेको गाडीमा साउन ७ गते राति तोडफोड भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले उनको स्मृतिमा पुष्पलालको जन्मस्थल रामेछाप बजारमा आयोजना गरेको कार्यक्रममा भाग लिन ७ गते साँझ रामेछाप पुगेका नेपाल चढेको बा ५ प २७५० नं को प्राइभेट गाडी पार्किङ गरेर राखेको अवस्थामा रामेछाप…

२०७४ श्रावण ८, आईतवार २१:४३ गते  
चितवनमा बीसीजी खोपको सिरिञ्ज अभाव

चितवन जिल्लामा बिसीजी खोपको सिरिञ्ज अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले जनाएको छ । जन्मने बितिक्कै शिशुलाई क्षयरोगविरुद्ध दिने बिसीजी खोपको सिरिञ्ज चितवन जिल्लामै अभाव भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले वैशाखदेखि बिसीजी खोपको सिरिञ्ज अभाव हुँदै आएको जानकारी दिएको छ । चितवन जिल्लालाई चाहिएजति बिसीजी खोपको सिरिञ्ज नआउँदा…

२०७४ श्रावण ७, शनिबार २१:५० गते  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौतारा साँगाचोकगढी नपा-५ का २४ वर्षीय विजय तामाङविरुद्ध पीडित पक्षले साउन ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । पीडित बालिकालाई आरोपितले साउन ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ७ गते…

२०७४ श्रावण ७, शनिबार २१:४९ गते  
आयोगका सिफारिस कार्यान्वयनमा जोड

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनमा संलग्नलाई नेपाल सरकारद्वारा पदोन्नति र विभूषित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले साउन ५ गते नेपाल प्रहरी प्रमुख तथा गृह मन्त्रालयका सहसचिवसँग छलफल गरी मानव अधिकारको गम्भीर उल्लङ्घन गर्ने कार्यमा संलग्नलाई  नै सरकारले पदोन्नति र विभिन्न विभूषण प्रदान गरिएकोप्रति आयोगको ध्यानाकर्षण…

२०७४ श्रावण ५, बिहीबार २०:५९ गते  
प्रदेश नं २ का स्थानीय तहको निर्वाचन कार्यक्रम सार्वजनिक

निर्वाचन आयोगले प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको राससले जनाएको छ । आयोगको बैठकले ती आठ जिल्लाका १ सय २७ स्थानीय तहमा असोज २ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने निर्वाचन कार्यक्रम स्वीकृत गरेको आयोगका प्रवक्ता…

२०७४ श्रावण ५, बिहीबार १६:१३ गते  
छाउपडीलगायतका कुरीतिविरुद्ध कानुन निर्माण तथा कार्यान्वयनमा जोड दिन आयोगको आग्रह

छाउपडीलगायतका कुरीतिविरुद्ध प्रभावकारी कानुन निर्माण गर्न तथा सोको कार्यान्वयनमा जोड दिन राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले साउन ४ गते एक विज्ञप्ति जारी गर्दै यस्ता कुरीतिविरुद्ध कानुन बनाउन तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको हो । 'महिनावारी भएको तथा सुत्केरी अवस्थामा महिलाप्रति छुवाछुतको व्यवहार…

२०७४ श्रावण ४, बुधबार २०:२५ गते  
सामाखुसी घटनाबारे १० दिनभित्र जानकारी गराउन निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले गत असार ३० गते काठमाडौँको सामाखुसीस्थित सडक नालीमा खसेर १० वर्षीया एक बालिकाको मृत्यु भएको घटनाप्रति चासो देखाएको राससले जनाएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले साउन २ गते प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको सत्यतथ्य अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको…

२०७४ श्रावण ३, मंगलवार ०९:४० गते