प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा हुन सक्छःनिर्वाचन आयोग

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी मङ्सिर १० गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा हुन सक्ने बताएका छन् । प्रमुख आयुक्त यादवले मुलुकको भौगोलिक अवस्था र निर्वाचनको तयारीलगायतका प्राविधिक कारणले मङ्सिर १० गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन अर्को चरणमा पनि…

२०७४ भाद्र ६, मंगलवार २०:३१ गते  
गाउँ कार्यपालिका बैठकमा माओवादी आक्रमणको निन्दा

थाक्रे गाउँ कार्यपालिका बैठकमा आक्रमण गरेको विषयमा जिल्लामा क्रियाशील विभिन्न निकायहरूले भदौ ६ गते प्रेस विज्ञप्ति प्रकाशन गरी भत्सर्ना गरेका छन् । थाक्रे गाउँपालिका-६ स्थित गाउँ कार्यपालिकाको भदौ ४ गते बैठक चलिरहेको अवस्थामा बैठक कक्षभित्र प्रवेश गरी नेकपा माओवादी केन्द्रका यन्त्रबहादुर थापाको नेतृत्वमा आएका ७० जनाको समूहले जथाभावी आक्रमण गरेको…

२०७४ भाद्र ६, मंगलवार २०:२९ गते  
दुई तिहाइ नपुग्दा संविधान संशोधन विधेयक अस्वीकृत

व्यवस्थापिका-संसदबाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ दुई तिहाइ मत नपुग्दा अस्वीकृत भएको राससले जनाएको छ । भदौ ५ गते बसेको संसद्को बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत पुग्न नसकेपछि विधेयक अस्वीकृत भएको हो । संशोधन विधेयक पारित हुन संसद्मा तत्काल कायम सदस्य…

२०७४ भाद्र ५, सोमबार २२:३५ गते  
मङ्सिर १० गते दुवै तहको निर्वाचन गर्ने सरकारको निर्णय

सरकारले आगामी मङ्सिर १० गते प्रदेश र सङ्घीय संसदको निर्वाचन एकै पटक र एकै चरणमा गर्ने निर्णय गरेको राससले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भदौ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र सङ्घको निर्वाचन एकै दिन मङ्सिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना…

२०७४ भाद्र ५, सोमबार २२:३४ गते  
बाढीबाट १ सय ४३ जनाको मृत्यु: गृह मन्त्रालय

गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १४३ जनाको मृत्यु भएको जनाएको छ । भदौ ४ गते साँझ प्रेस विज्ञप्ति जारी गरी गृह मन्त्रालयले बाढीबाट अझै ३० जना बेपत्ता र ४३ जना घाइते भएको उल्लेख गरेको राससले जनाएको छ । त्यस्तै बाढी, पहिरो र डुबानबाट ७९…

२०७४ भाद्र ५, सोमबार ०९:४० गते  
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को पहिलो साधारण सभा सम्पन्न

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को पहिलो साधारण सभा भदौ ३ गते काठमाडौँमा सम्पन्न भएको छ । साधारण सभाले सिविनका अध्यक्ष माधव प्रधानको नेतृत्वमा आगामी दुई वर्षका लागि सात सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हुरोनका रूरू थापा, शिक्षा पत्रकार समूहका दिपक दाहाल, महासचिवमा लुनिःभाका नरेन्द्र डङ्गोल,…

२०७४ भाद्र ३, शनिबार २१:२४ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बलेफी गाउँपालिका-३ का ५० वर्षीय सेते तामाङ विरूद्ध भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले साउन १७ गते बलात्कार गरेको आरोपमा पीडितपक्षले इन्सेकको सहयोगमा उजुरी दिएको हो । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २ गते चौतारा अस्पतालमा…

२०७४ भाद्र ३, शनिबार २१:१९ गते  
राहत वितरणमा एकद्वार प्रणाली तत्कालका लागि लागू नगर्न सर्वोच्चद्वारा अन्तरिम आदेश

सर्वोच्च अदालतले बाढीपीडितका लागि सरकारले राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने गरेको निर्णय तत्कालका लागि लागू नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको राससले जनाएको छ । न्यायाधीश ओम प्रकाश मिश्रको एकल इजलासले भदौ २ गते सरकारको सो निर्णय हाल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आदेशमा बाढीपीडितलाई तत्काल…

२०७४ भाद्र २, शुक्रबार २०:५६ गते  
निर्वाचन आयोगद्वारा सरकारलाई १७ बुँदे निर्देशन

निर्वाचन आयोगले असोज २ गते प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा हुने स्थानीय तहको निर्वाचनलाई कुशलतापूर्वक व्यवस्थापन गर्ने सिलसिलामा सरकारलाई १७ बुँदे निर्देशन दिएको राससले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा भदौ १ गते बसेको बैठकले निर्वाचनको सन्दर्भमा आयोगबाट भएका निर्णय र…

२०७४ भाद्र २, शुक्रबार २०:५५ गते  
‘अपाङ्गतामैत्री सञ्चार निर्देशिका-२०७४’ कार्यान्वयनमा

अपाङ्गता भएका व्यक्तिको गरिमा र मर्यादामा चोट वा अवहेलना नहुनेगरी समाचार सम्प्रेषण गर्नुपर्नेलगायत व्यवस्था भएको ‘अपाङ्गतामैत्री सञ्चार निर्देशिका-२०७४’ कार्यान्वयनमा आएको राससले जनाएको छ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता २०७३ को दफा १२ बमोजिम जारी सो निर्देशिकामा अपाङ्गतासम्बन्धी प्रयोग गर्न हुने र नहुने शब्दावली, उखान टुक्कासमेत समावेश गरिएको छ ।…

२०७४ भाद्र २, शुक्रबार २०:५३ गते