फौजदारी कसूरसम्बन्धी विधेयक पारित
व्यवस्थापिका–संसद्को आजको बैठकले ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक २०७४ सर्वसम्मतिले पारित गरेको राससले जनाएको छ । मुलुकी ऐनलाई विस्थापन गर्न प्रस्तुत विभिन्न पाँच विधेयकमध्ये यो पनि एक हो । यसअघि साउन २५ गते मुलुकी अपराध संहिता विधेयक २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता विधेयक २०७४ पारित भएको थियो…
डा. केसीको जीवन रक्षा गर्न पूर्व आयुक्त समाजको आग्रह
स्वास्थ्य सेवा र शिक्षामा सुधारको माग राख्दै ११औं पटक आमरण अनसन बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोग पूर्व आयुक्त समाजले आग्रह गरेको छ । 'उहाँको स्वास्थ्य स्थितीमा हालका दिनमा खतरा वढ्दै गएको समाचारले पूर्व आयुक्त समाजलाई चिन्तित बनाएको छ ।'-समाजका अध्यक्ष केदारनाथ उपाध्यायद्वारा…
छाउपडी अब दण्डनीयः मुलुकी अपराध संहिता विधेयक पारित
छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको राससले जनाएको छ । मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेको नेपालको फौजदारी कानुनलाई आधुनिक र समयसापेक्ष बनाउन व्यवस्थापिका-संसद्को साउन २५ गते बसेको बैठकबाट पारित यो नयाँ विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आउँदो भदौ १ गतेबाट लागू…
थरुहट आन्दोलनका घाइतेको नौ वर्षपछि उपचार हुँदै
'आन्दोलनमा सँगै रहेका दुई साथीको गोली लागेर मृत्यु भयो, म भाग्यले बाँचे'-रत्ननगर-७ का २९ वर्षीय सञ्जित महतोले भने । २०६५ सालमा तराई भेगमा भएको आन्दोलन अन्तर्गत चितवनमा पनि थरुहट आन्दोलन भएको थियो । उक्त आन्दोलनमा विपीन खड्का र कमल चौधरीको प्रहरीको गोली लागि मत्यु भयो । एक मधेस एक प्रदेशको…
चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आमरण अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर
चिकित्सा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै ११ औँ पटक आमरण अनसन सुरु गरेको आज १५ औँ दिन चिकित्साशास्त्र अध्ययन संस्था (आइओएम) त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको अवस्था कमजोर बन्दै आएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । प्रोफेसर दिव्या सिंह शाहले डा. केसीको स्थिति नाजुक बन्दै आएको, अक्सिजनको तह…
मानव अधिकार समितिको बैठकमा शिक्षा र स्वास्थ्यमन्त्री अनुपस्थित
शिक्षा र स्वास्थ्यमन्त्री नआउँदा अनशनरत डा. गोविन्द केसी सम्बन्धित विषय सामाजिक तथा मानव अधिकार समितिमा छलफल हुन नसकेको राससले जनाएको छ । समितिले साउन २३ गते उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई डा. केसीको अनशन र जीवन रक्षाका बारेमा छलफलका लागि आज बिहान ११ बजे बोलाएको थियो…
डुबेर चार बालिकाको मृत्यु भएको घटनामा अनुसन्धान शुरु
राष्ट्रिय मानव अधिकार आयोगले रौतहट जिल्लामा सडकको खाल्डोमा डुबेर चार बालिकाको मृत्यु भएको घटनाको अनुसन्धान सुरु गरेको राससले जनाएको छ । रौतहटको गरुडा नगरपालिका-४, गौर-चन्द्रनिगाहपुर सडकखण्ड छेउको खाल्डोमा डुबी शनिबार चारजना बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा परेको उजुरीमा छानबिन प्रारम्भ गरेको आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिए । आयोगले साउन…
भरतपुर निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन प्रकाशन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले भरतपुर महानगरपालिका-१९ मा आज सम्पन्न स्थानीय तहको निर्वाचनको प्रारम्भिक प्रतिवेदन प्रकाशन गरेको छ । इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतम नेतृत्वको टोलीले निर्वाचन पर्यवेक्षणका क्रममा प्राप्त गरेका तथ्यका आधारमा उक्त प्रतिवेदन जारी गरिएको जनाइएको छ । प्रतिवेदनमा भनिएको छ-'यस निर्वाचनमा ७५ प्रतिशतभन्दा बढी मतदान…
डा. गोविन्द केसीको जीवन रक्षा गर्न आयोगको आग्रह
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै गत साउन ९ गतेदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यको अवस्था सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगबाट निरन्तर अनुगमन भइरहेको जनाउँदै जीवन रक्षाको आग्रह गरेको छ । यसै सन्दर्भमा आयोगले साउन २० गते नै केसीको जीवन रक्षाको लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय…
भरतपुर १९ मा पुनः मतदान सकियो, पहिलेको भन्दा २२ भोट कम खस्यो
अविरल झरीको कुनै प्रवाह नगरी भरतपुर १९ वडाका स्थानीयले मतदान गरेका छन् । पुनः भएको मतदानमा २ हजार ८ सय ७५ मत खसेको भनी प्रारम्भीक जानकारी आएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए । आज सम्पन्न मतदानमा ७५ प्रतिशतभन्दा बढी मत खसेको भए पनि अघिल्लो पटकको भन्दा २२ भोट…