वर्षात्का कारण भएको जनधनको क्षतिप्रति इन्सेकद्वारा दुःख व्यक्त
विगत केही दिनदेखि अविरल परेको वर्षाका कारण भएको जनधनको भएको क्षतिप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दुःख व्यक्त गरेको छ । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा साउन ३१ गते जारी विज्ञप्तिमा घटनामा मृत्युवरण गरेका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । 'बाढी पहिरोका कारण आमनागरिकलाई परेको…
हालसम्म ९१ जनाको मृत्युः गृह मन्त्रालय
गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा हालसम्म ९१ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयद्वारा साउन ३० गते जारी विज्ञप्तिमा बाढीपहिरो र डुबानमा परेर २५ घाइते, ३८ जना बेपत्ता र २ हजार ८ सय ४७ घर पूर्ण क्षति भएको उल्लेख गरिएको राससले जनाएको छ…
चार दिनदेखिको अविरल वर्षाका कारण जनजीवन प्रभावित
चार दिनदेखिको अविरल वर्षातका कारण इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँ अन्तर्गतका तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षातका कारण नदी तथा खोला र नालामा पानीको बहाव बढेपछि सडक बाटो कटान गर्नुका साथै धनजनको क्षति पुर्याएको समाचार जिल्ला प्रतिनिधिहरूबाट प्राप्त भएको इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँले जनाएको छ । धनुषा जिल्ला प्रतिनिधि…
मानवीय सहायतामा अविलम्ब जुट्न आयोगको आग्रह
विगत केही दिन देखि भइरहेको अविरल वर्षाले देशका विभिन्न भागमा आएको बाढी, पहिरो तथा डुबानपछि सृजित अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हालसम्म डुबान तथा बाढी पहिरोबाट विभिन्न जिल्लामा ६४ जनाको मृत्यु भएको, ४४ जना घाइते भएका, ३६ जना बेपत्ता भएका, करिब १९ हजार घरपरिवार…
विद्यार्थीको हत्या, विद्यार्थी सङ्गठनद्वारा भत्र्सना
कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत एक विद्यार्थीको साउन २८ गते बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरुले भत्र्सना गरेको राससले जनाएको छ । बझाङ घर भई हाल सिद्धनाथ विज्ञान क्याम्पसमा बिएससी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग्रीको घाँटी रेटेर हत्या गरेको अवस्थामा होस्टेलको स्टोरमा शव भेटिएको थियो । मृतक…
युवामा लगानी बढाउनुपर्छः राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनका संवाहक युवावर्ग नै भएकाले युवा सशक्तीकरणका लागि लगानी बढाउनुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा युवा तथा खेककुद मन्त्रालय र मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्द्वारा संयुक्तरुपमा साउन २८ गते काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा सशक्तीकरणमा सरकार र निजी…
एट्वीनको साधारणसभाबाट नौ सदस्यीय कार्यसमिति चयन
महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एट्वीन) को सातौँ अधिवेशन तथा १४ औँ साधारणसभा एवम् २० औँ वार्षिकोत्सव साउन २७ गते काठमाडौँमा सम्पन्न भएको छ । एट्विनको सातौँ अधिवेशनले हिमराईटकी अञ्जना शाक्यको अध्यक्षतामा आगामी २ वर्षका लागि नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा ग्रामीण महिला सृजनशील…
आयोगद्वारा डा. केसीको जीवनरक्षाको माग
राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रमा सुधारको माग राखी १९ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल गरेको छ । साउन २७ गते आयोगका अध्यक्ष अनुपराज शर्मा नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा अनसनका कारण डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको पाएपछि सरकारसमक्ष जीवनरक्षाको माग गरेको आयोगका सदस्य…
छाउपडी प्रथा अन्त्य गर्ने कानुनी प्रावधानको फ्रान्सद्वारा स्वागत
नेपाल सरकारले छाउपडी प्रथाको अन्त्यका लागि हालै व्यवस्थापिका–संसद्बाट सर्वसम्मतिले कानुन पारित गरेकामा फ्रान्स सरकारले स्वागत गरेको राससले जनाएको छ । मानव अधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षाका बेला सन् २०१५ मा नेपालले गरेको प्रतिबद्धताअनुरुप उक्त कानुन पारित भएको स्मरण गर्दै काठमाडौँस्थित फ्रान्सेली राजदूतावासले महिलाविरुद्धका विभेद र हिंसालाई निमिट्यान्न पार्न आफ्नो मुलुक सधैँ…
कुरीति र परम्पराको अन्त्य गरौँ: राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले सबै मिलेर नेपालमा विद्यमान बालविवाह, दाइजो प्रथा, बालश्रम, छाउपडीजस्ता विभिन्न प्रकारका कुरीति र परम्पराको अन्त्य गर्नुपर्ने बताएको राससले जनाएको छ । सामुदायिक रेडियो प्रसारक संघ नेपाल र वल्र्ड भिजनले संयुक्तरूपमा सुरु गरेको बालविवाह अन्त्यको अभियानको काठमाडौँमा साउन २६ गते शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समाजमा व्याप्त कुप्रथाले देशको समग्र आर्थिक विकासमा…