इन्सेक प्रतिनिधिको सहजिकरणमा विवाद समाधान

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा बासखर्क गाविसका भूकम्प पीडितहरूलाई सोलार प्यानल वितरण गर्नलाग्दा स्थानीय नेकपा एमाले र नेपाली काङ्ग्रेसका कार्यकर्ताबीच भएको विवाद कात्तिक २७ गते इन्सेक जिल्ला प्रतिनिधिको सहजिकरणमा समाधान भई राहत वितरणको कार्य सम्पन्न भएको छ । रेडक्रसद्वारा कात्तिक २६ गते वितरण गर्न लागिएको सोलार प्यानल नेपाली काङ्ग्रेसले एकलौटी…

मधेसी आयोग गठनसम्बन्धी विधेयक संसदमा पेश

सरकारले मधेसी आयोग गठनसम्बन्धी विधेयकलाई संसदमा पेश गरेको छ । मधेसमा विद्यमान कुरीति तथा शोषणको अन्त्य र सशक्तीकरणका लागि नीति निर्माण तथा कार्यक्रम तर्जुमा गर्न र त्यसको कार्यान्वयनका लागि सरकारले कानुन बनाई आयोग गठनसम्बन्धी विधेयकलाई संसदमा पेश गरेको जनाएको छ । गठन हुने आयोगले आर्थिक तथा सामाजिक रूपमा पछि परेका…

November 13, 2016  
भूकम्पपछि विस्थापितहरूको पुनर्बास तथा पुनर्स्थापना माग (फोटो फिचर)

विनाशकारी भूकम्पपछि विस्थापितहरूको पुनर्बास तथा पुनर्स्थापना तत्काल गर्नु पर्ने एक कार्यक्रमका सहभागीहरूले माग गरेका छन् । जिल्ला भूमि अधिकार मञ्च रसुवा र विस्थापित परिवारको संयुक्त आयोजनामा कात्तिक २६ गते लहरेपौवा गाविस-१ बोगटीटारमा आयोजित कार्यक्रमका सहभागीहरूले सो माग गरेका हुन् । ०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पको कारण हाकु तथा…

November 13, 2016  
'सरकारले झुठा मुद्दा लगाएर फसाउन खोज्यो'-बहिर्गमित जनमुक्ति सेना नेपाल

बहिर्गमित जनमुक्ति सेना नेपालले बहिर्गमनमा परेका माओवादीका पूर्व लडाकुहरूले गर्दै आएको शान्तिपूर्ण आन्दोलनलाई दमन गर्ने षडयन्त्रमा सरकार लागि परेको आरोप लगाएको छ । काठमाडौँमा कात्तिक २७ गते आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले प्रहरी प्रशासन लगाएर आन्दोलनलाई दमन गर्ने र झुठा मुद्दा लगाएर पूर्व…

November 12, 2016  
आफ्ना मागबारे माओवादीका बहिर्गमित लडाकुद्वारा आयोगको ध्यानाकर्षण

बहिर्गमित जनमुक्ति सेना नेपालमा आवद्ध माओवादी पूर्व लडाकुहरूले आफ्ना सात बुँदे मागबारे सत्य निरूपण तथा मेलमिलाप आयोगको ध्यानाकर्षण गराएका छन् । बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टको नेतृत्वमा कात्तिक २६ गते बबरमहलस्थित आयोगको कार्यालयमा पुगेको टोलीले बहिर्गमित लडाकुहरूको विषयलाई आयोगको कार्यक्षेत्र भित्र समेटी माग सम्बोधनका लागि पहल गर्न आयोगको…

November 11, 2016  
पाठ नगरेको आरोपमा शिक्षिकाद्वारा विद्यार्थीलाई कुटपिट गरेको आरोप

चौतारा नपा-७ स्थित श्री कृष्णरत्न गङ्गा माविको कक्षा चारमा अध्ययनरत १० वर्षीय कविन कक्षपतिलाई कात्तिक २६ गते सोही विद्यालयमा कार्यरत शिक्षिका कविता श्रेष्ठले पाठ नगरेको आरोपमा कुटपिट गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ । पीडित बालकलाई फलामको स्केलले गोडाको विभिन्न ठाउँमा निलडाम हुनेगरी कुटपिट गरेको पीडितका बावु कमल…

सहमति कार्यान्वयन नभएको भन्दै मधेसी मोर्चाद्वारा संसद् बैठक बहिष्कार

सरकार गठन गर्दा सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मधेसी मोर्चाले व्यवस्थापिका संसदको कात्तिक २६ गतेको बैठक बहिष्कार गरेको छ । चार्डपर्व सकिएपछि पहिलो पटक बसेको संसद बैठकमा विषेश समय लिएर बोल्दै सङ्घीय समाजवादी फोरम नेपालका नेता अशोक राईले तीन बुँदे सहमति कार्यान्वयन…

November 11, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा बराम्ची गाविस-२ विश्वकर्मा टोलका ६० वर्षीय सुनबहादुर विकलाई कात्तिक २६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १४ गते आरोपित विकले बलात्कार गरेको आरोपमा पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय जलबिरेमा उजुरी गरेकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा…

तराई, मधेश र थरुहट आन्दोलनका क्रममा लागेका मुद्दाहरू फिर्ता

सरकारले तराई, मधेस र थरुहट आन्दोलनका क्रममा लागेका २ सय ८ ओटा मुद्दाहरूमध्ये ७४ ओटा मुद्दाहरू प्रचलित कानुनी व्यवस्था बमोजिम मुद्दा नचल्ने गरी सम्बन्धित निकायबाट निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले कात्तिक २५ गते विज्ञप्ति जारी गर्दै २२ ओटा मुद्दाहरूमा पूर्ण सफाई र पाँच ओटा मुद्दामा प्रचलित…

November 11, 2016  
बहिर्गमित पूर्व लडाकुद्वारा आफ्ना मागसहित धर्ना जारी (फोटो फिचरसहित)

माओवादीका बहिर्गमित पूर्व लडाकुद्वारा नयाँवानेश्वरस्थित संसद भवन अगाडि कात्तिक २५ गते पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनीहरूले नयाँ बानेश्वरमा आज दिनभर धर्ना दिएका छन् । विभिन्न सात बुँदे माग राख्दै उनीहरू कात्तिक २२ गतेदेखि काठमाडौँ केन्द्रीत आन्दोलनमा छन् । कात्तिक २२ गते उनीहरूले एकीकृत नेकपा माओवादी केन्द्रको केन्द्रीय…

November 10, 2016