नागरिक समाजको सुव्यवस्था र आन्तरिक सुशासनसम्बन्धी अर्न्तक्रिया सम्पन्न

नागरिक समाजको सवलीकरणमा स्थानीय सरकार सकारात्मक रूपमा आगाडि बढ्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् । नागरिक समाज, साझा जबाफदेहिता, नेपालमा नागरिक समाज सवलीकरणका लागि पहल कार्यक्रम परियोजना अन्तर्गत भदौ ११ गते इन्सेक भक्तपुरको आयोजनामा सम्पन्न नागरिक समाजको सुव्यवस्था र आन्तरिक सुशासनसम्बन्धी अर्न्तक्रिया तथा छलफल कार्यक्रममा यस्तो बताइएको हो । कार्यक्रममा जिल्ला…

२०७४ भाद्र ११, आईतवार २१:३० गते  
नागरिक समाज पारदर्शी हुनुपर्नेमा जोड

भूकम्पपछि केही गैरसरकारी संस्थाहरूले बेइमानी गरेका कारण नागरिक समाजको भूमिका सकारात्मक बनाउनु पर्नेमा काभ्रे बार एशोसियसनका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जोड दिएका छन् । नागरिक समाजको सुव्यवस्था र आन्तरिक सुशासनका विषयमा भदौ ११ गते धुलिखेलमा भएको नागरिक समाजका अगुवाहरूसँगको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । एक/दुई ओटा…

२०७४ भाद्र ११, आईतवार २१:२९ गते  
मानव अधिकार उल्लङ्घन गर्नेलाई कालो सूचीमा राख्ने गृहकार्य

राष्ट्रिय मानव अधिकार आयोगले हालसम्म मानवअधिकार उल्लङ्घनका करिब ८०० मुद्दा दर्ता भएकोमा त्यसको १४ प्रतिशतमा कारबाहीका लागि नेपाल सरकार समक्ष सिफारिस गरेको राससले जनाएको छ । काठमाडौँमा भदौ ९ गते आयोजित कार्यक्रममा ३८ प्रतिशत मुद्दा विचाराधीन तथा ४८ प्रतिशत आंशिक कार्यान्वयनको तहमा रहेको आयोगले जनाएको छ । आयोगका अध्यक्ष अनूपराज…

२०७४ भाद्र १०, शनिबार २०:०५ गते  
भूकम्प पीडितको गुनासो- 'हामीले कहिले पाउने अनुदान ?'

भक्तपुरका भूकम्प पीडितले अझैसम्म पनि अनुदान नपाएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले भेलुखेलमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्प पीडितहरूले भवन निर्माण अन्तर्गतको पहिलो किस्ता अनुदान र राहत रकम अहिलेसम्म पनि नपाएको गुनासो गरेका हुन् । भूकम्पले घर भत्किएर बस्ने ठाउँ नभएको र अहिलेसम्म भाडामा…

२०७४ भाद्र ९, शुक्रबार २१:१० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई भदौ ८ गते बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-१७ का २४ वर्षीय निरज राईलाई भदौ ९ गते गिरफ्तार गरेको छ । बलात्कार घटनाका अन्य दुई जना आरोपित फरार रहेको प्रहरीले जनाएको छ । पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय हेटौँडामा भदौ ९ गते उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई…

२०७४ भाद्र ९, शुक्रबार २०:५९ गते  
मानव बेचबिखन दोषीउपर १० वर्षकैदको फैसला

२१ वर्षीया युवतीलाई बेचबिखन गरेको कसुरमा दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीका २१ वर्षीय फूर्पा तामाङलाई जिल्ला अदालतले १० वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश लोकजङ्ग शाहको इजलासले भदौ ८ गते यस्तो सजायको फैसला गरेको हो । पीडित युवतीलाई तामाङले ०७० चैत १४ गते ललाइफकाई भारतमा विक्री गर्न…

२०७४ भाद्र ९, शुक्रबार २०:४४ गते  
भदौ ३ गतेसम्म नाम दर्ता गराएकालाई मतदानको अधिकार

आगामी मङ्सिर १० गतेका लागि तय गरिएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा भदौ ५ गतेसम्म १८ वर्षउमेर पुगेका र फोटो सहितको मतदाता नामावलीमा नाम रहेकाहरूले मात्र मतदान गर्न पाउने भएका छन् । भदौ ८ गते बसेको निर्वाचन आयोगको बैठकले सरकारले निर्वाचनको मिति तोकेको दिन भदौ ५ गतेसम्म १८ वर्षउमेर…

२०७४ भाद्र ९, शुक्रबार ०९:३२ गते  
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन् । नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उक्त स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिले यसअघि पनि स्थानीय तहको पहिलो र…

२०७४ भाद्र ९, शुक्रबार ०९:३१ गते  
भरतपुरमा आचार्य र काफ्लेको पक्षमा फैसला

उच्च अदालत पाटन अन्तर्गत हेटौँडा इजलासका न्यायाधीश नागेन्द्रलाभ कर्णको इजलासले भरतपुर महानगरपालिका वडा नम्बर ४ र ७ का वडा अध्यक्षका विषयमा परेको निवेदन खारेज गरेको छ । उपेन्द्रराज सापकोटा र श्यामप्रसाद लामिछानेले उच्च अदालतमा पुनः मतगणनाको माग राख्दै वडा अध्यक्षमा विजयी वडा नं ४ का हरि आचार्य र वडा नं…

२०७४ भाद्र ९, शुक्रबार ०९:३० गते  
भूकम्प पीडितद्वारा घर निर्माणका लागि काठ उपलब्ध गराउन माग

भूकम्पले भत्किएको घर निर्माणको लागि सालको काठ उपलब्ध गराउन बेलकोटगढी नपा-२ का भूकम्प पीडितहरूले माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा र जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको सहयोगमा भदौ ६ गते कुमरीमाआयोजित भूकम्पपछिको पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरूले घर बनाउनको लागि गाउँमा काठको अभाव…

२०७४ भाद्र ८, बिहीबार १३:०९ गते